Breaking

रास्वपा खुइलिँदा कांग्रेस–एमालेमा खुसियाली, चर्चाले झुक्किएनन् जनता, पुराना दलकै रजगज


काठमाडौँ – गत आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न क्षेत्रमा घण्टी बजाउँदा अत्तालिएका पुराना दललाई इलाममा भएको उपनिर्वाचनको नतिजाले भने राहत मिलेको छ । आफ्नो हार वा जित भन्दा पनि नयाँ वैकल्पिक शक्ति भनेर उदाएको रास्वपाको लज्जास्पद हारमा सन्तुष्ट देखिएका उनीहरूलाई खुसी हुने माध्यम बनेको छ ।

कोशी प्रदेशलाई सबैभन्दा शिक्षित व्यक्ति बस्ने प्रदेशको रूपमा लिइन्छ । त्यसैले कोशीलाई २०७९ सालमा नै ‘साक्षर प्रदेश’ घोषणा गरिएको थियो । सबैभन्दा बढी ९९ र कम ९५ प्रतिशत साक्षर भएको कोशीको औसत साक्षरता दर ९६ प्रतिशत छ । जसमा भर्खरै उपनिर्वाचन सम्पत्र भएको इलामको साक्षरता दर ९७.६२ प्रतिशत छ । तर, वैकल्पिक शक्तिको रुपमा रहेको रास्वपालाई देशभरमा नै शिक्षित व्यक्ति बस्ने ठाउँको पाँचौ नम्बरमा परेको इलाम २ का जनताले पत्याएनन् । परिणामतः जमानत नै जफत हुने गरी घण्टीले लज्जास्पद हार व्यहोर्नु प¥यो ।

यही रास्वपाको हार अहिले परम्परागत दललाई खुशी हुने माध्यम बनेको छ । जनमतलाई विभाजित गर्ने स–साना राजनीतिक दललाई भित्तामा पु¥याएकोमा पुराना दल रमाइरहेको छ । जात्रेलाई छात्रे भन्दै अस्थिरता सिर्जना गर्न खोज्ने प्रवृत्तिको अन्त्य भएको उनीहरूको निष्कर्ष छ ।

बझाङ र इलाम दुवै स्थानमा हारेको नेपाली काङ्ग्रेस आफूले नजितेकोमा भन्दा पनि रास्वपाले हारेकोमा सन्तुष्ट देखिन्छ । पपुलारिजमले जनतालाई झुक्याउन सके पनि चुनाव जित्न नसक्ने भन्दै कांग्रेस रास्वपामाथि उछितो काटिरहेको छ । रास्वपाको नाम र हातमा घण्टी लिएर चटक देखाएर हिडेकै भरमा एक दुई ठाउँमा चुनाव जिते पनि सबै ठाउँमा यही नीति चल्न नसक्ने कटाक्ष गरेको छ ।

इलाममा आफूले जिते पनि नजिते पनि रास्वपाले हार्दा भने पुराना दललाई उर्जा मिलेको छ । प्रदेश संरचनालाई अस्वीकार गरेर बझाङमा उम्मेदवार नउठाएको रास्वपाले इलामको निर्वाचनलाई प्रतिष्ठाकै विषय बनाए पनि लज्जास्पद हारले पार्टीलाई समीक्षा गर्नु पर्ने अवस्थामा पु¥याएको छ । इलामेलीले घण्टी नबजाएर सुध्रिनु पर्ने साङ्केतिक सन्देश दिएपछि रास्वपा जनआवाज सुत्र तल्लो तहसम्म जाने भएको छ । निर्वाचनको छ महिनाअघि मात्र जन्मेको रास्वपा अब देशभरी गएर सङ्गठन चुस्त दुरुस्त बनाउने सङ्कल्पमा लागिपरेको छ । सुरुवाती चरणमा जनतामा जगाएको आशालाई पुनः कायम गर्न पार्टीले देश दौडाहामा जाने रणनीति बुनिरहेको छ ।

पहिलो प्रयासमा नै सदनको चौथो शक्ति भएर उदाएको रास्वपाबाट डराएका परम्परागत दलहरू आफ्नो उत्रती भन्दा पनि रास्वपाको अधोगतिमा नै रमाउन थालेका छन् । रास्वपाको ओरालो यात्रा नै उनीहरूका लागि खुसी हुने माध्यम बनेको छ । तर, रास्वपाको इलाममा जमानत जफत भएर पुराना पार्टीहरूमा खुसीयाली छाए पनि ०८४ आउन अझै तीन महिना बाँकी नै छ । गएको चुनावमा पनि छ महिनामा नै उदाएको रास्वपा जस्तै बालेन हर्कले बनाई दिएको बाटोमा भोलि त्यस्तै अर्काे पनि विकल्प नयाँ ढङ्गले नउदाउँला भत्र सकिँदैन । त्यसैले एमाले, कांग्रेसजस्ता पुराना पार्टीले अरु बिग्रिएकोमाभन्दा पनि आफैँ सप्रिनेमा बढी ध्यान दिने जरुरी देखिन्छ ।