Breaking

गठबन्धनमा तरंग, फेरि प्रचण्डलाई ओलीकै डर, रविमाथि पम्फाको प्रश्न, ओली मिलाउने जिम्मा गगन–शेखरलाई (भिडियोसहित)


काठमाडौँ— गठबन्धन निर्माणको एक हप्ता नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयमले रिस्क महसुस गर्दा प्रश्न उठ्न थालेका छन् । जुन प्रश्न सत्तासहचारीकै मुखबाट सुनिदा प्रतिपक्षी त यसैपनि यसैको आशामा देखिन्छन् । गठबन्धनको ठूलो दल नै मौन देखिँदा समीकरण निर्माणकै दिनबाट आयूको प्रश्न किन उठिरहेको छ त ?

६ ओटा कारण देखाँउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तय गरेको यात्राले बनेको गठबन्धनको भविष्यमाथि प्रश्न बढ्दो छ । विरक्तिएका शेरबहादुर देउवाले धोका भन्दै फाइनल युद्ध छेड्दा स्वयम प्रचण्डसमेत यसमा विश्वस्त छैनन् । फलतः रिस्क छ भन्ने आफूलाई थाहा भएको बताएका उनी साना दलहरुलाई समेट्ने बाटोमा अग्रसर छन् ।संसदीय अंकगणितका हिसाबले प्रचण्ड सुविधाजनक अवस्थामा छन्। एमालेका ७६, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० गरी १५१ जना सांसद गठबन्धनसँग छन्।

तर, विश्वासको मत पाउनेमै उनी शंशकित रहेको संकेत उनले संसदबाटै गरिसकेका छन् । औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार, राष्ट्र निर्माणमा लाग्ने?दुई विकल्प मध्ये दोश्रो छानेको बताएका उनले त्यो जोखिमपूर्ण रहेको स्वीकारेका थिए । त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका बताएका प्रचण्डले यो कति परिणाममुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने आफ्नोविश्वास रहेको बताएका थिए । जहाँ बचनको पक्का देउवाले नै धोका मानेको प्रति डरकै रुपमा देखिँदा आफूले दिएका गठबन्धन फुटाउने कारणसमेत बलियो नभएकोमा उनी जानकार छन् ।

हुन त केही माओवादी नेताहरु कांग्रेससँग पुनः समीकरण हुने भन्दै अस्त्र फालिरहँदा हालको संसदीय अंकगणितले आफू एकमात्र विकल्प भएको विश्वास माओवादीमा देखिन्छ । त्यस्तै यो वृहत्तर वाम एकताको आधारले समेत यो स्वभाविक गठबन्धन बन्ने पक्का हुँदा उनीहरुले राजावादीलाई साइट लगाइदिएका छन् । तर समीकरणको ठूलो दल एमालेले नै छोडेको भाग मात्रै पाउनुमा अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै नयाँ समीकरण पछिको पहिलो संसदमा एमाले अध्यक्ष केपी शर्मा ओली नै नबोल्नु,माधवकुमार नेपालले मेटमणी चौधरीमै टार्नु र कांग्रेसको गालीको प्रतिरक्षा गर्ने कोही नहुनुले प्रचण्ड शंशकित बनेका थिए । यहीबीचमा चौधरीले त आफ्नो पार्टीले हतारो गरेको टिप्पणी गरेका छन् । प्रचण्डको सधैँ गुणगान गर्ने आफ्ना नेता माधवकुमार नेपालले नै थाहा नपाउने गरी मध्यरातमा नछोड्नु भन्दै उनले व्यङ्ग नै गर्न भ्याएका थिए ।

यता देउवा देशीविदेशी हावासमेत चलेको पत्तै नपाई फेरिएको समीकरणले चक्मा खाएका छन् । यहि कारण वैकल्पिक धारको निर्माण र एमालेलाई नैफकाउने दोहोरो बाटोमा हिँडेका उनले मधेशवादी दललाई फकाइरहेका छन् । जहाँ नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले त बिहीबार अबेरसम्म भएको छलफलमा सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको खुलासा गरेका छन् । त्यस्तै कम्युनिस्ट एकताको बहसभित्र सत्ताको सुत्रधार बनेर पसेका रवि लामिछाने हासको बथानमा बकुल्ला भइरहेका छन् । उता उपनिर्वाचनका लागि इलाम खटिएकाले पहिचानवादीको भोट तान्ने उम्मेद्वार चाहिनेमा रास्वपा पक्का छ । जहाँ कम्युनिस्ट झलनाथ खनाल अघि बढाउने खेलमा रहदाँ सुहाङ नेम्बाङलाई पनि अघि सार्नसक्ने अवस्थामा रास्वपा छ । कम्युनिस्टकै उत्तराधिकारीलाई कम्युनिस्टविरुद्ध रास्वपाले भिडाउन खोजे यहीमित्रवत सम्बन्धमा प्रतिस्पर्धाले गठबन्धनमामतभेदको सुरुवात हुनेछ । अहिले नै पनि रविजस्ता विवादितलाई अंकगणितकै कारण बोक्नु परेको माओवादी नेताहरुले बताउँन थालेका छन् ।

मुख्य कुरा त प्रचण्डलाई तह नलगाउन्जेल आफूहरुलाई नै तह लगाउनेमा देउवा–ओली पुगिसकेका छन् । मात्र एक अर्काको अविश्वासका कारण अघि बढी हाल्न नसकेका उनीहरुबीच मिलनविन्दुको मात्रै अभाव छ । जुन संविधान संशोधन नै भएकोमासमेत उनीहरु पुगिसकेका छन् । त्यही बाटोसम्मको तयारीमा दुई शक्ति लाग्ने पक्का छ । यता टीआरसी र संविधान संशोधनमा ठूला दल एक ठाँउमा उभिनुको विकल्प छैन । तर कांग्रेसको अड्कोले प्रचण्डले मुख्य प्राथमिकता मानेको टीआरसीसँग सम्बन्धित विधेयक नै पास नभए उनीमाथि अर्को प्रश्न उठ्ने छ । जसले प्रचण्डले रिस्क लिएको समीकरण बन्दाबन्दै भविष्यमाथि नै प्रश्न छ ।