Breaking

इलाममा घण्टीको दाउ, होमियो रास्वपा, प्रदेश बहिस्कार, उम्मेदवार रमेश प्रसाईं कि अनिल केशरी ?


काठमाडौँ – गएको निर्वाचनमा ३ मध्ये २ सीट हात पारेको रास्वपा इलामलाई आफ्नो प्रतिष्ठाकै विषय बनाएर होमिएको छ । उसले मत सर्वेक्षण गर्नेदेखि सह–ममहान्त्रीको नेतृत्वमा टोली इलाम पठाइसकेको छ । ठूला दलले उम्मेदवार छनोटलाई त्यति रस्साकस्सीको रुपमा नलिए पनि रास्वपामा भने उम्मेदवार बन्न दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् ।।

सत्तारुढ गठबन्धन मन्त्री फेरबदल र राष्ट्रियसभा अध्यक्षको हानाथापमा लागिरहेको र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सत्ता समीकरण फेबदलसँगै सरकार ढाल्न लागिपरेका बेला सदनको चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने बैशाख १५ को उपनिर्वाचनमा होमिएको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेसँगै रास्वपाले भने निर्वाचनको तयारीसँगै आफ्ना नेता तथा सांसदलाई इलाम २ मा परिचालन गरिसकेको छ । शुक्रवार राती नै इलाम पुगेका ६ सांसदलाई ६ वटै पालीकाको कार्यविभाजन तोकिएको छ । जहाँ ६ जना सांसद सोभिता गौतम, अशिम शाह, अशोक चौधरी, हरि ढकाल, गणेश पराजुली र मनिष झालाई खटाइएको छ भने चुनावी कमाण्डरको रुपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी इलाममै व्यस्त छन् ।

सत्ता र शक्तिमा नभएको यो समय रास्पवाले शक्ति संचय संगठन सुधारका लागि मात्रै उपनिर्वाचनलाई हेरेको छैन् की हालकै गठबन्धन र एमालेसँग प्रतिष्पर्धा गर्नुपर्ने निष्कर्ष समेत रास्वपाले निकालेको छ । आखिर उम्मेदवारको टुंगो नलागीकन दर्जनौं आकांक्षीकाबीच रास्पवा उप निर्वाचनको पूर्व सन्ध्यामा इलामी जनताको मनोभावना बुझेर मात्रै उम्मेदवारको टुंगो लगाउने अहिले चर्चा भए जस्तो रमेश प्रसाई र अनिल केशरी शाह भन्दा फरक व्यक्ति पनि उम्मेदवार बन्न सक्नेरास्वपा दाबी गर्छ ।

दर्जनौ आंकाक्षीकाबिच रास्वपाबाट सहप्रवक्ता रमेश प्रसाई अघि सरेका छन् भने सहकारी प्रकरणबाट सभापति रवि लामिछानेसँग झनै निकट रहेका पूर्व बैकंर अनिलकेशरी शाह पनि सदन छिर्न जोखाना हेरिरहेकाछन् । पार्टीबाट आकांक्षीहरुको लर्को लागेपछि सभापति लामिछानेले भने अहिले चुनावको तयारी गर्ने र जित्ने पात्र नै रास्वपाले छान्ने तर्क गरिरहेका छन् । यद्दपी पूर्वको मत सर्वेक्षणमा रमेश प्रसाई अगाडि रहेको रास्वपा स्रोतको दाबी छ । ६ जना सांसद र दर्जनौं केन्द्रीय नेता नै दुई महिना अघि नै चुनावको मैदानमा उत्रिएपछि अरु दलले छलफल नै गर्न नभ्याउँदै रास्वपा भने आफ्नो सम्पूर्ण शक्ति इलाममा केन्द्रीत गर्न खोजेको देखिन्छ । सोही दिन बझाङ प्रदेश १ को उपनिर्वाचन भएपनि रास्वपाले प्रदेशमा भने उम्मेदवारी नदिने जनाएको छ । प्रदेश संरचनालाई पार्टीले स्वीकार नगरिसकेको अवस्था पार्टीभित्र प्रदेश संरचनालाई लिएर विवादै भएकाले रास्वपाले प्रदेशमा भने चुनाव नलडने भएकाृे छ । जसका कारण पार्टीको सिंगो शक्ति इलाममा के्न्द्रीत हुने देखिन्छ । यता चुनाव लक्षित गर्दै रास्पवा समापति रवि लामिछानेले लामो समय इलाममै बिताउने र यसलाई पार्टीको प्रतिष्ठाको रुपममा लिएर चिरिएको राजनीतिक धारलाई जनतामाझँ लाने अवसरको रुपममा समेत रास्वपालो उपनिर्वाचनलाई केन्द्रीत गरेको छ ।

मिसन ८४ को अभियानमा रहेको रास्पवा र पार्टी सभापति रविकै आगामी राजनीतिको छिनोफानो गर्ने उपनिर्वाचन भएकाले नै रास्वपाले यसलाई ठूला दलहरुको विस्थापनको रुपममा लिएको र तनहुँमा कांग्रेसको गड खोसेको रास्वपा इलामबाट एमालेको लालकिल्ला तोड्ने उदेश्यमा छ । फलतः अन्यदललाई यसले खासै अर्थ नराखेपनि रास्पवका लागि भने यसले विशेष अर्थ राख्ने जानकारहरु बताउँछन् ।

नेकपा एककृत समाजवादीबाट पूर्व प्रधानमन्त्री झनलाथ खनालदेखि दिवंगत नेता सुवाष नेम्बाङका पुत्र सुहाङ र कांग्रेसमा झिनो मतले पराजित भएका डम्बर खड्का प्रमुख आकांक्षीको रुपममा रहेपनि रास्वपाले कस्तो उम्मेदवार अघि सार्छ भन्ने पर्ख र हेरको अवस्था छ ।