राजनीति

प्रचण्डको दाउ : भाइलाई राष्ट्रियसभा अध्यक्ष ! सिटौलालाई धोका, कांग्रेस पेलियो,के गर्छन देउवा ?(भिडियोसहित)


काठमाडौँ— राष्ट्रिय सभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल पुरागरी भोलि आइतबार विदा हुदैछन् । त्यसैले रिक्त हुने अध्यक्ष पदका लागि फागुन २९ गते निर्वाचन गर्ने संसद् सचिवालयको तयारी छ । गठबन्धनबाट निर्मित सरकारमा माओवादी केन्द्रले अध्यक्षमा दाबी गर्ने निर्णय गरेपछि पार्टीभित्र आकांक्षी पनि ह्वात्तै बढेका छन् ।

राष्ट्रिय सभाको अध्यक्षबाट कुनै पनि हालतमा पछि नहट्ने चट्टानी अडानमा नेकपा माओवादी केन्द्र देखिन्छ । गत बुधबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रिय सभाका अध्यक्षका लागि आफ्नो दाबी हुने निर्णय गरेसँगै राष्ट्रिय सभाको अध्यक्षमा खास्सै चासो नदेखाएको माओवादीमा आकांक्षीहरूको नाम बाहिर आउन थालेको छ । गणतन्त्रको सूत्राधार नै मानिने कृष्णप्रसाद सिटौलालाई पछि पारेर माओवादीले आफ्नो दाबी पेश गरेको हो । कांग्रेसबाट निर्विकल्प रूपमा सिटौलालाई नै हेरिएकोे अवस्थामा गठबन्धनकै तर्फबाट माओवादीका लागि झण्डै आधा दर्जन आकांक्षीको नाम अघि आएको छ । जसमा हालका उपाध्यक्ष देखि गृहमन्त्री र स्वयम प्रधानमन्त्रीकै भाईको पनि चर्चा सुरु भएको छ ।

२०७८ मा राष्ट्रिय सभामा प्रवेश गरेकी हालका उपाध्यक्ष उर्मिला अर्याललाई बढुवा गर्नेसम्मको कुरो पार्टीभित्र छ । ०८४ मा समय सकिने अर्याललाई उम्मेदवार बनाउँदा नेकपा एकीकृत समाजवादीले समेत स्वीकार्ने वचन दिएका छन् । अर्याल सर्वस्वीकार्य हुने हुँदा उनलाई बलिया आकांक्षीका रूपमा हेरिएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालका भाई नारायण दाहाललाई पनि राष्ट्रिय सभाका अध्यक्षका रूपमा हेरिएको छ । राष्ट्रपतिबाट मानोनीत दाहाल र अर्यालको कार्यकाल चार वर्षेमात्रै हुने भएकाले यसको विकल्प पनि खोज्नु पर्ने मत पार्टीभित्र छ । त्यसका लागि माओवादी अहिले राष्ट्रिय सभा अध्यक्षको खोजीमा जोडतोडले लागिपरेको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माधवकुमार नेपाललाई पराजित गरेर चर्चामा आएका झक्कुप्रसाद सुवेदीको नाम पनि राष्ट्रिय सभाको अध्यक्षका आकांक्षीको रूपमा अघि आएको छ । गत माघ ११ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका कारण कार्यकाल पनि छ वर्ष नै हुने भएकाले उनी आकांक्षीका बालिया दाबेदार हुन् । हालका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि अध्यक्षको रुपमा अघि सार्ने चर्चा चलेको थियो । तर उनले यो प्रस्तावलाई सिधै अस्विकार गरेकाछन् ।
बरु दुई वर्षमात्रै कार्यकाल बाँकी रहेका गंगा बेलबासेले कमै सम्भावना भए पनि आफ्नो राय राखेका थिए । त्यस्तै सुरेश आले मगरलाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने मत पनि माओवादीमा छ । राष्ट्रपति, उपराष्ट्र, सभामुख, उपसभामुख र प्रधानमन्त्री जस्ता ‘बिग फाएभ’ मध्ये प्रधानमन्त्री पनि केही समयपछि गुम्ने हुँदा माओवादीसँग केही नहुने र यसमा गठबन्धनले सहयोग गर्नु पर्ने माओवादीको धारणा छ ।

यता, माओवादीले धमाधम राष्ट्रिय सभा अध्यक्षका लागि आकांक्षीहरूको नाम अघि बढाई रहँदा कांग्रेस भने तनावमा परेको छ । यसअघि सिटौलालाई नै अध्यक्षको जिम्मा दिन सकारात्मक देखिएका प्रचण्डले अहिले आफ्नै पार्टीबाट उम्मेदवार उठाने निर्णय गरेपछि कांग्रेस सकसमा परेको हो । यही गठबन्धनकै बलमा प्रधानमन्त्री बत्रे दाउमा रहेका सभापति शेरबहादुर देउवालाई माओवादीकै निर्णय मात्रु पर्ने बाध्यता छ । त्यसैले अध्यक्षबाट टसमस हुने संकेत माओवादीले नदेखाएको र कुनै पनि हालतमा माओवादीले आफ्नो अडान नछोड्ने बुझिसकेको कांग्रेसले यसलाई आपसी समझदारीका साथ सल्टाउने योजना बुनिरहेको छ ।

कोशीमा आफ्ना उम्मेदवार पराजित भएपछि कांग्रेसको भूमिकालाई लिएर माओवादी सशंकित देखिएको छ । यसअघि कांग्रेसभित्र भएको विद्रोहका कारण गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका इन्द्रबहादुर आङ्बो पछि हट्न बाध्य भएका थिए । त्यसैले माओवादीमा नेताहरूले कांग्रेस गठबन्धनको मर्म र भावना बमोजिम नचलेको आरोप लगाउने गर्छन् । कांग्रेसले गठबन्धनको सर्तलाई उल्लङ्घन गरेको भन्दै आलोचनासमेत हुने गरेको छ । त्यसैले राष्ट्रिय सभाको अध्यक्षकै विषयले गठबन्धनको भविष्य अन्योल हुने हो कि भत्रे शंका पनि व्यापक रुपमा उठिरहेको छ ।