काठमाडौँ— दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालाई जेल हालेर लोकसभा निर्वाचन गराएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथिको आलोचना अझै मथ्थर भएको छैन । अझ सर्वोच्चको आदेशसंगै केजरीवाल रिहाई भएपछि मोदी विरुद्धको स्वर चर्किन थालेको छ । गान्धी परीवारले मोदीलाई धारे हात लगाईरहेका बेला केजरीवालको इन्ट्रि भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इलाकामा दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले धुम मच्चाउने भएपछि मोदीले गत चैत्र २१ केजरीवाललाई पक्रेर जेल हाल्दिए । भ्रष्ट्रचार विरोधी अभियान्ताका रुपमा खुंकार भएर उदाएका केजरीवाल सक्न मोदीले भ्रष्टचारकै अस्त्र फ्याक,े फलत ः केजरीवाल ५० दिन जेल परे । मोदीले दिल्लीको कथित मदीरा नीति घोटलाका मूख्य नाईके भएको भन्दै मूख्यमन्त्री केजरीवालाई आफ्नो मातहतमा रहेको जाँच एजेन्सी प्रवर्तन निदेशालय अर्थात (इडी)को प्रयोग गरेर जेल हाले । मोदीको यो कदमलाई धेरैले निरंकुशताको सज्ञा दिएकाछन् ।
रक्सी घोटला आरोपमा पक्राउ परेका केजरीवाल अदालतको आदेशबाट छुटेपछि फेरि भारतको जारी निर्वाचनमा नयाँ अध्याय सुरु हुने अड्कल छ । आमआद्मी पार्टीका केजरीवाल भारतको दुई प्रान्त दिल्ली र पंजावमा आफ्नो वर्चश्व भएका व्यक्ति हुन् । केजरीवाल छुटेसंगै चुनावी दौडाहामा छन् । भलै भारतको आधा प्रान्तमा चुनाव सकिएपनि बाँकी रहेको स्थानमा केजरीवालको रिहाईले अर्थ राख्ने भारतीय संचारमाध्यमहरुको विश्लेषण छ ।
केजरीवाललाई जेल हालेर गान्धी परिवारसंग चुनावमा भिड्दै आएका मोदीका लागि केजरीवाल टाउको दुखाई बन्न सक्छन्। मोदी र गान्धिको भिडन्तमा केजरीवाललको इन्ट्रि भएको छ । यसले पनि भारतीय निर्वाचनमा खास अर्थ राख्ने छ । अहिलेसम्म भारतमा तेस्रो चरणको निर्वाचन सम्पन्न भएको छ ।
केजरीवाल थुनेर भारतीय लोकसभाको निर्वाचन गराएका मोदीको निरंकुसताले जरा गाडेको भन्दै केजरीवालले चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनलाई सर्वोच्च अदालतले जुन १ गतेसम्म सशर्त जमानत दिएको छ । यस अवधिमा केजरीवाल आफ्नो सरकारी कार्यालयमा जान पाउने छैनन् साथै कुनै पनि फाइलमा हस्ताक्षर गर्न पाउने सुविधा उनलाई छैन। जुन २ मा उनी पुनः अदालतमा हाजिर हुनुपर्नेछ ।
केजरीवाल छुटेसंगै गान्धि परिवारलाई राहतको महसुस भएको छ । मोदीसंग इगो हट भएका केजरीवाल र गान्धी परिवार मिलेर मोदीसंग चुनावी फाईट गर्नेछन् । भलै सत्तामा सर्वशक्तिमान भएर बसेका मोदीलाई डाईहर्ट असर त, नपर्ला तर एक्लै हिड्नु र अर्कोसंग प्रतिस्पर्धा गर्नुले पनि तुलनात्मक रुपमा फरक पार्नेछ । सायद मोदीले पनि केजरीवालको लोकप्रियता बुझेरनै चुनावमा असर पर्ने विश्लेषणसहित आफ्नै मातहतमा रहेको इडीको प्रयोग गरेर जेल कोचे ।
मोदीको विषयमा गान्धि परीवारले चर्को विरोध छेडिरहेका बेला होस्टेमा हैसे गर्न केजरीवाल मिसीएकाछन् । यसले पनि मोदीमाथिको दबाव बढेको छ । विश्वमा लोकप्रिय बनेका मोदी देख्दा जति सालिन छन् त्यतिनै कुटिल रहेको विरोधीहरुको आवाज छ । सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट आफ्नै निवास फर्किएका मुख्यमन्त्री केजरीवालले पनि मोदीलाई लक्षित गर्दै देश तानाशाहीको कालखण्डबाट गुज्रिरहेको र यसको विरुद्ध सबैले मिलेर लड्नुपर्ने बताएका छन् । अर्थात केजरीवाललको आह्वान र गान्धी परीवारको सहयोगले पनि मोदी विरुद्धको स्वर चर्किदै गएको छ ।
मूलत विरोधीको स्वर कति चर्को भन्दा पनि जनताले मतदानमा कस्को पक्षमा छाप लगाए भन्ने कुराले अर्थ राख्नेछ । यद्यपी जतिनै आलोचना भएपनि फेरि भारतमा एक पटक मोदी उदाउने निश्चित प्राय भएको छ ।


प्रतिक्रिया