राजनीति

रास्वपाले इलाममा बजाउँला घण्टी ? यस्ता छन् जित्ने रविको रणनीति, हर्कले खेले अर्को खेल, सुहाङ भारी (भिडियोसहित)


काठमाडौँ— मिनि जनमत सर्वेक्षणका आधारकै रुपमा लिईदा इलाम २ को उपनिर्वाचनको राष्ट्रिय चर्चा छ । कसैलाई विरासत,कसैलाई आफूलाई प्रमाणित गर्नुपर्ने त कसैलाई अरुलाई देखाईदिने आधार बनेको यसको दौडमा दलहरु लागि सकेका छन् । जुन दौडमा देखिएको रास्वपाले इलाममा घण्टी बजाउला त ? आम चासो छ । आखिर के छ त रास्वपाको सवल र दुर्वल पक्ष ?

आगामी बैशाख १५ मा हुन लागेको इलाम २ को उपनिर्वाचनले दलहरुलाई झपक्कै छोप्दा दलहरु आ–आफ्नै दावी सहित मैदानमा छन् । नतिजा आफ्नो पक्षमा पार्न दलको विशेषता मात्र होइन, उम्मेदवार पनि महत्त्वपूर्ण हुने भएपछि त्यहि अनुसारको तयारीमा दलहरू छन् । कांग्रेसका लागि आफ्नो हैसियत प्रमाणित गर्नुपर्ने,एमालेका लागि लालकिल्ला जोगाउनुपर्ने तथा राष्ट्रिय स्वतन्त्र पार्टिका लागि नयाँमा आशा भएको प्रमाणित गर्ने आधार यो उपनिर्वाचन बनेको छ । जहाँ रास्वपाले जहाँ टेक्यो त्यहि जीत भन्ने विगतको भाष्यलाई कायम राख्ला ? बढि चासो यसैमा देखिन्छ । यता यसमा आउने नतिजाले नयाँ भाष्य नै निर्माण हुनसक्ने खतराकै कारण रास्वपा पनि बढि संवेनदशील देखिएको छ ।

यहि कारण पार्टी सचिवालय बैठकले १५ फागुनमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ को कमान्डर तोकेर पठाएको थियो भने ६ जना सांसद खटाएको थियो । उनीहरुले पहिचानवादी अनुहारको विकल्प नभएको निष्कर्ष निकाल्दा रास्वपाले मिलन लिम्बुलाई अघि सारेको छ । यसका पछि लिम्बूको थर मात्र नहेरेर उनको पृष्ठभूमिलाई समेत आधार बनाएको छ । कट्टर पहिचानवादी लिम्बू डेढ दशकदेखि पत्रकारितामा क्रियाशील थिए । इलामकै माङ्सेबुङ गाउँपालिकाका बासिन्दा उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको महासचिव हुन भने केहिअघिसम्म नेकपा (माओवादी)केन्द्र निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालको सचिव थिए । आफूलाई अकवरे उम्मेदवार भन्ने उनीपछि रहेको युवा र पहिचानवादीको छवी,राजनीति बुझेको र भूगोलसंग भिजेको पात्रको भाष्यलाई भजाउने बाटोमा रास्वपा छ ।

हुन त रास्वपालाई आशाको भोट पाउँदै आएको विगतकै उदाहरण दोहोरिने आशा पनि छ । त्यस्तै पार्टि सरकारमा रहेको फाईदा लिनसक्ने अवसर रहँदा सभापति रवी लामिछाने गृहमन्त्री भएर सुरक्षा निकाय चलाउनसक्ने फाईदामा रास्वपा छ । जसले सूचना र निर्वाचनको धरातल थाहा हुने तथा मनोवैज्ञानिक दावी राख्न सकिने फाईदामा रास्वपा रहने छ । तर गत निर्वाचनमा १३ सय ६३ मतमा चित्त बुझाएको उसलाई ३० हजार २० मतसंग देखिएको मतान्तर पुर्न कम चुनौती छैन । अर्थात विजयका लागि परस्पर प्रतिस्पर्धी नेकपा एमाले र नेपाली कांग्रेसको तल्लो तहसम्मको मजबुत संगठनसंग पौठेजोरी खेल्नुपर्ने रास्वपालाई गाली गरेकै भरमा यो मतान्तर भेट्नु फलामको च्युरा चपाउनु सरह छ ।

त्यस्तै अब पहिचान र संघियताको मुद्धा रास्वपाले बोक्ने कि मिलनले त्याग्ने अर्को वहस हुँदा जनजातीमा अनुहारमै देखिएको भिडन्तले अर्को चुनौती थपिदिएको छ । एकातीर बझाङ प्रदेशसभामा उम्मेद्वार नउठाउने अर्कोतीर रास्वपाले संघियता मान्ने बताएको मिलनको बोलीमै प्रश्न उठ्दा यसअघिका उनका अभिव्यक्ति पनि भारी पर्ने देखिन्छ । त्यस्तै विगतमा मन्त्रीको झण्डावाल गाडीमा गएर भोट माग्न लाज लाग्दैन भन्दै चर्को वोल्ने रविलाई ईलाम गईरहन पनि नैतिक रुपमा सहज छैन । जसको प्रभाव समेत मतमा पर्ने देखिदाँ धरान उपहानगरका मेयर हर्क साम्पाङ जस्ता पात्रसंग बढेको दूरीले समेत अर्को संकट उब्जाईदिएको छ ।

निर्वाचनको दृश्य हेर्दा विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा ्रमुख राजनीतिक दल तालमेल गर्दै चुनावमा होमिएका थिए । तर यो पटक उनीहरु आआफ्नै शक्ति परीक्षणमा लाग्दा कुन पार्टीको वास्तविक हैसिषत कति हो र धरातलीय यथार्थ कस्तो छ यसले प्रष्ट पार्ने छ । फलत : हार्ने छुट नभएको बुझाईमा सबै दल रहँदा रास्वपाले हारे नयाँ भनेर पुरानैसंग लटपटिएको वेवाईदासम्म यसको व्याख्या जोडिने छ । त्यस्तै उसको मिसन ८४ मा समेत यसले प्रश्न उठाँउदा चर्को वोल्न जति गर्न सजिलो नभएको एकपटक फेरि प्रमाणित नहोला भन्न सकिदैन् ।