Breaking

एक वर्षको अवधिमा आगलागीबाट मात्रै २६ जनाको मृत्यु, १ अर्ब बढीको क्षति

सातै प्रदेशमा एयर एम्बुलेन्स किन्ने गृहमन्त्रीको प्रस्ताव


काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिव १ अरब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

उनले एक वर्षको अवधिमा मात्रै आगलागीबाट २६ जना नागरिकको मृत्यु भएको पनि बताए ।

यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विपद्मा परेका नागरिकको जीवन बचाउन सातै प्रदेशमा एयर एम्बुलेन्स हुन जरुरी रहेको बताएकाछन् ।