Breaking

चन्दा नदिँदा सरकारी जागिरेलाई कालोमासो ? प्रचण्डका पूर्वसहकर्मी नै संलग्न, गृहको छैन चासो


काठमाडौँ – गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने कानुन छ । राज्यका विभिन्न निकायहरु छन् । तर केही राजनीतिक समूह कालोमोसो दलेर व्यक्ति तह लगाउन कस्सिएका छन् । विश्व विद्यालयका पदाधिकारीदेखि सार्वजनिक पद धारण गरेका एकपछि अर्को व्यक्ति कालोमोसोको सिकार बन्दा अहिले कालोमोसोको आतंक बढेको छ । एक रिपोर्ट

दृश्यमा देखिएको यो तछाडमछाड सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको कार्य कक्षभित्रको हो । भ्रष्टचारविरुद्धको दस्ता, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट निकट विद्यार्थी संगठनले आइतबार (सीटीईभीटी)का उपाध्यक्ष अधिकारीलाई उनकै कार्यकक्षभित्र कालोमोसो दलेर दुव्र्यवहार ग¥यो ।

दोस्रो यो कुटाकुटको दृश्य दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झाको कार्य कक्षभित्रको शुक्रबारको घटना हो । मोहन वैद्य निकट क्रान्तिकारी युवा संगठनले दुधमासमेत कमिसन खाएको भ्रष्टाचार गरेको भन्दै महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो दलेर दुव्र्यवहार गरेका छन् । यसअघि लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि उनको कार्यालय मिनभवनमै पुगेर कालोमोसो दलेको थियो । भ्रष्टाचार गर्नेलाई जनकारवाही भन्दै कालोमोसो दल्ने, जुत्ता चप्पलको माला लगाइदिनेसम्मका हर्कत मच्चाइएको छ । कति बेला कसको अनुहारमा कालोमोसो दलिने हो आतंक सिर्जना भएको छ । केन्द्रीय नेतृत्वले नेता कार्यकर्तालाई हौसाई रहेका छन् । अहिले वैद्य नेतृत्वको पार्टी निकट विद्यार्थी संगठनले कालोमोसो दलेर व्यवस्थाको विरोध गर्ने अचम्मको चलन चलाइरहेको छ ।

सशस्त्र जनयुद्धमा माओवादीले सुम्ला बसुञ्जेल भाटा भाँचेर मान्छे तह लगाएझै त्यसैको अंसियारी वैद्य समूह लगायतका माओवादीहरु अहिले जहाँ जो कोहीलाई कालोमोसो दलेर हायलकायल बनाइरहेका छन् । तथापि, कुनै व्यक्तिलाई तह लाउनु प¥यो भने कालोमोलो दलिहाल्ने एउटा विकृत संस्कारको विकास भइरहेको छ । कालोमोसो दलेर बेइजत गर्दै व्यक्ति तह लगाउने भ्रम बढ्दो छ । चर्चामा रहने दुर्गा प्रसाईं जस्ता पात्रा हुन् या सांसद सुनील शर्मा जस्ता व्यक्ति, विश्वविद्यालयका पदाधिकारीदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरु कालोमोसोको सिकार बनिरहेका छन । यस्ता गतिविधिहरु कतिपयले आफ्नो उपस्थिति देखाउन स्टन्टको रुपमा गरेको देखिन्छ । तर मुख्यतः यो राज्यप्रतिको वितृष्णाको उपज भएको कतिपयको विश्लेषण छ । यस्ता गतिविधिप्रति सरकार सचेत हुनुपर्ने विश्लेषकको सुझाव छ ।

गाउँदेखि सिंहदरबारसम्मै कालोमोसोको विगविगी बढेको छ । विरोधको यो शैली झनझन मौलाउँदो छ । तर राज्य संयन्त्र भने रमिते बनेको देखिन्छ । सरकारले यसबारे चुइक्क बोल्न सकेको छैन । कानुनी राज्यमा कालोमोसोको घटनामा राज्य नै मौन देखिनु आफैँमा विडम्बना हो । कानुनलाई हातमा लिँदै कालोमोसोलाई आफ्नो कारबाहीको हाँक दिँदै अस्त्रको रुपमा प्रयोग गर्ने घटना बढ्नु निन्दनीय कार्य हो । कालोमोसो दलेरै भ्रष्टाचार र गलत कार्यमा संलग्न व्यक्तिलाई सुधार्न सकिने भए, सभ्य र सम्मुन्नत समाज निर्माण हुने भए, अपराधीलाई सजाय दिन कानुन, राज्य, अदालत, प्रहरी प्रशासन, कारागारलगायतका राज्य संयन्त्र किन खडा गर्नु पथ्र्यो ? कालोमोसो आतंकप्रति सरकारले बेलैमा आवश्यक कदम उठाउन आवश्यक रहेको सरोकारवालाको जोड छ ।