Breaking

जित खोज्दै डेकेन्द्र, पहिचानको जवरजस्त मुद्धा, राष्ट्रिय झण्डाको अभियान, सुरेन्द्रदेखि स्वागतसम्म (भिडियोसहित)


काठमाडौँ— कोशीको नामाकरणमा असहमतिलाई आन्दोलनको रुप दिदै दलहरुसँगै सम्झौता गरेका पहिचानवादीहरु इलामको उपनिर्वाचनमा भने आमनेसामने भइरहेका छन् । जहाँ एकले अर्कोलाई दोषारोपण गर्ने त दैनीकि नै बनेको छ । मतदाता फकाउन हरेक हतकण्डा अपनाई रहेका उम्मेदवारलाई अहिले शीर्ष दलका माथिलो तहका नेताले समर्थन जनाउँदा उपनिर्वाचनको माहोल गर्माएको छ । जहाँ दलसँग आधा दर्जन स्वतन्त्र उम्मेद्वार पनि भिडिरहेका छन् ।।

नेपाली कांग्रेस र नेकपा एमालेको गढ मानिएको इलाममा अहिले रास्वपाको जबरजस्त उपस्थिति छ । तर यि सबै दललाई अहिले एक स्वतन्त्र उम्मेदवारले हायलकायल बनाईरहेकाछन् । दिन प्रतिदिन बढ्दै गएको जनसमर्थन र चुनावी माहोलले दलहरुलाई सोच्न बाध्य पार्ने पात्र हुन् डेकेन्द्र थेगिम। उनी तिनै व्यक्ति हुन जो कोशीबाट उठेको पहिचानको मुद्धाको प्रतिनिधित्व गर्दै विभिन्न ३९ जातिय संगठनको समर्थनमा चुनावी मैदानमा छन् ।

इलाम २ को उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्का,एमालेबाट सुहाङ नेम्बाङ, र रास्वपाबाट मिलन लिम्बु दलका रुपमा उम्मेदवार छन् । तर बढ्दो चुनावी माहोल हेर्दा डेकेन्द्र दलका नेताका सामु डेक चल्ने देखिदैन, अर्थात डेकेन्द्रको बढ्दो क्रेजले इलामको निर्वाचन मत परिणाम उलटपुलट हुन सक्ने संकेत गरेको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रको चुनावी शैली अरुको भन्दा पृथक छ । उनका परिवारनै यो चुनावमा फकर रुपमा प्रस्तुत भएकाछन् । भुगोलमा भिजेको र पहिचानको मुद्धालाई बोकेका
भएर पनि उनको पक्षमा जनसमर्थन बाक्लो देखिन्छ ।
अहिले डेकेन्द्र मात्रै चुनावमा होमिएका छैननन् कि उनका परिवारका सदस्यले नै आफ्नो कला र गलालाई प्रयोग गरेर भोट दिन अपिल गरिरहेकाछन् ।

जहाँ डेकेन्द्रकै छोरी चर्चित गायिका सुनिता थेगिम दिनभर मिनि कन्सर्ट चलाएर बेलुकी पख घरदैलोम व्यस्त हुन्छिन् । छोरीमात्रै हैन बाबु जिताउन छोरा पनि कम्मर कसेर लागेकाछन् । उनका छोरा एकदेव समेत युवा पुस्तामा चर्चित लोकगायक हुन । उनको दैनीकि पनि अहिले उस्तै छ । अहिले छोराछोरी मिलेर बाबुको लागि भोट मागिरहेकाछन् ।

पहिचानको बल र स्वतन्त्रको लहर सँगै ठूला दलबाट मतदाता दिक्क भएको अवस्थामा आफ्नै उपयुक्त पात्र भएको र सदन प्रवेशको जनमत पाए इलामेली जनताले खोजेको विकाश र चाहेको पहिचानको मागलाई न्याय गर्न सक्ने डकेन्द्रको दाबी छ।

इलाममै ३२ वर्ष अग्रेजि विषय पठाएका मास्टर समेत थेगिम धार्मिक आध्याध्मीक र साहित्यिक संस्थासँग आवद्ध छन् । उनको छबीलाई पहिचानको राजनीतिक आधार मात्रै छैन् कि स्वतन्त्र घटकहरुको जर्बजस्त साथ पनि छ । धरानका मेयर हर्क साम्पाङ र संसदीय निर्वाचनमा हारेका अधिवक्ता स्वागत नेपाल र युग पाठक जस्ता व्यत्तिहरु समेत राष्ट्रिय झण्डा काँधमा हालरे उनीसँगै चुनावी मैदानमा छन् ।

डेकेन्द्र र हर्कको पहलमा बालेनलाई नै उतार्ने पटकपटकको अनुरोधमा बालेनले मौनता साधेपनि चुनावको अन्तिम अवस्थासाँ बालेन इलाम पुग्ने डेकेन्द्र समर्थक नेताहरुको विश्वास छ । देशभर चलेको स्वतन्त्रको लहरलाई डेकेन्द्रले जितमा बदल्ने दाउमा छन् । यता किरात गुरु आत्मनन्द लिङ्देनबाट दिक्षित भई उनकै चेलाका रुपमा काम गरेका डेकेन्द्रलाई नै धर्मगुरुको साथ रहने समेत आकंलन गरिएको छ । त्यसोत, पहिचानको आन्दोलनमा थुनिएका गोपाल किराती जस्ता दर्जनौ नेताहरु अहिले पहिचानको मुद्धालाई तिखार्दै ठूला दलबाट आश गर्न नसकिने सम्मका तर्कहरु पस्किरहेका छन् । राजनीतिक दल एमालेसँगको आबद्धता त्यागेका डेकेन्द्रसामू चुनौति पनि कम छैन् । पुस्तौदेखि जरा गाडेर बसेका कांग्रेस एमालेको विरासत तोड्नु, विकल्पको लहरसँगै आशाको राजनीति गरेको रास्वपाको उर्लदो भेल र रवि र सुमना जस्ता नेता नै मिलनलाई भोट माग्दै हिड्नुदेखि पहिचानवादी नै दल र स्वतन्त्र उम्मेद्वार हुनु उनका मुख्य चूनौती हुन् । तर विश्लेषकहरु पहचिानवादीहरु अन्तिमसम्म एक हुन सके यि चुनौतीहरु सजिलै पार लगाउन सक्ने बताउउँछन् ।

पहिचानको मुद्धाको परिक्षण इलामको उपनिर्वाचनबाट भइरहेका बेला यसलाई रोक्न दलहरु नै पहिचानबदी उम्मेद्वार उठाउनेदेखि मुद्धा बोक्नेसम्मको भाषण गरिसकेकै छन् । जहा कांग्रेसले आफूलाई मध्यमार्गी र समाधानको सुत्र भनेको छ भने एमाले भोट घट्ने डरले मौनतामा छ । तर आफ्ना हरेक चुनावी अस्त्रहरु अघि सारेका डेकेन्द्र बैशाख १५ को उपनिर्वाचनमा इलामका जनताले पत्याएर मतदान गरे ठूला दलहरु पन्छिने मात्रै छैनन् कि विकल्पको हुंकार गरेको रास्वपालाई समेत ठूलो धक्का लाग्ने निश्चित छ । तर स्वतन्त्र अभियान र पहिचानको मुद्धा बोक्नेको एकता र बालेनको इलाम प्रवेशको पहल सम्मका घटनाले इलामको उपनिर्वाचनमा यसै हुन्छ भन्ने निक्र्यौल निकाल्न त्यति सहज छैन ।।