Breaking

‘माओवादी’ जंगली र आतंककारी देखेपछि नाम फेरिँदै, जनयुद्ध लडेकाले प्रचण्डलाई तेर्साए चुनौती


काठमाडौँ – फागुन १ मा पर्ने जनयुद्ध दिवसको अवसर पारेर माओवादीले गरेको प्रथम विधान अधिवेशन आज सकिएको छ । नेता, कार्यकर्तालाई विधानले बाध्नु पर्ने उद्देश्यका साथ सुरु भएको अधिवेशनमा सांगठनिक संरचना लगायतका विविध विषयमा बहस भयो । जसमा पार्टीको ब्राण्ड नै बनिसकेको नाम र चुनाव चिह्नसमेत फेर्ने विषयले पनि स्थान पायो । माओवादीले तत्कालै नाम र चुनाव चिह्न फेर्ने निर्णय नगरे पनि भविष्यमा त्यो सम्भव हुने संकेत भने गरेको छ ।

पार्टीको संगठनात्मक संरचना कस्तो रु बनाउने भत्रेबारे बहस गर्न तीनदिनसम्म काठमाडौंमा बसेको नेकपा माओवादी केन्द्रको ऐतिहासिक प्रथम विधान अधिवेशन बिहीबार सकिएको छ । अबदेखि पार्टीका पदाधिकारी र समितिहरूमा पनि सबै प्रत्यक्ष निर्वाचनबाट नै चुनिएर आउनु पर्ने लोकतान्त्रिक अभ्यासको थालनी गर्ने भएको माओवादीले २० समूहमा नीति बहस चलाएको थियो । अधिवेशनमा पार्टीको सांगठनिक संरचनाबारे बृहत् छलफलसँगै आगामी दिनमा माओवादीको गुमेको साख फेरि फर्काउने विषयमा पनि जोडतोड उठ्यो । समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नेताहरुले पार्टीको नाम र चुनाव चिह्न नै फेर्न सुझाव दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै लाइनमा तल्लो तहका नेता प्रतिनिधिहरू पनि देखिएका छन् । अधिवेशनमा उठेको नाम र चुनाव चिह्न फेर्नु पर्ने बहसले तत्काल नभए पनि समयक्रममा फेर्न सक्ने सन्देश दिएको छ । कयौं नेपालीले रगतको खोला बगाएर, जनयुद्ध लडेर स्थापित गराएको आफ्नो ब्राण्ड नाम र चुनाव चिह्न नै माओवादीको वितृष्णाको कारण बन्दै छ । ‘माओवादी’ नाम र चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ले नै पार्टीप्रतिको आकर्षण घटेको महसुस गरेको माओवादीले भविष्यमा त्यसको विकल्प समाजवाद देखेको छ ।

पहिलेदेखि नै नाम र चुनाव चिह्न फेर्न सकारात्मक देखिएका अध्यक्ष प्रचण्डलाई तल्लो तहको रिपोटिङले अझ सहज भएको छ । हिजो संविधान, कानुन केही मान्दिनँ, राज्यसँग युद्ध गर्छु भत्रे बखत न्वारान गरिएको नाम अहिले सान्दर्भिक नहुने उनीहरूको बुझाइ छ । समयसापेक्ष पार्टी चल्नु पर्ने हुँदा जुनयुद्ध ताकाकै नाम र चुनाव चिह्नले पार्टीलाई अगाडि लान नसक्ने माओवादी नेताहरूको निष्कर्ष छ । संघर्ष र युद्धको छाप छोड्ने कुनै पनि नाम वा चिह्नलाई अहिले निर्वाचन आयोगले पनि मान्यता नदिने हुँदा घटनाक्रमसँगै संविधान अनुरुप नै अघि बढ्ने पार्टीको योजना छ । जनतालाई बुझाउन पनि गाह्रो भएको हुँदा सजिलो खालको चुनाव चिह्न राख्न उपयुक्त हुने पार्टीको ठम्याईं छ ।

जनआन्दोलनपछि सबैभन्दा ठूलो दल बनेको माओवादी त्यसपछिका आम निर्वाचनमा भने ओरालो यात्रामा छ । माओवादीबाट नै प्रधानमन्त्री बनेका डा। बाबुराम भट्टराईसहित चार पटक माओवादी सत्ताको नेतृत्वमा पुगिसकेको छ । तर, माओवादीको लोकप्रियता भने घट्दै गएको छ । विशेष गरि सहरी क्षेत्रमा माओवादीको ग्राफ सून्यमै पुग्ने अवस्था सिर्जना हुँदै गएको छ । सशस्त्र द्वन्द्वबाट आएको माओवादीलाई अझै पनि हत्यारा र आतंकारीको संज्ञाले बुझ्नेहरु धेरै छन् । त्यसैले होला, सायद माओवादी नाम र चुनाव चिह्न फेरेपछि जनताको आकर्षण र संगठन विस्तार गर्न सकिने पार्टीको बुझाई छ । तर, नाम र चिह्न फेर्दैमा उही पुरानै विरासत फर्किन्छ भत्रु सान्दर्भिक नभएको विश्लेषण हुन थालेको छ । त्यसैले पार्टीमा जनतालाई आकर्षित गर्न अन्य विकल्प खोज्नुपर्ने देखिन्छ ।

अस्तित्व विलिन अवस्थामा पुगेको माओवादीले आफू सत्तामा हुँदा शक्तिमा फर्किन चार महिनाको अभियान नै चलाएको थियो । घर घर पुगेर नागरिकको नाडी छामेको माओवादी पार्टी सुद्धीकरणका लागि कसरत गर्दै चुनाव चिह्न र नाम फेरेपछि सहरी क्षेत्रका जनताले पत्याउँछन् भन्ने निष्कर्षमा पुगेको छ । माओवादीको यो तर्क नयाँ लुगा लगाउँदैमा मान्छे नै नयाँ हुन्छ भत्रे खालको छ । तर, नेताको कार्यशैली वा भित्री आचरण नफेरेसम्म बाहिरी आवरण जतिसुकै फेरे पनि हुने वाला केही देखिँदैन । अब पार्टी आर्दश र भावनाबाट चल्दैन भन्ने कुरा माओवादीले बुझ्न जरुरी छ । त्यसका लागि उसले काम देखाउनु पर्ने हुन्छ । यो कार्यको थालनी अध्यक्ष प्रचण्डले आफैँबाट सुरुवात गर्छन् वा दलका नेतामाथि मात्रै डण्डा चलाउँछन् रु त्यो भने हेर्न बाँकी छ ।