समाचार

झापामा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार


झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट घाइते भएकी छात्राको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो ।

उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।।