Breaking

रेशम र रञ्जिताको कुरो मिल्यो, प्रचण्डलाई तनाव, माधवका मुख्यमन्त्रीलाई देउवाको साथ ? (भिडियोसहित)


काठमाडौँ— संसदको तेस्रो शक्ति मोआवादी केन्द्रले पहिलो कांग्रेस वा, दोस्रो एमालेलाई बेला बेलामा समिकरण फेरेरै भएपनि साथमा लिएर सत्ताको नेतृत्व गर्दै आएको छ। अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको दोस्रो शक्ति नेकपा एमालेको भरथेग र स–साना दलको सहयोगमा सत्ता टिकाई रहेका छन । सरकार गठनको वर्ष दिन वित्दै गर्दा तीन–तीन पटक सत्ता समिकरण फेरबदल गरिसकेका प्रचण्ड गठबन्धनमा रहेका साना दलको बार्गेनिङले हैरान छन ।

सत्ताका लागि सधै च्याखे दाउ हान्न माहिर पुष्पकमल दाहाल प्रचण्ड तेस्रो शक्ति भएर पनि सत्ताको राजकाजमा छन् । ३२ सिटे माओवादी ले ८९ सिटे पहिलो दल कांग्रेस र ७८ सिटे दोस्रो दल एमालेलाई आफ्नो इसारामा फनफनी घुमाएर नेतृत्व गरिरहेको छ । यसको किंग मेकर प्रचण्डनै हुन् ।कहिले कांग्रेस त कहिले एमालेलाई भ¥याङ बनाएर आफ्नो कुर्सी टिकाउन प्रचण्ड अहिलेसम्म सफल छन् । कांग्रेस र एमाले आलोपालो माओवादीसँग मिल्न पाएकोमा दंग हुदा प्रचण्डको प्रधानमन्त्री बन्ने सपना निरन्तर साकार भईरहेको छ।

पुष १० मा सत्तारोहण गरेका प्रचण्ड वर्ष दिन वित्दा नवित्दै तीन तीन पटक सत्ता उलटफेर गरेरै एमाले कांग्रेसलाई आलोपालो कहिले सत्तामा त कहिले प्रतिपक्षमा थचार्दै प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् । ठुला दललाई आफ्नो इशारामा नचाएर सत्ताको सुखसयल उपभोग गरिरहेका प्रचण्डलाई अहिले भने, साना दल भारी पर्दै आएका छन् । एमाले अध्यक्ष के.पी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेको फेरो समातेर सत्ता टिकाईरहेका प्रचण्डलाई माधव कुमार नेपाल, उपेन्द्र यादवदेखि रेशम रञ्जिताका कारण तनाव बढ्दै गएको छ । यद्यपी रविले समेत आफु र आफ्ना मन्त्रीले राजीनामा खल्तीमा बोकेर हिडेको भन्दै धम्क्याउन छोडेका छैनन् ।

प्रचण्डले सत्ता उलटफेर गरेपछि माधवको नाम लिदै मुख कुला गर्छु भन्ने ओलीलाई समेत माधवको दैलोमा पु¥याएर मान खोज्ने माधवलाई बल्लतल्ल मनाएर सत्ता समिकरणमा सामेल गराए । तर सत्तारुढ दल भएर पनि पद नपाएको झोकमा माधव अहिले प्रचण्ड विरुद्ध खनिँदै आएका छन । यता प्रचण्ड क्याविनेटमा रहेर पनि जसपा अध्यक्ष उपेन्द्र यादव प्रचण्डसँग सन्तुष्ट छैनन् । सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेसँगै अध्यक्ष यादव झस्किएका छन् । उपेन्द्र यादवलाई गौर हत्याकाण्डको त्रास देखाएर ठुला दलले आफ्नो अनुकूल प्रयोग गर्न खोजेको विश्लेषण भए पनि यादव प्रचण्डको टकराव बढ्नेमा दुई मत छैन । नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक शक्ति संघर्षको बाछिटा प्रधानमन्त्री प्रचण्डमा पर्दै आएको छ । सुदुरपश्चिम र लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएने निर्णय गरेसँगै प्रचण्डलाई अर्र्को झट्का लागेको छ ।

साना दलको सत्ता बार्गेनिङले राजनीति, बिकृत बनेको छ । प्रदेश त्यसको सबैभन्दा ठुलो मारमा परिरहेको छ । प्रधानमन्त्री प्रचण्ड हैरान भईसकेका छन । प्रदेशको राजनीतिक अस्थिरताको घेराबन्दी र केन्द्रमा समेत साना दलको धम्की खेपिरहेका प्रचण्डले साना दलहरु सहितको यो समिकरण कतिन्वेल टिकाउला बहसको विषय बनेको छ ।

चुनावमा कुनै पनि दलको बहुमत छैन । जनमतले मिलेर सरकार चलाउने बाहेक अन्य विकल्प बन्द गरि दिएको छ । गठबन्धनमा रहेका दलहरुको गति हेर्दा यी दलहरुले न त गठबन्धन सफल बनाउन सहयोग गर्न सकेका छन् नत आफ्नै पार्टी सम्हाल्न । नेतृत्वको सीमित स्वार्थले छटपटाई रहेका दलहरुले गठबन्धन सक्काउँ छन् वा आफैँ सकिन्छन चासो स्वभाविक छ । आ–आफ्नो स्वार्थ सिद्ध गर्न खोलिएका साना पसलहरु आफै प्रश्नको घेराबन्दीमा छन् ।