Breaking

इलाममा २० को भिडन्त, कसको पल्ला भारी ?मनोनयनमा कसको देखियो माहोल ? केन्द्रीय नेता इलाममा (भिडियोसहित)


काठमाडौँ— चर्चाको केन्द्रमा रहेको इलाम २ मा उपनिर्वाचनको उम्मेद्वारी दर्ता सम्पन्न भएको छ । प्रतिष्ठा,विरासत र आफूलाई प्रमाणित गर्नुपर्ने आधार बनेको यो उपनिर्वाचनमा २० जना उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । त्यस्तै बझाङ प्रदेशसभातर्फको उपनिर्वाचमा १२ जना चुवानी भिडन्तमा उत्रिएका छन् । यी दुई क्षेत्रमा कुन पार्टीबाट को उम्मेद्वार बने त ?

इलाम– २ र बझाङ– १(१) मा वैशाख १५ गते हुने उपनिर्वाचनअन्तर्गत आज मनोनयन दर्ता सम्पन्न भएको छ । इलाम– २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ– १ (१) मा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपश्चात रिक्त हुनपुगेका दुबै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । जुन उपनिर्वाचनले संसदीय अंकगणितमा उलटफेर नहुने भएपनि यसलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय नै बनाएका छन् । मिनी जनमत संग्रहकै रुपमा व्याख्या गरिएको यो उपनिर्वाचनले दलहरुको वास्तविक शक्ति देखाउँने छ भने दलहरुका दाबी र मिसन ८४ सम्मका विषय तय गर्ने छ ।
यही कारण इलाम २ त राष्ट्रिय रुपमै चर्चाको केन्द्र बनेको छ । प्रतिस्पर्धाका लागि २० दलहरु दर्ता भएकायो क्षेत्रमा स्वतन्त्रसहित दलका दर्जन बढी उम्मेदवार चुनावी भिडन्तमा छन् । जसमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाँट मिलन लिम्बु, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई रहेका छन्। रास्वपाको उम्मेद्वारी दर्ताका लागि उपासभापति तथा श्रम मन्त्री डीपी अर्याल नै इलामपुग्दा बेहुला झै देखिएका सुहाङ बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे ।

त्यस्तै गठबन्धनबाट साझा उम्मेद्वार हुने आशामारहे पनि अन्तिममा पालो नपाएका एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालसमेत निर्वाचन क्षेत्रमा देखिए । यसरी हेर्दा सत्ता गठबन्धनबाटै तीन जना उम्मेद्वार चुनावी मैदानमा देखिँदाखनालले इलाममा आफ्नो पार्टीको उम्मेदवारले चुनाव जित्ने दाबी गरे । यता बझाङ– १(१) मा नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंह, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर दर्जीको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगर र नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टकोे उम्मेदवारी दर्ता भएको छ । २०५६ सम्म कांग्रेस बलियो रहेको बझाङमा त्यसपछि एमालेले प्रभुत्व जमाएको थियो । तर गएको निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन मिलेर एमालेलाई हराएको थियो।एमालेबाट दमन भण्डारीले उम्मेदवारी दिएको यो क्षेत्रमा कांग्रेसका उम्मेद्वार अभिषेकबहादुर सिंह यसअघिका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

प्रदेशतर्फको खासै चर्चा नभएपनि इलाममा दलहरुको आ–आफ्नै स्वार्थ छ । प्रदेशतर्फ रास्वपा प्रतिस्पर्धामा नभएपनि अघिल्लो वर्ष सम्पन्न तनहुँ र चितवन उपनिर्वाचनमा (रास्वपा) निर्वाचित भएपछि पुराना दल र नयाँ दल रास्वपाबीच यसपटक थप प्रतिष्ठाको लडाइँ चलिरहेको छ। जसको दृश्य इलाम २ मा देखिँदापहिचानवादीमा देखिएको भिडन्त,सत्ता गठबन्धनमै देखिएको प्रतिस्पर्धाले अपेक्षितभन्दा फरक नतिजा आउने सम्भावना पनि उत्तिकै छ ।