Breaking

प्रचण्डलाई ओलीमाथि नै शंका, फेरि होटलमा दुई घण्टा भेट, माधव–ओली मिलाउँदै प्रचण्ड तह लाउने देउवा चाल


काठमाडौँ – बाचुन्जेल उथलपुथल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को रहरले बनेको नयाँ समीकरण निर्माणसँगै आयूमा पनि प्रश्न उठेको छ । यसलाई कायम राख्ने र फुटाउने भिडन्तमा दलहरु लागि पर्दा कांग्रेस सभापति शेरबहादुर देउवा वारपार कै रणनीतिमा छन् । यता विकल्पविहीन प्रचण्डलाई कज्याउने यही मौका भएको बुझेका एमाले अध्यक्ष केपी शर्मा ओलीपनि कम्तिमा पूर्व एमाले एक बनाउँने ध्याउन्नमा देखिन्छन् ।

यतिको मान्छेलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन हामीलाई कुनै आपत्ति छैन भन्दै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँध थपथपाएपछि कांग्रेसकाकृष्णप्रसाद सिटौला पुलकित थिए । हुन पनि माओवादीलाई शान्तिप्रक्रियामार्फत लोकतान्त्रिक पद्धतीमा सामेल गराएका उनी कांग्रेस र माओवादीका साझा व्यक्ति नै हुन् । तर प्रचण्डले उथलपुथल ल्याइदिएपछि समीकरण परिवर्तन भयो र आफ्नो पार्टी कांग्रेससंगै सिटौला पनि भित्तामा पुगेका छन् । मार्मिक सुनिएका उनी अहिले प्रचण्डलाई भन्दैछन्– ‘यो धोकाधडी सजिलै जान्छ नभन्ठान्नु होला’। उता यो गठबन्धनमा बल्ल धोका भएको महसुस गरेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि आफूलाई अस्थिर संसदको चतुर खेलाडी प्रमाणित गर्न लागि परेका छन् । फलतः कहिले एमाले अध्यक्ष केपी शर्मा ओली फकाउने कहिले वैकल्पिक गठबन्धनको तयारी गर्ने उनले प्रचण्डलाई धोकाधडीको स्वाद चखाउने अठोट नै लिएका छन् । उनी यति चिढिएका छन् कि सबैलाई विश्वासको मत माग्ने औपचारिकताका लागिसमेत प्रचण्डलाई भेट दिएका छ्रैनन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने देखि संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकमासमेत भाजो हाल्ने काम कांग्रेसले गरिरहेको छ । यहिबीच अहिलेको मोडेल प्रचण्डलाई सदनदेखि सिटौलासम्मकै बलमा नैतिक दवावमा राखेर राष्ट्रिय सभाको अध्यक्ष हत्याउने दाउमा देखिएको छ । विगतमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने प्रयासमा गरिएको अस्त्रकै पुनरावृत्तीका रुपमा यसलाई अघि सारेको कांग्रेसले नैतिकताको भारी बोकाउन ओलीसमेत फकाएको छ। जबकि यसको तार गठबन्धनमा अविश्वाससम्म पुग्ने आशामा देउवा देखिन्छन् । जसका लागि आफँैले पाएको भाग दिएको हो त भन्ने बहानासमेत प्रचण्डसँग हुँदा यसमा सफल हुन भने कांग्रेसलाई त्यति सहज देखिँदैन ।

मुख्य कुरा त गठबन्धन फेरिएपनि उही अनुहार दोहोरिएपछि सरकारमा जान नपाएर भड्किएकाहरु अझ असन्तुष्ट बनेका छन् । जसमाथि संसदीय दलको बैठकमै माओवादी सांसदहरुले प्रश्न उठाउँदा समान विचार भएकाहरुको गठबन्धन भन्ने शब्दले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पोल्न थालिसकेको छ । प्रदेशमै पनि कोशी, गण्डकी र सुदूरपश्चिमा समस्या देखिँदा यही तानातानले केही पार्टी फुट्नेसम्मै स्थितिमा देखिएका छन् । त्यस्तै यो पल्ट इज्जतकै विषय बनाएर देउवाको विमुखताले ठूलो पीडामा रहेका प्रचण्डलाई ओलीले घेराबन्दी गर्न सफल भएका हुन् । जुन वृहत वाम एकताको आधार बन्दा फुटले व्यहोरेको क्षति न्यूनीकरणका लागि ओलीको अस्त्रका रुपमा हेरिँदा गठबन्धन नै फुटाउनका लागि अरुले छोडेको मन्त्रायल लिएको दृश्यले नै पुष्टि गरेको छ । फलतः गठबन्धनभित्रै मिनी गठबन्धन बनाएर माओवादी खेलाइरहेका ओली अहिले बालुवाटार जानै इन्कार गरिहेको र कांग्रेससँग पनि नजिकिएको अर्को दृश्यले शंकाको वातावरण सिर्जना गरेको छ । जुन बुझेको कांग्रेसले पनि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन सकिने अर्को अस्त्र फाल्न थालेको छ ।

हुन त तत्काल नयाँ समीकरणको पहल गर्न एमालेलाई थोरै नैतिकताको लाज छ । तर वरीयताले चौथो नम्बरमा रहेका उपेन्द्र यादवको मनको तुष, शहिद र सुनले वर्षमान पुन र रवि लामिछानेजस्ता माथि चर्को बनेको प्रश्नले अर्को संकट निम्ताउने आधार तय गरेको छ । जहाँ दक्षिणको शक्तिको बढ्दो सक्रियतासमेत संयोगका रुपमा मात्र हेर्न सकिने अवस्था छैन । जसलाई कम गर्न निरन्तर जस्तो राजदूत भेट गर्ने र विश्वास जित्ने रणनीतिमा प्रचण्ड देखिएका छन् । तर एमाले एक बनाउने र माओवादीलाई भित्तामा पुर्याउने उद्देश्य एमाले र कांग्रेसको साझा बने माओवादी कहाँ पुग्छ यही प्रश्नमा धेरै कुरा अडिएको छ ।