Breaking

नेपाल भित्रीने पर्यटकको संख्यामा २२.३६ प्रतिशतले वृद्धि


काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा २२.३६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा उक्त संख्यामा नेपाल आउने पर्यटकको संख्या वृद्धि भएको हो ।

सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा नेपालमा कुल पाँच लाख ८३ हजार १९ जना पर्यटक भित्रिएका छन् । सन् २०२३ को सोही अवधिमा चार लाख ७६ हजार ४७० पर्यटक भित्रिएका थिए ।

नेपाल घुम्न आउने पर्यटक सन् २०२३ को पहिलो ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा एक लाख ६ हजार ५४९ रहेको छ ।