Breaking

प्रधानमन्त्री बन्न ओली–प्रचण्डसँग निहुँ खोज्दै माधव, ओलीले फेरि झपारे, देउवा चालबाजीमा


अहिले सुदूरपश्चिम प्रदेशबाट एकीकृत समाजवादीले बिद्रोहको तयारी गरेपछि अर्को समीकरणको चित्र कोर्न थालिदैछ । माओवादी एमालेसँग मिल्दै देखि पूरक समीकरणको प्रयास गरेको कांग्रेस केही हौसिदा, समाजवादी अध्यक्ष माधव नेपालले भने प्रधनमन्त्री पाउनुपर्ने बार्गेनिङलाई बटमलाईन बनाएका छन् ।

माधव नेपालले पाएका हरेक भाग केपी शर्मा ओलीले खोस्न थालेपछि अपमानको भर्पाइ प्रदेशबाट सुरु भएको छ । सुदूरपश्चिममा आफैले मुख्यमन्त्री पाउँदा पनि नागरिक उन्मुक्तिलाई समर्थन गर्नुपर्दा समाजवादीले केन्द्रको गठबन्धन छाडेर ओलीभन्दा कमफर्टेबल कांग्रेसलाई साथ दिएको छ । उपर्विाचन देखि राष्ट्रिय सभाको उपाध्यक्षमा बढेको ओली–माधव दूरी, लुम्बिनी, बागमती र मधेशमा पनि विस्फोटको संकेत देखिदा एकीकृत समाजवादी भने नयाँ छलफलमा अघि बढेको छ । पार्टीका अधिकांस नेताहरुले संघ र प्रदेश सबैतिर कांग्रेससँग मिल्न अध्यक्ष माधव नेपालमाथि दबाब बढाएकाछन् ।तर दिदा नखाने राति कोल चाट्ने जस्तो, दिएको भागसमेत फुत्काउने समाजवादीको यो कदम ओलीलाई पटकै मन परेको छैन ।
सरकार बनाउँदा माधवको दैलोमा पुगेका ओली अहिले धोका पाएका माधवले नै लात्त हान्दा वमपन्थी एकता सम्भव नभएको देखि दक्षिणपन्थी अवसरवादको संज्ञा दिइरहेका छन् । एकीकृत समाजवादीतिरै संकेत गर्दै उनले कांग्रेसलाई भोट हाल्नेहरुसँग मिल्न नसकिने स्पष्ट सन्देश दिएका छन् ।

यी सबै घटनाक्रमले प्रधानमन्त्रीको कुर्सी धरमराएको स्पष्ट हुँदा फेरि नयाँ समीकरण र माधव नेपाल प्रधानमन्त्री बन्ने बिषयले चर्चा पाएको छ । राष्ट्रिय पार्टी नबनेकाले माधव प्रधानमन्त्री बन्न संविधान नै बाधक रहेको एकथरीको विश्लेषणका बिच अरु दलको समर्थनमा उनलाई प्रधानमन्त्री बन्न नछेक्ने तर्कहरु पनि छन् । यसबिचमा माओवादी एमालेसँग मिल्दा कांग्रेसले माधवलाई समेत प्रधानमन्त्रीको अफर गर्नु र पुरानो समीकरण अनुसार प्रचण्डपछि सत्ताको हकदार माधव नै भएकाले उनको सम्भावना भने टरेको छैन ।

अहिले कांग्रेसले माओवादी र एमाले बाहेकको समीकरण बनाउने प्रयास गरिरहेको छ । यसको सुरुवात सुदूरपश्चिमलाई लिन सकिन्छ । प्रचण्ड नेतृत्वको सरकार टिकाउन चिनिँया पक्षको सक्रियता बढ्दा एमाले–माअ‍ोवादी बाहेकको सरकार बनाउन भारतको जोडबल देखिन्छ । र यसका लागि प्रचण्ड पछिको भारतको विश्वास पात्र माधव नै भएकाले उनलाई मनाएर प्रचण्ड एक्ल्याउने रणनीति छ । सकभरसम्म यही सम्भावनाको प्रयोग गर्न कांग्रेस चाहिरहेको छ । त्यसमाथि माधवले पार्टी फोडेरै भएपछि बिगतमा कांग्रेसलाई साथ दिनु र कम्युनिस्ट फुटाउन महत्वपूर्ण योगदान गरेकाले कांग्रेसले माधवलाई प्रधानमन्त्रीमा स्वीकार्न सक्छ । उसो त प्रचण्डले समीकरण उलटपुलट नगरेको भए माधवलाई प्रधानमन्त्री दिन कांग्रेसले इमान्दारीता देखाउने निष्कर्षमा समाजवादी पुगेको छ ।

अब अंकगणितीय रुपमा माधवको प्रधानमन्त्री बन्ने सम्भावना हेरौँ । सत्तामा माओवादीले राप्रपालाई गरेको बाइकट लगायत कारण हेर्दा राप्रपा समेत गरी पूरक समीकरण बनाउँदा माधव नै निर्णायक हुनेछन् । कांग्रेसका ८८, राप्रपपा १४, एकीकृत समाजवादी १०, जनमत ६, लोसपा ४ र नागरिक उन्मुक्तिका ४ र जनता समाजवादीका ११ सांसद जोड्दा संख्या १३७ पुग्छ । जसपा अहिलेको सरकारमा भएकाले जेठ २१ पछिको पूरक समीकरणमा उसको पनि सहभागिता थियो । कांग्रेस सरकारमा गए जनमोर्चाको पनि समर्थन हुने गरेकाले सरकार बनाउन समस्या हुने छैन । उता माधव र जनता समाजवादी मात्रै छुट्टिए पनि प्रचण्ड अल्पमातमा पर्नेछन् । राष्ट्रिय सभा उपाध्यक्ष देखि बागमतीको मुख्यमन्त्री माधवले उधारोमा छाड्नुका पछाडी माधवको प्रधानमन्त्री बन्ने हुटहुटी कारक रहेको नेताहरु बताउँछन् । अहिले पनि आफूप्रधानमन्त्री बन्न पाउनु नै उनको मूख्य सर्त हो । जसमा ओली र प्रचण्ड सहमत नहुँदा देउवा सहजै मान्ने मनिस्थितिमा रहेको माधवनको बुझाई छ । यीनै खेल हेरेर विश्लेषकहरु पनि यो समीकरण धेरै नटिक्ने दाबी गर्छन् ।

संविधान सभाको पहिलो निर्वाचनपछि दुई ठाउँमा चुनाव हारेका माधवलाई माओवादी तह लाउनकै लागी गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री बनाएको नजीर समेत भएको नेपाली राजनीतिमा १० सिटलाई निर्णायक बनाउने मोडमा माधव पुगेका छन् । त्यो पनि माधवको प्रधानमन्त्री बन्ने र बार्गेनिङ बढाउने ठूलो जग हो । तर, ३२ सिटको प्रधानमन्त्री हुँदा त देशको अस्थीरताले शिखर छोएका बेला १० सिटे माधव प्रधानमन्त्री बनिहाले अवस्था के होला ? सोचनीय बिषय बनेको छ ।