Breaking

प्रधानमन्त्री खोज्न समिति गठनको प्रस्ताव, रुलिङ गर्दा गर्दै थाके सभामुख, प्रश्न छल्दै प्रचण्ड


काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको खोजी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफँैले प्रतिबद्धता जनाएको भाका पनि सार्दै सदन छल्न थालेपछि सांसद्हरूले प्रधानमन्त्री हराएकाले खोजी गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।
प्रतिनिधि सभाका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सदनप्रति गैरजिम्मेवार भएको आरोप लगाएका छन् । प्रधानमन्त्री स्वयम्ले दिएकै भाकामा पनि अनुपस्थित भएपछि सांसदहरूले प्रधानमन्त्रीको खोजी गरेका हुन् । यसअघि पनि फागुन ६ देखि सदनमा उठेका विषयमा सभामुखबाट पटक पटक सरकारलाई रुलिङ भइसकेको छ । तर, त्यसको बाबजुद पनि प्रधानमन्त्री सदनमा उपस्थित भएका छैनन् । आफ्नै रुलिङको समेत कार्यान्वयन नहुँदा शुक्रबार पनि सभामुख देवराज घिमिरेले फेरि अर्काे रुलिङ गर्नु परेको छ । योसहित सरकारलाई सभामुखले रुलिङ गरेको छ पटक पुगेको छ ।

प्रधानमन्त्री दाहाल निरन्तर सदनमा अनुपस्थित हुन थालेपछि सांसदहरूले हराएको भन्दै खोजी कार्य गर्नुपर्ने व्यंग्य गरेका छन् । अहिले मिटरब्याज पीडित देखि लघुवित्त र दुग्ध किसानहरूले पनि प्रधानमन्त्रीलाई खोजीरहेको अवस्थामा प्रधानमन्त्री भने संसद् छल्दै हिँड्नुले सरकार जवाफदेही बत्र नसकेको प्रतिपक्षीको तर्क छ । विवादित मन्त्रीका बारेमा प्रधानमन्त्रीको स्पष्टीकरण माग गर्दै सदनमा भइरहेको नाराबाजीका बीच प्रधानमन्त्री दाहाल भने भरतपुर महानगरपालिकालाई छोरीको महानगरपालिका भन्दै त्यतै व्यस्त हुनुले जनताको सवालबाट भागेको उनीहरूले आरोप लगाइरहेका छन् ।

प्रधानमन्त्रीकै भाका अनुसार शुक्रबार सदनमा उठेका मुद्दा र विवादित मन्त्रीको विषयमा दाहालले जवाफ दिने कार्यसूची थियो । तर, आफ्नै छोरीसमेत रहेका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको निमन्त्रणामा भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सामेल हुन एक दिन अघि नै चितवन पुगेका थिए । पहिलेदेखि नै भाका सार्दै आएका प्रधानमन्त्रीले आगामी फागुन २१ गते आफूले बोल्ने भन्दै संसद् सचिवालयलाई लिखित रुपमा जानकारी गराएका छन् । सबै दलका नेता एक ठाउँमा उभिनु पर्ने बताएकी उपसभामुख इन्दिरा रानामगरले संसद्प्रति कार्यपालिका वा न्यायपालिका हावी हुँदै जाने हो भने देश नबत्रे तर्क गरिन् ।

प्रधानमन्त्रीले संसद्लाई इग्नोर गर्न थालेपछि खोजी गर्न उच्च स्तरीय समिति नै बनाउनु पर्नेसम्मको आवाज उठिरहेको छ । आफ्ना गुनासो सुनाउन संसद् भवनमा नै छिरेका लघुवित्त पीडितले सात्तो खाइदिएपछि सिंहदरबारको फुटपाथमासमेत हिँड्न बन्देज गरेको सरकारलाई मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न कुन तत्वले छेकेको छ । त्यस्तै छोरीको प्रशंसा गर्न चितवन पुगेका प्रधानमन्त्रीले त्यहीका दुग्ध किसानहरूको आवाजलाई किन सुत्र सकेनन् ? । त्यस्तै बालकुमारी घटनामा सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न लगाउन वा आफैँले बर्खास्त गर्न प्रधानमन्त्रीको हात किन कापी रहेको छ ? यी सबको जवाफ दिन संसद्मा उभिन नसक्नुले सदनप्रति प्रतिबद्ध छु भत्रे प्रधानमन्त्री नै जवाफदेही हुनबाट भागिरहेको स्पष्ट छ । आशा गरौँ सभामुखको रुलिङअनुसार संसदको अर्को बैठकमा भने उनी उपस्थित भएर संसदमा उठेका प्रश्नको जवाफ दिने छन् ।