Breaking

सत्ताका नायक प्रचण्ड, जताततै चतु¥याइँ, ओली–देउवा छान्न दोधार, फेरिएला समीकरण ?


काठमाडौँ – सत्ता गठबन्धनको धरालत ढलपल हुन थालेको चर्चाकाबीच यसलाई फुटाउने र जोगाउने दुवैको दौडधुप छ । पालो आउन लागेका शेरबहादुर देउवा कुनै हालतमा प्रधानमन्त्री प्रचण्ड फकाउन लाग्दा प्रचण्डकै ढल्काई भने एमालेतिर बढी भएको त हैन ? भन्ने शंकामा कांग्रेस देखिन्छ । यसले दोहोरो तानातानमा परेका प्रचण्ड चाहिँ के चाहन्छन् त ? उनले दिएको सन्देश के हो ?

पछिल्लो केही समयदेखि सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसको पेलानमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनः शक्तिको केन्द्र बनेका छन् । एमालेतिरप्रचण्डको झुकाई बढ्दै जाँदा कांग्रेसको सातो उड्नुका साथै सभापति शेरबहादुर देउवाको निद्रा हराम भएको छ । फलतः कांग्रेस महासमितिमा गठबन्धनसम्बन्धी बेमौसमी प्रस्ताव आएको स्वीकारेका देउवा, प्रचण्डका अघि नरम बनेका छन् । यता एमाले पनि यही बेलाको फाइदा उठाउने दाउमा रहँदा गठबन्धनको आन्तरिक शक्ति सन्तुलनका लागि आफू प्रयोग भइरहेको स्वयम् एमालेकै नेताहरु बताइरहेका छन् । यसले दुबैतिरको तानातानमा रहेका प्रचण्डत्यही शक्तिमा खेल्न लागी परेको बुझ्न गाह्रो छैन । तर विगतबाटै अस्थिर रहेका तथा पूर्वानुमान भन्दा फरक काम गर्ने प्रचण्डको स्वभावले पनि कांग्रेस–एमाले दुवै शंशकित छन् । अर्थात प्रचण्ड बोक्दिन भन्ने एमालेले नै प्रधानमन्त्री बनाएको विगतले एमाले नेताहरुको बोलीको विश्वास कांग्रेसले गर्न सकिरहेको छैन । उता बाहिर गाली गरेपनि दाउ लागि हाल्छ कि भन्ने आशामा एमाले नेताहरु पनि छन् । यता देउवा त यति नरम बनेका छन् कि मन्त्री फेरबदलमाआलाटाल गरिरहेका उनी त्यसका लागि समेत सकारात्मक भएका छन् । अर्थात प्रचण्डको दबाबमा परेका देउवाले मन्त्रीका लागि गुटमार्फत नामै मागेका छन् । जहाँ दुवै पार्टीलाई तौलिरहेका प्रचण्डले पनि वान टु वान वार्ता गरिरहेका छन् । समाजवादी मोर्चाको नेतृत्व गरिहेका नेत्रविक्रम चन्द विप्लव र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई वाम धुव्रीकरणका लागि प्रचण्डले नै प्रयोग गरिरहेका छन् । यो उनको दोहोरो रणनीतिकै अस्त्र बन्दा देउवा गृहसँग अर्थ साटेर भागबन्डा मिलाउनसम्म तयार भएका छन् । जुन गठबन्धन टुटाउने खेलमा बाधक बन्ने देखेपछिएमाले अध्यक्ष ओली भने माओवादी छोडेर कांग्रेसमाथि खनिन थालेका छन् ।

यही अवस्थाले कांग्रेसको महासमितिसम्मै खुट्टो घुमाएका प्रचण्ड देउवालाई कांग्रेसको भन्दा गठबन्धनको सभापति बनाउने रणनीतिमा सफल छन् । जसलाई बोलाएको समय भन्दै अघि बालुवाटार पुग्ने देउवाको छटपटीले बल पुर्याउँदा यो भेट द्वन्द्वकालीन मुद्दाका लागि सहमति गराउने पहल भएको बहाना प्रचण्डले देखाइरहेका छन् । अझ गज्जब त तत्काल मन्त्रीहरुको नाम मागेपनि उनी त्यसलाई राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनपछि धकेल्न तत्पर रहेको बुझ्न कठिन छैन ।

जसले राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेद्वारलाई एमाले र कांग्रेसकै मत दिने अवस्था रहँदा त्यसले आफ्ना उम्मेद्वार राष्ट्रिय सहमतिको उपज भएको सन्देश दिने प्रचण्डको बुझाई हुनसक्छ । नत्र त्यसपछि कित्ता क्लियर गर्दासमेत घाटा नहुने अवस्थामा रहेका उनले यो सन्तुलनको खेल खेलिरहेका छन् । यता भरतपुरमै आफ्नी छोरा मार्फत पूर्वप्रधानमन्त्री एक ठाँउमा उतारेर नयाँ सन्देश दिइसकेका उनी राष्ट्रिय राजनीतिको मियो आफू रहेको प्रमाणित गर्नसमेत लागी परेका छन् । एकबिन्दुमा पुगेर यो सबै कायम नरहने पक्का हुँदा राजनीतिक विश्लेषकहरु भने यसलाई प्रचण्डको चतु¥याइँ मान्छन् ।

प्रचण्डको यही अस्पष्ट अवस्थाले बाहिर गाली र भित्र दलाली गर्ने बाटोमा एमाले नेताहरु छन् । यता कांग्रेस पनि माया मारिहाल्न सक्ने अवस्थामा छैनन् । जुन द्वन्द्वकालीन मुद्धालाई निष्कर्षमा पुर्याउने उनको कदमका लागिसमेत सहयोगी सिद्ध हुने छ । जसको संकेत अहिले नै देखिन थालिसकेको छ । यद्यपि मन्त्री फेर्न नदिँदा त यतिसम्म गर्नेले पालो हस्तान्तरणगर्ने बेलामा उनले के गर्लान्?कांग्रेसमा प्रश्न छ । त्यस्तै प्रयोग हुने डर एमालेमा पनि रहँदा दुवै पार्टीको तानातान नसकिँदै प्रचण्डले आफ्नो दुनो भने सोझाइसक्ने छन् ।