Breaking

ओली–प्रचण्ड भागबन्डामै लफडा, देउवा मिसिए, मुख्यमन्त्री खोज्दै जनार्दनको धम्की, कहाँ पर्‍यो गाँठो ?(भिडियोसहित)


काठमाडौँ— केन्द्रमा सहज रुपमा भागबण्डा टुंग्याएको सत्ता गठबन्धनले प्रदेशमा भने अझै भागबण्डा छिनोफाने गर्न सकेको छैन । उपनिर्वाचन र प्रदेश भागबण्डाको विषयमा एक मत कायम गर्न नसकेको गठबन्धनको पेचिलो समस्या बन्दै जाँदा गठबन्धनको भविष्यमा नै सङ्कट पैदा हुने देखिएको छ ।

साझा धारणा बनाएर अघि बढ्ने भन्दै गठन भएको सत्ता गठबन्धनभित्र भागबण्डाको विषय पेचिलो बनेको छ । कम्तीमा कम्युनिस्टहरू मात्रै भए पनि एक ढिक्का हुने सङ्कल्प गरेता पनि नजिकिँदै गरेको उपनिर्वाचन र प्रदेशमा बत्रे सरकारको नेतृत्व कसले गर्ने भत्रे विषयले महिना दिन पनि नपुग्दै सत्ता गठबन्धन दलहरूबीचको छटपटी सतहमा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा एक्लै भिड्ने घोषणा पहिल्यैदेखि गर्दै आएको थियो । केन्द्रमा पाउने भागबण्डा पाइसकेको र प्रदेशमा सामेल नै नभएको रास्वपाले यसबाट आफूलाई अछुतो राखेको छ ।

बाँकी दलहरू भने उपनिर्वाचनमा उम्मेदवारदेखि मुख्यतः प्रदेशको नेतृत्वका लागि दौडधुप गरिरहेका छन् । सात प्रदेशमध्ये कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा पुरानै समीकरणबाट बनेको नेपाली कांग्रेसका मुख्यमन्त्रीहरू छन् भने, नेकपा माओवादी केन्द्रले बाग्मती र कर्णालीको सत्ता चलाइरहेको छ । त्यस्तै बाँकी रहेको मधेशमा जनता समाजवादी पार्टीको नेतृत्व छ । जसमा जसपाले यसपटक पनि आफ्नो दाबी छोडेको छैन । बाग्मती र कर्णालीमा भएको आफ्नो नेतृत्वलाई कायम नै राख्ने र थप लुम्बिनीमा पनि माओवादीले नै नेतृत्व पाउनु पर्ने उसको दाबी छ । जनार्दन शर्माले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कर्णाली प्रदेश छोड्न नहुने बताउँदै आएका छन् । त्यतिमात्रै होइन कर्णालीलाई आफ्नै भागमा पार्न सिंगो कर्णालीमा राजनीति गर्ने टोली नै राजधानी धाइरहेको छ ।

त्यस्तै कोशी नै सर्वप्रिय बनेको एमालेको गण्डकी र माओवादीले छोड्दै नछोड्ने कर्णालीमा मन गएको छ । यता, एमालेका महासचिव शङ्कर पोखरेलले माओवादीले नै दाबी गरेको लुम्बिनीमा पनि आँखा गाडिरहेका छन् । केन्द्रको भागबण्डामा सहजीकरण गर्दै ठूला मालदार मन्त्रालय अन्य दललाई सुम्पिएको एमालेले आफूले रोजेकै प्रदेश पाउनु पर्ने लाइनमा छ । कोशी प्रदेश हत्याउनलाई कानुनी छिद्रा केलाइरहेको एमाले र माओवादीको रोजाईंमा एउटै पर्दा प्रदेशमा हलो अड्किने हो कि भत्रे शङ्का गर्ने ठाउँ दिएको छ ।

कसैले पनि आँखा नलगाएको सुदूरपश्चिमको नेतृत्व गर्न प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिसकेका छन् । एमाले र माओवादीको रोजाईंको प्रदेश एउटै छ । तर, दुई पार्टीको दाबी नै छ वटा प्रदेशमा र मधेशमा जसपा पछि नहट्ने अवस्था रहेको हुँदा माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीको हात यसपटक पनि खाली हुने देखिन्छ । त्यसैले एक ढिक्का भएर अघि बढ्ने भनेको गठबन्धनमा २५ दिनको अवधि हुँदै गर्दा कुरा बाझिसकेको छ ।

यता, कांग्रेस गण्डकी, बाग्मती र सुदूरपश्चिममा साना दललाई मिलाएर आफ्नै सरकार बनाउने तरखरमा छ । गण्डकीमा नेपाल समाजवादी पार्टीका सांसदलाई आफ्नो पक्षमा पारिसकेको कांग्रेसले दीपक मनाङ्गेलाई पनि फकाउँदै छ । बाग्मतीमा हामी नेपाली पार्टीका सांसदलाई लोभ्याई रहेको छ भने सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको सहयोग खोजिरहेको छ । साना दललाई लिएर आफ्नै पार्टीबाट मुख्यमन्त्री बनाउने कसरतमा रहेको कांग्रेस प्रदेशको भागबण्डा नमिल्दा वा यसले निकास नपाउँदा गठबन्धन आफैँ फुट्ने दाबी गरिरहेको छ ।

एमाले र एकीकृत समाजवादीले उपनिर्वाचनमा एक्लाएक्लै लड्ने संकेत गरिसकेको छ । माओवादी पनि आफ्नो उम्मेदवारको खोजीमा नै छ । उपनिर्वाचनको उम्मेदवारको विषयमा पनि गठबन्धनले एक मत कायम गर्न सकेको छैन । त्रिपक्षीय माया बसेको गठबन्धनभित्र उपनिर्वाचन र प्रदेशलाई लिएर सकस पर्दा भागबण्डाकै कारण यी मुद्दा पेचिलो बनेको छ ।