Breaking

चालकले झ्याप्प बत्ती बन्द ग¥यो, खोलामा बस खसेछ, बाचेकाको दुर्घटना अनुभव, कञ्चनपुर शोकमा


काठमाडौँ – कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बिहीबार बिहान भएको बस दुर्घटनामा १० जनाले ज्यान गुमाए । ३० जना घाइतेको उपचार जारी छ । मृत्यु हुनेमध्ये ७ जना कञ्चनपुरका मात्रै छन् । गत मंगलबार मात्रै पाल्पामा भएको जीप दुर्घटनामा १० जनाले ज्यान गुमाएका थिए । फागुन महिना सुरु भएको तीन दिनमा मात्रै सवारी दुर्घटनामा २० जनाले ज्यान गुमाएका छन् । आखिर किन बढ्दैछ सवारी दुर्घटना ?
पाल्पामा जीप दुर्घटनाबाट १० जनाको मृत्यु भएको पीडा भूल्न नपाउँदै बिहीबार बिहानै हरेक नेपालीहरुले अर्को दुखद् खबर सुन्नुप¥यो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायात प्रा.लिको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस कपिलवस्तुमा दुर्घटनामा प¥यो । जसमा १० जनाको घटनास्थलमै मृत्यु भयो भने ३० जना घाइतेको उपचार भइरहेको छ । ज्यान गुमाउनेमा ७ जना त कञ्चनपुरकै छन् । जसमा भीमदत्त नगरपालिकाका मात्रै ६ जना छन् । भीमदत्त नगरपालिका–१ का राहुलराम कामी, भीमदत्त–४ का उमेश भण्डारी, सन्जु थापा, खगेश्वरी खाती, सुदीप भट्ट, पुर्नवास नगरपालिकाकी विमलादेवी भट्ट र विशनदत्त भट्टको मृत्यु भएको हो । यस्तै सल्यानकोे कालिजंग गण गोरुसिंगेमा कार्यरत नेपाली सेनाका ४१ वर्षका अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका ५५ वर्षीय सकिल मुसलमान, रौतहटको औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारीको मृत्यु भएको छ ।

सबै यात्रुहरु रातिको खानापछि बसमा मस्त निद्रामा थिए । यात्रा आरामदायी नै चल्दै थियो । तर, राति करिब सवा १२ बजेतिर चालकले गियर परिवर्तन गर्नेबेला दुईपटक ठूलो आवाज आयो । यात्रुहरु झसँग भए । केही समयमै बस दुर्घटनामा परेको थाहा भयो । राति नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको दरिलो उपस्थितिले थप मानवीय क्षती हुन पाएन । बसमा सवार यात्रुहरुका अनुसार गियर परिवर्तन गर्न खोजकाले बसको गति सामान्य नै थियो । प्रारम्भिक रुपमा हेर्दा बसले दायाँबाट बायाँ काटेको घटनास्थलमा खटिएका प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक निश्कर्ष निकालिएको छ । पहाडको घुम्ती छिचोल्ने क्रममा बस दायाँबायाँ गरेर हल्लिएको र सिधैँ पहाडबाट खोलामा खस्दा ठूलो मानवीय क्षति हुन पुगेको प्रहरीको भनाइ छ । यद्यपि, घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ ।

मुख्य राजमार्गमै भएको यो दुर्घटनाको कारण अनुसन्धानपछि खुल्दै जाला । मुख्य राजमार्ग नै बिग्रिएका कारण पनि यस्ता दुर्घटना हुने गरेका छन् । त्यसमा चालकको लापरवाही पनि जिम्मेवार ठहरिने गरेको छ । यसअघि गत पुष २८ गते पनि रातिको समयमा दाङको भालुबाङ पुलबाट बस खस्दा १२ यात्रुको मृत्यु भएको थियो । त्यसबेला पनि प्रहरी पोष्ट्मा इन्ट्रीसमेत नगराइ आएको सो बस तीव्र गतिमा कुदाउँदा चालककै लापरवाहीले दुर्घटना भएको निष्कर्ष निकालिएको थियो । त्यही दिन काठमाडौंको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमासमेत भएका दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । मंगलबार मात्रै पाल्पामा क्षमताभन्दा बढी यात्रु बोक्दा लोड धान्न नसकेर जीप दुर्घटनामा प¥यो । सो दुर्घटनामा पनि १० जनाले ज्यान गुमाए । नेपालमा हरेक वर्ष सरदर २४ हजार चार सय सवारी दुर्घटना हुने गरेका छन् भने ती दुर्घटनामा दुई हजार पाँच सयभन्दा धेरै नेपालीले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । सरकारले सवारी दुर्घटनाको भयावह तथ्यांकको विश्लेषणपछि न्यूनीकरणका लागि बिभिन्न पहल गरेपनि दिगोमा रुपमा त्यसलाई कार्यान्वयन गर्ने र कडाइका साथ लागु गर्ने विषयमा खासै चासो दिने गरेको देखिँदैन ।

चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु, ट्राफिक नियम उल्लंघन तथा मृत्युमार्ग झल्काउने सडकहरुका कारण बर्सेनि हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । सवारी दुर्घटनाबाट विश्वमा धेरै मृत्यु हुनेमो सूचीमा नेपालसमेत पर्ने भएकाले यस्ता दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायले देखावटी र क्षणिक रुपमा नभइ दीर्घकालिन रुपमा नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउन जरुरी छ । सडक पुगेका हरेक ठाउँमा चल्ने सवारी साधनलाई छाडा साँढे जस्तो छाडिदिने हो भने नेपालका सडक तथा सवारी यात्रा मृत्यु मार्ग मात्रै बन्नेछन् । अनाहकमै सयौँ बालबालिका अनाथ बन्नेछन् त कति बाबुआमा सन्तान गुमाउँदाको पीडा भोग्न बाध्य हुनेछन् । यसले भविष्यमा सामाजिक तथा पारिवारिक रुपमा पार्ने असरलाई अहिले नै ध्यान दिएर आवश्यक कदम चाल्नु पर्ने आवश्यकता छ ।