Breaking

दोहोरी कलाकारको भिडन्त उत्कर्षमा, भ्यूज र डलरको खेती, परिवारसंग बसेर हेर्नै नसकिने कस्ता गीत ? (भिडियोसहित)


काठमाडौँ— नेपालको मौलिकताको सांस्कृतक जग दोहोरी गित हो । यसमा गाईने भाकाले देशको माटो बोल्नुपर्छ । तर, अहिले त्यही आफ्नै मौलिकताको भाका विर्सिएर बरालिदा लोकदोहोरी समाजको छाडा चित्र बन्दैछ । दोहारीमा भित्रिएको विकृती के हो ?

गाँउका, दुःख, वेदना, प्रेम वा समाज, वातावरण लगायतका सबैकुराहरूलाई समेटेर सृजना गरिने लोकभाकाका गीत नै लोक गीत हो । त्यसै लोकगीतलाई जब सवाल जवाफ वा दोहोरो तर्फबाट गाइन्छ भने त्यो लोक दोहोरी कहलिन्छ । तर, पछिल्ला केही वर्ष देखि लोक दोहोरी गीत सङ्गीतले आफ्नो मौलिकता भुल्दै गएको छ । नेपाली कला संस्कृतिको उत्थान गर्न गाईने लोक दोहोरीमा अहिले विकृति बढ्दै जाँदा छाडापन मौलाएको छ । अहिले लोक दोहोरीमा प्रयोग हुने छाडा, अश्लिल र दोहोरो अर्थ लाग्ने शब्दले गर्दा घरपरिवारसँग आफ्नो भावना साटासाट गर्ने माध्यम बन्दै आएको लोक दोहोरी परिवारसँग बसेर सुत्र र हेर्नै नसकिने अवस्थामा पुगेको छ ।
लोक दोहोरीलाई जगेर्ना गर्न आएकाहरूबाट नै लोक दोहोरीमाथि प्रहार भईरहेको छ । आफ्ना मौलिक कला संस्कृतिलाई बिर्सिएर लोक दोहोरीको परिभाषा नै बदल्न खोजेका उनीहरूले गाउने गीतको शब्द र देखाईने दृष्यले पुष्टि हुन्छ । दौरा सुरवाल र गुन्यु चोलीमा सजिएर नेपाली मौलिकता झल्किने लोक दोहोरी सुत्र र हेर्न नै मुश्किल भईसकेको छ । कलाकारले आफ्नै मौलिकतालाई छोडेर लोक दोहोरीमा पनि जिन्स पाईन्ट र स्कटमा कम्मर मर्काउन थालिसकेका छन् । लोक दोहोरीमा देखिँदै गएको यस्ता विकृत रुपबाट चिन्तित बनेकाहरू राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसम्म उजुरी लिएर पुग्ने गरेका छन् ।
उजुरी बढ्दै गएपछि प्रतिष्ठान पनि त्यसलाई न्यूनीकरण गर्न कडा रुपमा उत्रिएको छ । केही दिन अघि मात्रै लोक दोहोरीको नाममा नेपाली संस्कृति लाई फोहोर गरेको भन्दै १२ जना लोक गायकलाई स्पष्टीकरण सोधेको थियो । जसमा प्रतिष्ठानको केन्द्रीय सदस्यसमेत रहेकालाई निलम्बन गर्दै कारबाहीको दायरामा ल्याएको छ । प्रतिष्ठानलाई अझै पनि हल्का रुपमा नै लिएर लोक दोहोरीको नाममा अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पु¥याउने खालको गीतलाई निरन्तरता नै दिए कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।

प्रतिष्ठानले चालेको कमदबाट कारबाहीमा परेकाहरू असन्तुष्ट छन् । आफूहरूलाई छाडा गीत गाउन सिकाउने प्रतिष्ठानका पदाधिकारी भएको भन्दै नजिकको गन्ध थाहा नपाउनेले टाढाको गन्ध नसुघेकै राम्रो रिया खड्काको आक्रोश छ । त्यस्तै लोकगीतलाई ¥याप गीतमा परिणत गरेकोमा छ महिना निलम्बनमा परेका बालचन्द्र बराल प्रतिष्ठानले आफूलाई मर्न न बाच्नु पर्ने अवस्थामा पु¥याएको दुखेसो गरेकाछन् ।
नेपाली कला संस्कृतिमा विकृति ल्याएको भन्दै कालाकारहरूले एकले अर्कालाई लगाईरहेको आरोप प्रत्यारोप उत्कर्षमा छ । लोक कलाकारहरूको झगडा उनीहरूबीच मात्रै सीमित छैन । लोक दोहोरीमा देखिएको विकृतिलाई रोक्न समाधानको गुहार गर्दै प्रतिष्ठानले गृहमन्त्रालय प्रवेश गरिसकेको छ ।

‘लाइभ दोहोरी’ सञ्चालन गर्नेले युट्युब र फेसबुकबाट राम्रो आम्दानी गर्छन् । डिजिटल प्लेटर्फममा भ्युजका आधारमा पैसा आउने भएकाले छाडा शब्द र उटपट्याङ शीर्षक राखेर दर्शकलाई आकर्षित गर्ने गरेका छन् । त्यसैले लोक दोहोरीमा विकृति बढ्दै जाँदा लोक गीत सङ्गीत जगेर्ना गर्ने गायकहरूमाथि पनि समस्या बढेको छ । आफ्नो सिर्जनाप्रति सबैभन्दा बढी संवेदन शील सर्जक नै हुनुपर्छ । जबसम्म सर्जक आफै सजग हुँदैन तबसम्म हुने कारबाही पनि औपचारिकतामात्रै हुन जान्छ । भ्युजका लागि सर्जकले मनलाग्दी गाएर लोक दोहोरीको मर्मलाई त मार्छ नै साथसाथै यसले भोलीको दिनमा यो क्षेत्र नै बदनामित हुनेमा दुई मत छैन ।