Breaking

आत्मानन्दको पाउँमा ठूला नेता, रवि ढुक्क, डेकेन्द्र चेला, डम्बरको लगानी, ५ हजार मतले छिनोफानो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— इलामको उपनिर्वाचनमा मतदाता रिझाउन व्यस्त भएका उम्मेदवार मात्रै होइन कि उम्मेदवारलाई भोट माग्न पुगेका शिर्ष नेतृत्वको समेत ध्यान खिचेका किराँत धर्मगुरु आत्मानन्द लिङ्देन हुन् । अहिले यीनको दैनिकी नै शिर्ष नेता र उम्मेदवारको भेटघाटलाई समय दिँदै व्यतित भइरहेको छ । आखिर निर्वाचनको मुखमा धर्मगुरुकोमा भिड किन ?

उम्मेरले ७० पुगेका किराँत धर्मगुरु आत्मानन्द लिङ्देन अहिले इलाम उपनिर्वाचनको सरगर्मीसँगै राष्ट्रिय राजनीतिमा छाएका छन् । उनि उम्मेदवार हैनन् तथापी उनको इलाममा देखिएको उपस्थिती र समर्थनले उम्मेदवारको पल्ला भारी हुन सक्ने विश्लेषण छ ।
जसका कारण पनि धर्मगुरु आत्मनन्द सचारमाध्यममा छाएकाछन् । फागुनन्दको अवतारको रुपमा किरात धर्मालम्बीहरुले पुजेका आत्मानन्द अहिले भोट बैंकको रुपमा परिभाषित भएका छन् । उनी इलामको माङ्सेबुङ गाउँपालिका–२ मा जन्मिएकाले सो क्षेत्रको मतदाता पनि हुन ।्

रैथाने गुरु र भुगोलले पुजेकै कारण ५ हजारभन्दा बढी भोट आत्मानन्दको अन्तिम इशारामा खस्ने आम विश्लेषण छ । फलतः आत्मनन्दको पकडमा ५ हजार हाराहारीमा व्यक्तिगत मत रहेको अनुमान पाएका पार्टी र स्वतन्त्र उम्मेदवार उनको आश्रममै पुगेर रिझाउन सुरु गरेकाछन् । आत्मनन्द तिनै व्यक्ति हुन् जसको आशिर्वाद लिन कुनै बेला राजनीतिका प्रखर खेलाडी पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओलीसमेत उनको दैलोमा पुगेका थिए । कोईराला र ओलीले प्रधानमन्त्री हुन पूर्व आशिर्वाद ग्रहण गरेर सत्ताको राजकाग गरेका थिए । अहिले चुनावी रापतापमा, राजेन्द्र लिङ्देन, सिके राउत र झलनाथ खनालसमेत आत्मनन्दको आश्रममा पुगेर आफ्ना उम्मेदवारको पक्षमा समर्थन जुटाउन कसरत गरीरहेकाछन् ।

पाँचपटक इलामबाट निर्वाचित भएका दिवंगत नेता सुवास नेम्वाङले सधैं आत्मानन्दको साथ पाइरहे । चुनावी अभियान नै उनको आशिर्वादबाट सुरु गर्ने राजनीतिक संस्कार बनेको छ । धर्मगुरुले आशिर्वाद दिएपछि उनका अनुयायीको मत पनि पक्का भएको अर्थमा उम्मेदवारहरुले बुझ्ने गरेका छन् ।

धर्मगुरुकै भूमिबाट रास्वपाले मिलनलाई उम्मेदवार बनाउनुको एउटा कारण आत्मानन्दको साथ पाउने विश्वास पनि हो । जहाँ रवि आफै आत्मानन्दको आश्रममा दुईपटक पुगिसके भने उनी स्वयंम्ले समेत आत्मानन्दकै आशिर्वाद र भूमिबाट चुनावी प्रचार सुरु गरे । आश्रमकै आगनमा हुर्किएको र बाबु आमा पनि आत्मानन्दकै अनुयायी भएकाले मिलनले उनको साथ पाउनेमा रास्वपा ढुक्क देखिन्छ ।

धर्मगुरु आत्मानन्दलाई जति रास्वपाले फकाउन खोजेको छ, त्यति नै उनकै उत्तराधिकारी र पहिचानको मुद्दा बोकेर कोशीको नाम फेर्न हिडेका डेकेन्द्र थेगिम पनि आफ्नो पक्षमा समर्थन जुटाउन भगिरथ प्रयासमा छन् । आश्रममै काम गरेको र अझ हर्क र आत्मानन्दको समधुर सम्बन्धले समेत आफुलाई नै गुरुको साथ मिल्नेमा उनी विश्वस्त छन् । जहाँ आत्मानन्दले खोजेकै किरात सगरमाथा प्रदेशको मुद्दालाई उनले बटमलाइन बनाएका छन् । त्यसो त, काँग्रेस नेता शेखर कोइराला नै आत्मानन्दकै आश्रममा पुगेर डम्बरबहादुर खड्कालाई सहयोग मागिसकेका छन् । गएको निर्वाचनमा साथ नपाएर पराजित हुँदा समेत डम्बर आफै गुरुको अनुयायी मै हुँ भन्दै इलामलाई किरात धर्मालम्बीहरुको केन्द्र बनाउने उद्घोष गरि धर्मगुरु रिझाउने नीतिमा छन् ।

यता काँग्रेस जस्तै एमालेका सुहाङ नेम्वाङ पनि बाबु गुमाएको टुहुरोलाई धर्मगुरुले अन्याय गर्न नसक्ने तर्क गर्नेदेखि किरात धर्मका लागि आफ्ना पिताले पु¥याएको योगदानसम्मलाई चुनावी एजेन्डाका रुपमा प्रयोग गर्न खोजिरहेका छन् । त्यसो त एमालेका नेताहरु पनि धर्मगुरुलाई भेट्न दिनरात धाइरहेका छन् ।यता चुनावमा प्रभाव पार्ने कुरालाई स्वीकार्दै गुरुको आशिर्वादकै भरमा चुनाव त नजितिने तर गुरुले कहिल्यै अन्याय नगर्ने भन्दै राजनीतिक उद्देश्य भन्दा पनि सेवा भावको उद्देश्यका साथ गुरुको आश्रममा पुग्नुपर्ने धर्मगुरुहरु बताउँछन् । गुरुको निर्णयले कसैको अन्याय नहुने उनीहरुको भनाइ छ ।

गुरु आत्मानन्दको साथ पाउनकै लागि गृहमन्त्री रवि लामिछानेले फागुनन्दको सालिक भत्काउनेहरुलाई कारबाहीको दायरामा ल्याउने वचन नै दिएका छन् । त्यसो त एमालेसँग चिसिएको पहिचानको सम्बन्ध र काँग्रेसको दलीय दबदबाकै कारण आत्मानन्दले मिलन र डेकेन्द्रमध्ये एक छान्ने स्थानीय जानकारहरुको तर्क छ । तथापी अन्तिम अवस्थाको निर्णय गर्दा जित उन्मुख उम्मेदवार नै छान्ने दाबी पनि भइरहेका छन् । तर अहिले उनको पकेटमै रहेको पाँच हजार मत पाउन र टिम फुटाउन राजनीतिक उम्मेदवारहरु सक्ने बल लगाएर मैदानमा उत्रिएका छन् ।

गत निर्वाचन मात्र ११४ मतको जित हारले टुंगिएको थियो । उपनिर्वाचनको चौतर्फी भिडन्तमा आत्मानन्दको तर्फबाट झर्ने पाँच हजार मतले ठूलो अर्थ राख्ने भएपनि अहिले सबै दलका शिर्ष नेतृत्वलाई आश्वासन दिएपनि अन्तिमको उनको निर्णय निर्णायक नबन्ला भन्न सकिन्न ।