Breaking

रवि बोक्दै ओलीको हुंकार, देउवा र माधवलाई लपेटे, प्रचण्डले संसद विघटन स्वीकारे, माधवको उथलपुथल (भिडियोसहित)


काठमाडौँ— एमाले र त्यसमा पनि विशेषत एमाले अध्यक्ष केपी शर्मा ओली निटकहरुकै कारण वर्तमान समिकरण संकटमा परेको चर्चाकाबीच उनको वोली नरम भएको छैन् । अर्थात सहयात्रीलाई पेलेरै जाने खालको अभिव्यक्तिलाई निरन्तरता दिएका एमाले नेताहरु साना दलहरुको अस्थित्व नै स्वीकार्ने पक्षमा देखिदैनन् । बरु ढलमल भएको सत्ताकाबीच कांग्रेससंगै केहि विषयमा सहकार्य गर्न सकिने संकेत गरेका उनीहरु के चहान्छन त ?

संसदीय अंगगणितका कारण आफै कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फकाएको दृश्य विरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली उनैमाथि खनिएका छन् । विशेषत प्रदेशमा अड्को थापेर गठबन्धनको भविष्य संकटमा पारेपछि उनी निरन्तर यहि बाटोमा छन् । फलत ः कहिले समाजवादी कांग्रेसको पिछलग्गु भएको बताउने उनी कहिले माधवले च्याखे थापेर पाउनुपर्ने भाग पाईसकेको भन्न भ्याउछन् । जसले हिजो किन कोटेश्वर नै पुगे,किन एकीकृत समाजवादीलाई वोक्नै पर्ने अवस्थामा पुगे,आज किन उनी ओली आक्रमक छन् ? उनले चाहेको के हो भन्ने प्रश्न बलियो बनेको छ । यहिबीचमा उनले समाजवादी लक्षित गरेर वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी नै गरेका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झुटो रहेको तथा खण्डित भएको भन्न भ्याएका छन् । जसले यो निशाना माओवादीसम्मलाई पुग्दा २०७९ को निर्वाचनमा ६ दलले घेराबन्दी गरे पनि त्यसलाई चिर्न एमाले सफल भएको भन्दै सबै दलमाथि आक्रोश व्यक्त गरेका छन् ।

यसको अर्थ उनी सुध्रिएको,विगतको गल्ती महसुस गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भाष्य नै गलत हुँदा ओली गठबन्धन किन चहाँदैनन् ? प्रश्न छ । जसले एकीकृत समाजवादीका नेताहरुकै दाबी झै प्रचण्डलाई सडकमा ल्याउने उनको योजना सफल भएको हो ? अर्को प्रश्न छ ? अन्यथा वामएकतासम्म हुने भाष्यलाई खण्डित गर्ने,समाजवादी मोर्चालाको अस्थित्व नस्वीकार्ने उनले पाएको लाभ भनेको केहि भाग र गठबन्धन फुटाउने उदेश्य प्राप्त मात्र हो । जसले धोका दिएको महसुस गर्ने स्थानमा नेपाली कांग्रेस पुग्दा साना दलहरुको पसल बन्द गर्नुपर्ने वहस कांग्रेसमा पनि छ ।

सभापति शेरबहादुर देउवामा संविधानकै संसोधनसम्म हुनुपर्नेसम्मै चेत गठबन्धन फुटाउने ओलीकै कदमले गर्दा ठूला दलमिल्नुपर्ने वहस बलियो बनाउन एमाले सफल भएका रुपमा समेत यसको विश्लेषण भएको छ । जुन सत्तामा रहुन्जेल कांग्रेसले महसुस नगरेको तथा गठबन्धन नटुटाई देश नयाँ वहसमा नजाने एमाले नेताहरुले बताँउदै आएका थिए । वर्तमान समिकरण जोगाउने बारे खासै सचेतता नपनाउने ओलीको शैली र एमाले कांग्रेसबीच सहकार्य हुनुपर्ने बहसले समेत एमालेले दुई दलिय राजनीति चाहेको भाष्य बन्न थालेको छ ।

यता एकीकृत समाजवादीका नेताहरु भने यसले ओली प्रचण्ड नै नेतृत्वका लागि सहि नभएको प्रमाणित गरेको बताउँछन् । जसले उनीहरुलाई किनाराकृत गर्नुपर्ने अवस्था सिर्जना भएको दाबी गर्ने उनीहरु अब त्यहि अनुसारको समिकरण बनाउनुपर्ने लाईनमा छन् । जहाँ एमाले कांग्रेस जस्ता दुई धुव्रका ठूला दल नै मिल्ने अवस्था नभएको उनीहरुको तर्क छ । जुन विशेष परिस्थितीमा मात्रै बन्ने गरेको बताँउने उनीहरु तत्काल त्यो सम्भावना देख्दैनन् । जहाँ आफूलाई कमजोर सम्झिए उथलपुथल नै हुने त अध्यक्ष माधवकुमार नेपालले चेतावनी नै दिएका छन्

हुन त प्रचण्डलाई अस्थिरताको ट्यागलाई औपचारिकता दिनेमा ओली सफल भईसकेका छन् । त्यस्तै रास्वपा हुन्जेल वैकल्पिक समिकरण त्यति सहज नभएकोसम्म उनले बुझिसकेका छन् । यहिबीचमा पार्टिभित्रै वामएकताको प्रयास समेत नगरेको भन्दै उठेको आवाजको समेत उत्तर दिन प्रचण्ड माधव वोक्नुपर्ने बाध्यतामा रहेका उनले सत्ताका लागि को कतिसम्म साईजमा आँउछ त्यो समेत छर्लङ पारिदिएका छन् । अब सके संसद विघटनको अधिकार नहुँदा देशमा हुने गोलचक्करलाई देखाउने बाटोमा रहेका उनी संविधान संसोधनमार्फत साना दल आउनसक्ने अवस्थाकै अन्त्यमा छन् । त्यो भने कांग्रेसको आगामी कदममा समेत भर पर्ने छ ।