Breaking

ओली–माधव दुस्मनीको फेहरिस्त, पार्टी सकिदा पनि सच्चिएनन्, सधैँको भाडभैलो


काठमाडौँ – अहिलेको मिलन सरकार बनाउन मात्रै भएको एमालेको बुझाई र वाम ध्रुविकरण सम्मै एकीकृत समाजवादीको चाहना थियो । तर केही दिनमै समाजवादीले कांग्रेससँग मिल्न खोज्नु र एमालेले कांग्रेससँग मिल्नेसँग एकता हुन नसक्ने बताए । यी गतिविधिले माधव नेपाल र केपी ओलीको मन माझामाझ नभएको स्पष्ट संदेश दिन्छ । यीनै शैलीले कति सम्भव छ वाम ध्रुविकरण ?

नेपाली राजनीतिको हरेक कालखण्डमा ‘लभ एण्ड हेट सम्बन्ध’ बनाएका केपी शर्मा ओली र माधव नेपाल बरु सकिन तयार हुने तर मिल्न तयार छैनन् । एक अर्कालाई देख्दा मुख कुल्लाँ गर्ने अवस्थामा पुगेका उनीहरुलाई सत्ताको चास्नीले नयाँ सहकार्यको अवसर दिए पनि दुबैको हठले पूरा हुन सकेन । फलतः वामपन्थी दक्षिणपन्थी कसैलाई पनि नहेरी सत्ता पाए जता पनि जाने समाजवादीको अवसरवादी चरित्र र माधवमाथि बदलाभाव राख्ने आलीको निरंकुश शैलीले केहिदिनयता उनीहरुको सम्बन्ध एकदिन लभ त एकदिन हेटको अवस्थामा पुग्ने गरेको छ । पछिल्लो समय समीकरण निर्माणमा जता पनि समाजवादी नै निर्णायक रहेकाले ओलीले कोटेश्वरमै पुगेर माधवलाई भेटेनन् मात्रै कि मन माझामाझको नीकै ठूलो प्रयास समेत भएको थियो । तर, त्यस दिनदेखि माधवले बरु झलनाथलाई हरेक छलफल र बार्नेनिङमा पठाए । तर, न उनले बालकोट टेकेका छन् । न ओलीसँग छुट्टै भेटघाट नै गरेका छन् । हिजो एकीकृत समाजवादीले अहिलेको समीकरण मार्फत नै वाम ध्रुविकरणको प्रयास गर्दा सत्ताका लागि मात्रै बनेको समीकरण भन्दै पन्छिएको एमाले अहिले माधवका दक्षिणपन्धी अवसरवादी सोचले कम्युनिस्ट एक हुन नसक्ने बताइरहेको छ । एक पटक यी दुईको विगतका सम्बन्ध हेरौँ

पछिल्लो एक हप्तादेखि सुदूरपश्चिममा सरकार गठनको बिषयलाई लिएर माधवको अवसरवादी चरित्र उदांगो भइरहेको छ । एकीकृत समाजवादीले मुख्यमन्त्री पाउँदा पनि विगतको एक काण्डलाई देखाएर एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न अवरोध गरिरह्यो । केन्द्रले जे निर्देशन दिए पनि मान्ने अवस्थामा प्रदेशका सांसदहरु थिए । माधवले एकपटक ओलीलाई भेटेर आग्रह गर्दा मात्रै पनि सुल्झिने खालको समस्या थियो । तर माधवले ओलीसँग संवाद गर्नु आवश्यक ठानेनन् बरु कांग्रेससँग वैलल्पिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गराउन पुगे । यसले पनि गसे गसे एकैजाने भनेजस्तो आ–आफ्नै हठले यी दुई जीवनभर नमिल्ने सन्देश दिइरहेका छन् । यीनका यस्तै हर्कतले समाजवाद र जनताको बहुदलीय जनवादको यात्रा दुर्घटनामा उन्मुख छ।


माधव झन्डै १५ वर्ष एमालेको शक्तिशाली महासचिव हुँदा उनको पेलानमा ओली परेका थिए । मदन भण्डारीको निधन भएपछि माधव महासचिव बन्दा ओली पोलट्ब्युरो सदस्य थिए । त्यस बेला उनीहरुको दुस्मनी यतिसम्म थियो कि– एउटै जहाज समेत चढ्ने गरेका थिएनन् । शान्ति प्रकृयापछि राजाले कब्जा गरेको सदन फिर्ता गर्दा समेत तत्कालिन एमालेबाट माधवले ओलीको नाम समावेश नगराएपछि रिसाएका ओलीले गिरिजाप्रसाद कोइरालाकै सहयोगमा सदन पुगेका थिए । सातौं महाधिवेशनपछि उनीहरुको दुरी बढेर २०७७ को प्रतिनिधिसभा विघटनपछि घोर दुस्मनीमै पुुगेको थियो । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेपाल रौतहट र काठमाडौं दुबै क्षेत्रबाट पराजित हुनु र तेस्रो पार्टी बनेको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए । नवौं महाधिवेशनमा ओलीसँग माधव नै पराजित भएपछि अहिले विगतमा माधवले ओलीमाथि गरेको व्यवहारको बदला पाइरहेका छन् ।

अहिले यी दुई नेताहरुकै कटुतापूर्ण सम्बन्धले नै वाम ध्रुविकरणमा भाजो हाल्ने काम गरिरहेको छ भन्दा फरक पर्दैन् । यिनीहरुका कारण कम्युनिस्ट विचारधार कमजोर त भएकै छ देशमा अस्थिरता निम्त्याउने पात्रहरु समेत यीनै बनेका छन् । यही कारण डा. भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, रामकुमारी झाँक्री, गोकर्ण विष्ट लगायतको राजनीति जीवन ने स्वाहाः हुने अवस्थामा पुगेको छ भने प्रदीप नेपालजस्ता नेताहरुले पार्टी छाड्नुपर्ने र अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायत नेताहरु पार्टीपनि छाड्न नसक्ने र काम पनि गर्न नसक्ने अवस्थामा पुगेका छन् । यीनै कम्यनिष्टका साततिर फर्किएका मुख मिलाउन राजनीतिमा आउन पाउने÷नपाउने अनिश्चियका बिच विद्यादेवी भण्डारी लाग्न खोजिरहेका बेला मुखै हेर्न नसक्ने र अवसरवादी चरित्रले कम्युनिस्ट एकताको दाल गल्ने देखिदैन ।