Breaking

ओली–प्रचण्ड दुवैतिर हात लम्काउँदै देउवा, अब बन्ने समीकरण कस्तो ?रवि–गगन मिल्न लागेका हुन्? (भिडियोसहित)


काठमाडौँ — कसै गरी सत्ता फिर्तीको बाटोमा रहेको नेपाली कांग्रेसले एमाले र माओवादीसँग दोहोरो छलफल गरिरहेको छ । जसले देउवाको रोजाई ओली कि प्रचण्ड भन्ने चासो बढ्दा ठूला दल मिले समस्या समाधान हुने आशा गर्नेहरु पनि छन् । त्यस्तै देशी विदेशी शक्तिकै रोजाई प्रचण्ड बन्दा वरिपरिको अवयवहरु मात्रै परिवर्तन हुने चर्चासमेत छ ।

अस्त्र सकिएको नेपाली कांग्रेसले सत्ता फिर्तीको आशा देखेपछि माओवादी र एमालेसँग दोहोरो सम्वाद सुरु गरेको छ । भड्किएका माधवकुमार नेपाल,दल फुटेर रनाहामा रहेका उपेन्द्र यादवका कारण बैकल्पिक समीकरणको चर्चा पहिल्यैबाट छ । जहाँ साना दल भित्र्याएर एमालेलाई कमजोर बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी र त्यसबाट झस्किएको एमालेका कारण पनि कांग्रेसको आत्मविश्वास बढेको हो । फलतः कांग्रेसले कसलाई रोज्ला भन्ने चासो बढ्दा सभापति शेरबहादुर देउवा भने पुरानै समीकरण ब्युतिने आशामा देखिन्छन् ।

हुनपनि कांग्रेसको ८७, माओवादीको ३२, उपेन्द्रको १२ र माधव नेपालको १० गर्दा १४१ जना सांसद पुग्छन् भने यो सहज समीकरणसमेत बन्ने छ । त्यसका लागि सहकारी ठगी काण्डमा गोर्खा मिडियाको नामसमेत राख्ने प्रचण्डको कदमलेसकारात्मक भूमिका खेल्दा विदेशी शक्तिले समेत यहि चाहेको राजनीतिक विश्लेषकहरु पनि बताउँछन् । भारतसंग एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा देखिएको दरार,देउवाले निर्णायक कदम चाल्न नसक्ने अवस्थाले उसले अहिलेको विकल्प प्रचण्ड नै देखेको विश्लेषकहरुको तर्क छ । यसले प्रचण्डनै प्रधानमन्त्री कायम रहने सम्भावना बलियो बन्दा तीनै दल एक ठाँउमा उभिने अवस्थासमेत आउनसक्ने उनीहरुको विश्लेषण छ । यसले प्रचण्डले चाहेकै अवस्था बन्ने पक्का हँुदा उनलाई बोकेर सत्तामा जाने कि प्रतिपक्षमै रहने दुईमात्र विकल्प कांग्रेससंग छ । त्यस्तै ओलीलेरास्वपा सभापति रवि लामिछानेलाई बोकेर पेल्न खोज्दा प्रधानमन्त्री प्रचण्डले स्पेस दिएको कांग्रेस नेताहरूको बुझाइ छ ।त्यस्तै कम्तिमा कम्युनिष्टहरु एक हुन दिन नहुने देउवाको रणनीतिले समेत प्रचण्डलाई नै बोक्ने सम्भावना बलियो बनेको छ । जहाँ संविधान संशोधन र राजनीतिक स्थायित्व आगामी निर्वाचनको नारा बन्ने स्थितिले समेत ठूला दल अर्थात एमाले कांग्रेस एक ठाउँमा उभिएलान भन्ने सम्भावना कम छ । जसलाई बल पुग्नेगरि ठूला दल एक होलान र निकास देलान भन्ने सोच्नु नहुने कांग्रेसकै नेताहरु समेत बताउँछन् ।

तर यो विकल्प पनि त्यति सहज भने छैन । पहिलो कुरा त‘राजनीतिक बेइमान’ भन्दै प्रचण्डलाई दिएको संज्ञाले कांग्रेसमाथि नैतिक प्रश्न छ । त्यस्तै माधव र प्रचण्डले नै ओलीलाई साइजमा ल्याउन आफूहरुलाई प्रयोग गर्नेभन्दा माथि नरहेको बुझाइसमेत कांग्रेसमा बलियो छ । जहाँ नयाँ समीकरणमा कम्तिमा सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने एकाथरीको मतकाबीच प्रचण्ड त्यसका लागि तयार हुने सम्भावना कम छ । अर्कातर्फ अहिलेको पार्टीको स्थिति नै सहि रहेको र यसैले गठबन्धनविना चुनावमा जाने वातावरण सिर्जना हुने कांग्रेस महामन्त्रीलगायतको मत छ । यहि कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गगन थापाले भेट नै गरेका छन् । जसलाई सहकारीको मुद्दालाई उचालेर स्थापित हुने लक्ष्यमा कमजोर बनेको शक्ति र सत्तामा रहेर चमत्कार नै गर्न नसकिने महसुस गरेको शक्तिबीचको मन माझामाझका रुपमासमेत हेरिएको छ । जसले एमाले र माओवादीभित्रै मात्र सम्भावना रहने भन्दा नयाँ विकल्प पत्ता लाग्न सक्ने अर्को सम्भावना जीवित हुँदापूर्वप्रधानमन्त्रीको क्लबभन्दा माथि राजनीति जानुपर्ने बहसले समेत काम नगर्ला भन्न सकिन्न । यद्यपि अस्थिरतामै भविष्य देख्ने प्रचण्डको बानी र यसैमा फल्न फूल्न सकिने एमाले कांग्रेस जस्ता पुराना दलको बुझाईले अब बन्ने समीकरण प्रचण्ड देउवाकै हुने सम्भावना भने उच्च छ।

हुन त बजेटमै समेत कांग्रेसले मौन समर्थन गरेको छ भने विपक्षीका रुपमा सरकारमाथि त्यही प्रहारसमेत गरेको छ । अर्कातर्फ ओलीले कांग्रेसमाथिको प्रहार बलियो पार्दा प्रचण्डलाई साथ दिनेहरुले वर्तमान समीकरण कि छोडेका छन् कि चित्त बुझाएका छैनन् । त्यस्तै माओवादी भित्रै पनि बढेको असन्तुष्टि र त्यो शक्तिले कांग्रेससँग बढाएको छलफलले समेत एमाले झस्किएको हो । जसको क्षति न्यूनीकरणकै लागि भए पनि उसलेसमेत कांंग्रेससँग छलफल गर्नु स्वभाविक देखिँदा मुख्यप्रतिस्पर्धी दल नै एक ठाँउमा उभिने, न त मुद्दा विकास भएको छ न स्वभाविक नै देखिन्छ ।