Breaking

देउवाको सत्ताका लागि सिटौलाको त्याग, वचन दिएका प्रचण्ड किन पछि हटे ? ओलीको ढोक्साले काम गरेन


काठमाडौँ – ग्रेसफुल एक्जिटको आशामा राष्ट्रिय सभा अध्यक्षसम्मको सपना देखेका कृष्णप्रसाद सिटौला अहिले अलमलमा छन् । आफ्नै कारण गठबन्धन फुट्ने त हैन भन्ने अवस्थामा पुगेका उनी अहिले राष्ट्रिय सभा सदस्यमै चित्त बुझाउने अवस्थामा पुगेका हुन् । यसले उनको यात्रा सरकारतर्फ अघि बढ्न सक्ने चर्चाका बीच सिटौला के गर्लान् त ? चासो व्याप्त छ ।

कांग्रेसभित्रको गुटले राष्ट्रिय सभा सदस्यको टिकट वितरण पेचिलो बनिरहेका बेला सर्वसहमत देखिएका कृष्णप्रसाद सिटौला विराटनगर हानिएका थिए । सत्ता सहयात्री नेकपा माओवादी केन्द्रले पनि उहाँ जतिको मान्छे आए राष्ट्रिय सभा अध्यक्ष नै बनाउने वचन दिएपछि कांग्रेसमा उनीमाथि प्रश्न नै उठेन । हुन त गत संसदीय निर्वाचन हारेका उनी पनि सत्ता सहयात्राको हुटहुटीमा थिए भने दोस्रो तहका नेताहरु यसले सिटौलालाई सम्मानित बहिरगमन हुने आशामा थिए । यही कारण गुटभन्दा माथि बनेको उनको उम्मेद्वारीले माओवादीले धोका पाउँदा पनि सफल भयो । अर्थात सत्तारुढ गठबन्धनको भोट क्रस हुँदासमेत उनले संसद यात्रा तय गरे । यद्यपि यो बीचमा गृहमन्त्री र राष्ट्रिय सभा अध्यक्ष के हुन्छन् दुवै पक्षबाट विश्लेषण भए पनि सिटौला चुप थिए । अहिले परिस्थितिमा गृहको यात्रा सफल नहुने देखिएपछि उनले अध्यक्ष नै रोज्ने संकेत गर्दा यही गठबन्धन फुटको आधार बन्न सक्ने डर बढेको छ ।

प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पालो सकिए पछि रित्तो हात परिने माओवादी नेताहरुको डरको मारमा सिटौला परेका हुन् । त्यही बीचमा महासमितिमा गठबन्धन विरुद्धमा सुनिएको स्वर, धर्मनिरपेक्षताविरुद्ध बढेको कदम र गठबन्धनको हिमायतीले नै माओवादीको इतिहास नस्वीकारेको अवस्थाले उनको आशामा तुषारापात हुने अवस्था आइपरेको छ । अर्थात एमालको आँटमा राष्ट्रिय सभा अध्यक्ष आफैँले लिने अडानमा माओवादी पुग्दा पूर्णबहादुर खड्काको राजनीतिक प्रतिवेदन सच्याउन समेत प्रचण्डले दबाब दिइरहेका छन् । कांग्रेसले निकै पेलेको महसुस गर्न थालेका उनले मुखै फोरेर राष्ट्रिय सभामा सिटौला आउनुपर्छ भनेको हो, तर अहिले वातावरण परिवर्तन भएको बताइरहेका छन् ।

उनले भनेको परिस्थितिको परिवर्तन विदेशी शक्तिको इसारामा हो या एमालेको आशा ? या त पार्टीभित्रबाट बढेको दबाब ? प्रष्ट नभए पनि उनसँग विगतबाटै कांग्रेस संशकित छ । जसले सिटौलाले अध्यक्ष नपाउने अवस्था बन्दा उनी देउवा कांग्रेसको साझा व्यक्ति भएको इतिहास प्रतिफलन विहीन हुने सम्भावना उच्च छ । जसलाई कतिपयले सालिक बन्ने भन्दा सक्रिय रहने गृहमन्त्रालयकै यसअघिको चर्चा सफल हुन लागेको रुपमा हेर्दा मन्त्रिपरिषद हेरफेरको गाँठो फुकाउने अस्त्र भएको व्याख्या गर्नेहरु पनि छन् । यद्यपि देउवाले भने सिटौला नै राष्ट्रिय सभा अध्यक्ष बन्ने दृढता व्यक्त गरिरहेका छन् । हालै सम्पन्न महासमिति बैठकबाट माओवादीसँग चुनावी एकता नगर्ने अनावश्यक निर्णय गरिएको भन्दै गल्ती स्वीकारेका देउवा यसैले गठबन्धन नटुट्नेमा विश्वस्त छन् ।

अर्थमन्त्रालय आफँैले लिने प्रचण्डको तयारी र हालका अर्थमन्त्रीसँगको चर्काचर्कीको पनि तार जोडिएको त छैन भन्ने अर्को प्रश्न छ । अर्थात सिटौलालाई मन्त्री बनाउन देउवा मन्त्री हेरफेरको अवस्थामा पुग्ने अवस्था आए आफ्ना लागि सजिलो हुने प्रचण्डको बुझाई हुनसक्छ । त्यस्तै अर्थ लिएर गृह कांग्रेसको भागमा पार्दै त्यसमा सिटौलाको प्रवेश अर्को सम्भावित कदम हुन सक्छ । यसमा रोचक त के छ भने माओवादीबाट प्रचण्डकै भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षको उम्मेद्वार छन् ।

हुन त गठबन्धन नै टुटाएर पदमा नजाने सिटौलाले बताइसकेका छन् । त्यस्तै राजनीतिक ट्वीस्ट गराउन सक्ने शक्ति भारततर्फ कांग्रेस नेताको भ्रमण अर्थपूर्ण छ । त्यस्तै देउवाले नै गल्ती महसुस गरेको विषय र माधवकुमार नेपाल प्रयोग गरेर कम्युनिस्ट एक हुन नदिने उनको अस्त्र कम शक्तिशाली छैन । जसले सिटौलाको सपना पूरा नहुने पक्का नै नभए पनि त्यति सहज भने हुने छैन ।