Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने


काठमाडौँ— नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले जानकारी दिए ।

यद्यपि यो बारेमा औपचारिक निर्णय गर्न बाँकी छ । ‘हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं । पार्टी नेतृत्वको निर्देशन पनि प्राप्त भएको छ’, रावलले भने ।

६ वैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।

तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

एमालेले केन्द्रको निर्देशन नआएको भन्दै २१ वैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि ३ जेठको विहान सवा १० बजे सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाइएको छ ।