Breaking

प्रचण्डलाई फेरि आफ्नो मन्त्री भारी, विराज र सुमनासम्मै अड्किए, एमालेका बेपत्ता


काठडमाडौँ – प्रधानमन्त्रीको तेस्रो इनिङमा अदभुत काम गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व सम्हालेको १६ महिना वित्यो । यो अवधिमा सरकारले सुशासनदेखि सर्वसाधरणको दैनिकीमा प्रत्यक्ष लाभ हुने के काम ग¥यो ? पल्टाएर हेर्दा खासै सम्झना लायक केहि छैन । परिणाम दिने नभई डमी र स्टन्टवाज मन्त्रीहरुका कारण प्रचण्ड हैरानमा छन ।

प्रधानमन्त्रीको तेस्रो इनिङमा अदभुत काम गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको नेतृत्व सम्हालेको १६ महिना वित्यो । यो अवधिमा सरकारले सुशासनदेखि सर्वसाधरणको दैनिकमा लाभ हुने खासै सम्झन लायक गतिलो काम गरेको देखिदैन ।
सर्वसाधारणमा सरकारप्रतिको वितृष्णा उच्च विन्दुमा पुगेको छ । तर यसले थोरैपनि सिंहदरबारको शासन सत्तामा भएकाहरुलाई पोलेको छैन । जनताको समस्यलाई नजर अन्दाज गरेका सरकारका मन्त्रीहरुको काम हेर्दा बत्ती बालेर खोज्नु पर्ने अवस्था छ।

एकाध बाहेक प्रचण्डका मन्त्रीहरु अहिले कुहिरोको काग जस्तै हराईरहेकाछन् । सायद कतिलाई त जनताले राम्रो संग चिनेका पनि छैनन् । हुनत चिन्नकै लागि जनता प्रति उनिहरुको योगदान र भूमिका के छ र जनताले नाम कण्ठ गरेर बसुन । आफना बेकामे मन्त्रीहरुका कारण प्रधानमन्त्री प्रचण्ड स्वयम हैरानमा छन ।
गृहमन्त्री हुँदाताका अनेक फण्डा र स्टन्टका कारण चर्चामा रहेका नारायणकाजी श्रेष्ठ परराष्ट्रमा पुगेपछि पलायन जस्तै भएभका छन । मलाई मन्त्री नभई हुन्न भन्दै गठबन्धनमा हिसाब किताब मिलाएर रघुविर महासेठ भन्दा तल झरेर परराष्ट्रमन्त्री हत्याएका श्रेष्ठ परराष्ट्रमा पुग्नसाथ सहकारी ठगी प्रकरणमा फरार जीवि राई झिकाई हाल्ने , रुस युक्रेनको युद्धभूमिमा युद्ध लड्न पुगेका नेपाली युवा युवाहरुको उद्धार तत्काल गरौलाझै प्रस्तुत भए पनि नतिजा शुन्य प्राय छ । मन्त्री भएर झण्डा हल्लाउने भन्दामाथिको काम नगरेका नारायणकाजी अहिले हराए जतिकै भएकाछन् ।

संकटग्रस्त अर्थतन्त्र सुधार्न प्रकाशरण महतले सरकारलाई सहयोग नगरेको आरोप सहित समिकरण नै फेरेर अर्थमन्त्रालयको जिम्मा आफ्नै खल्तीका विर्षमान पुनलाई सुम्पिए पनि अवस्थामा सुधार आएन । विदेश दौडाहमा व्यस्त पुनले पनि प्रचण्डले सोचेझै परिणाम दिन सकेका छैनन् । कहिले कार्यलयमै पोछा लगाएर त कहिले पशुपतिमा कुच्चो बडारेरै भए पनि कम्तिमा पर्यटन मन्त्रालय चलायमान बनाएका सुदन किरातीलाई हटाएर हितबहादुर तामाङलाई मन्त्री त बनाए तर उनी के गर्दैछन अत्तोपत्तो छैन । सायद अहिले प्रचण्ड सरकारमा सबै भन्दा लोसे मन्त्री यीनै हितबहादुर हुन् । यी मन्त्री हुन् कि हैनन् कतिलाई त पत्तोसमेत छैन ।

मन्त्री पद पाएपछि विदेशमा भ्रमणमा रेकर्ड ब्रेकर जसपाका अध्यक्ष उपेन्द्र यादवको विदेश भ्रमण अझै सकिएको छैन । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउला सर्वसाधरणका लागि सेवामा सहजता ल्याउनुको सट्टा आफ्नो छोरालाई स्वास्थ्य सामाग्री खरिदको जिम्मा सुम्पेरा विदेश उड्न उनलाई भ्याइ नभ्याई छ। अमेरिका भ्रमणमा रहेका यादव अमेरिकाबाट फर्किए लगतै कतार भ्रमणको तयारीमा छन् । लाग्छ उपे्रन्द्रका लागि नेपाल ट्रान्जिट हो । एउटा प्लेनबाट उत्रिएर अर्को प्लेनमा यात्रा गर्ने ।

प्रधानमन्त्री प्रचण्डको क्याविनेट सदस्य भए पनि प्रचण्डको भन्दा एमाले अध्यक्ष के.पी शर्मा ओलीको इसारामा चल्ने एमालेबाट मन्त्री बनेकाहरु आलप विलाप छन ।एमालेका मन्त्रीहरु यत्ति काम नलाग्ने छन कि कार्यक्रम शिलन्याश उद्घाटन जस्ता काममा समेत ओली बोकेर हिड्नमै व्यस्त छन । सत्तारुढ दलकै नेता सरकारकै मन्त्री सरकारको आलोचना गर्दै हिडेका छन ।पुराना दल र पटक पटक मन्त्री भएकाहरु त त्यस्तै भए आफुलाई नयाँ र वैकल्पिक भनिएकाहरुसँग केहि आशा पक्कै थियो । तर उनीहरु पनि नयाँ बोतलमा पुरानो रक्सि भनेझै निस्किए ।


उपस्थिति जवरजस्त देखिए पनि परिणामले प्रभाव पार्न सकेको छैन । सुशासनको हुँकार गर्ने रास्वपा सभापति उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफै सहकारी काण्डमा चुर्लम डुवेका छन । श्रममन्त्री डीपी अर्याल नेपालीहरुको मुख्य श्रम गन्तव्य कतारका राजा नेपाल भ्रमणमा आउँदा मुखै खोल्न सकेनन । केहि गरिहाल्छ कि भन्ने पारेकी शिक्षामन्त्री सुमना श्रेष्ठ आफै घेराबन्दीमा परेकी छिन् । सुमनाको प्रचार जति भयो परिणाम उत्तिकै असफल उन्मुख छ । तथापी रास्वपा नेताहरु आफ्ना मन्त्रीहरुले काम गरिरहेको दावी गर्न छाड्दैन्न ।

प्रधानमन्त्रीत्व कालको १६ महिने अवधिमा ११ पटक मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रिपरिषद पूर्णता दिएका प्रधानमन्त्री प्रचण्ड जति समिकरणको गठजोडमा छ उत्तिकै आफ्नै स्टन्टवाज र डमी मन्त्रीहरुका कारण सोचेजति परिणाम प्राप्त गर्न सकिरहेका छैन्न । सत्ता समिकरणबाट सरकारलाई सहयोग नमिलेको आरोप सहित कांग्रेसलाई धोका दिएर एमाले कित्तामा पुगेका प्रचण्डले अहिलेको क्याविनेटलाई कतिन्जेल जोगाउँछ भन्ने चासो स्वभाविक छ ।