Breaking

पाकिस्तानमा छोराले बाउलाई बनाए राष्ट्रपति, इमरानको ठूलो दल सडक संघर्षमा


काठमाडौँ – पाकिस्तान पिपुल्स पार्टीका सह–अध्यक्ष आसिफ अली जरदारी राष्ट्रपति निर्वाचित भएका छन् । निर्वाचनमा दुवै सदनमा बहुमत प्राप्त गर्दै जरदारी १४ औँ राष्ट्रपतिको रूपमा निर्वाचित भएका हुन् । जरदारीले राष्ट्रपतिको चुनावमा अत्यधिक बहुमत पाएका हुन् ।
पाकिस्तानले नयाँ राष्ट्रपति पाएको छ । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा आसिफ अली जरदारी निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारी दोस्रो पटक पाकिस्तानको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति भएका थिए । निर्वाचन आयोगका अनुसार जरदारीले ४११ मत ल्याएर निर्वाचित भएका हुन् । जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले १८१ मत प्राप्त गरेका छन् । आसिफ अली जरदारी पाकिस्तान पिपुल्स पार्टीका सह–अध्यक्ष हुन् । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित भए । नवाजको पार्टी पीएमएल–एन र बिलावल भुट्टोको पार्टी पीपीपीले मिलेर आसिफ अली जरदारीलाई उम्मेदवार बनाएका थिए ।
इमरान समर्थक एसआईसी पार्टीले महमूद खान अचकजाईलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । जरदारीले आफ्नो पार्टी पीपीपीसहित नवाजको पार्टी पीएमएल–एन र ३ अन्य पार्टी एमक्यूएम–पी, बीएपी, आईपीपीको समर्थन पाएका थिए । मौलाना फजल–उर–रहमानको पार्टीले आम निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै संसदसँग सम्बन्धित सबै निर्वाचन बहिष्कार गरेकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिएन । पूर्वराष्ट्रपति जरदारी देशको पहिलो महिला प्रधानमन्त्री बेनजिर भुट्टोका पति र पीपीपीका अध्यक्ष बिलावल भुट्टोका पिता हुन् । जरदारी भ्रष्टाचार, बैंक घोटाला, अपहरण र हत्याको आरोपमा करिब साढे आठ वर्ष जेल बसेका थिए । बेनजिरले आफ्नो राजनीतिक इच्छामा जरदारीलाई पार्टीको नेताको रूपमा आफ्नो उत्तराधिकारी बनाएकी थिइन् । सन् २००७ मा भुट्टोको हत्या पछि, नवाजको पार्टीले पीएमएल–एनसँग गठबन्धनमा चुनाव लड्यो र जनरल परवेज मुसर्रफलाई सत्ताबाट हटायो ।


दक्षिण एसियाली मुलुकमध्ये पाकिस्तानमा राजनीतिक संकट धेरै नै आउने गर्छन् । चुनावी ¥यालीमा सहभागी हुने क्रममा बेनजिर भुट्टोमाथि गोली प्रहार भएको थियो । लगत्तै आत्मघाती आक्रमणकारीले जीउमा बाधिँएको बम विस्फोट गराएका थिए । हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति थिए । उनीमाथि भुट्टोको हत्या आरोप लागेको थियो । त्यसो त पाकिस्तानमा त्यहाँको सेना राजनीतिक मामिलाको एक प्रमुख खेलाडी हो । सेनाले चाहे केहीबेरमै सरकार ढाल्ने क्षमता राख्छ । सन् १९४७ देखि तीन दशकभन्दा बढी समयसम्म प्रत्यक्षरूपमा शासन गरेको अनुभव सेनासँग छ ।
पाकिस्तानमा सेनाको सहयोगमा सरकार बने पनि यसले भने स्थिरता अहिलेसम्म पाउन सकेको छैन । जुनै सरकार आए पनि पाकिस्तानका जनतालाई राजनीतिक संकट भन्दा पनि चर्काे मूल्य वृद्धि र बेरोजगारीले दैनिकी चलाउनै मुस्किल परिरहेको हुन्छ । विद्यमान राजनीतिक संकटले आर्थिक संकट झनै गहिरिन सक्ने देखिएको छ ।