कर्णाली

कर्णालीमा उत्पादित कोट र कर्णालीमै बनेको झोलामा नयाँ बजेट प्रस्तुत


काठमाडौँ— कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले कर्णालीमा उत्पादित कोट र कर्णालीमै बनेको झोलामा नयाँ बजेट प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री केसीले आज आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्दा स्थानीय कोट र झोला प्रयोग गरेका हुन् ।

अर्थमन्त्री केसीले प्रयोग गरेको कोट र झोला कर्णालीमै उत्पादन भएको अल्लो र बजेट भाषणको पुस्तिका बोक्ने झोला पनि कर्णालीकै स्थानीय उद्योगमा निर्माण भएको हो । उनले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको बताइएको छ ।

उनले प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लोबाट उत्पादन भएको र स्थानीय उद्योगमा उत्पादित झोलामा बजेट ल्याएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।