Breaking

प्रचण्डको सत्ता ढल्ने ब्रिफिङले माओवादीमा तरंग, के गर्न सक्छन् ओली र देउवा? (भिडियोसहित)


काठमाडौँ— सबै अवस्था आफू अनुकुल रहेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तर्सिन छाडेका छैनन् । फलत ः कहिले व्यवस्थामाथि प्रहार भएको बताउँने उनी कहिले गठबन्धन फुटाउन खोज्ने प्रयास भएको बताँउदै आएका छन् । तर त्यसको कारण खासै गतिलो नदेखिदा कतै संकट देखाएर सत्तामा लम्बाउने उनको रणनिति त हैन भन्ने प्रश्न उब्जाएको छ ।

राष्ट्रिय सभामा कांग्रेसले धोका दिएपनि चुपचाप सहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले सहज अवस्थामा छन् । न त एमाले प्रहार गर्न सक्ने अवस्थामा छ न कांग्रेस सभापति शेरबहादुर देउवा नै रिसाएका छन । बरु बाँसवारी जालाजुत्ता कारखानाको जग्गा प्रकरणमा डाम्ने र कांग्रेसकै आदेशमा छाड्ने गरेर उनले वातावरण सुधारेका छन् । यतिमात्र हैन परिआएको खण्डमा ४ जना सांसद निलम्बित गराउनसक्ने सम्मको संकट उनले कांग्रेसमा माथि थुपारेका छन् ।

यता एमालेका अध्यक्ष केपी शर्मा ओली नै संकटमा छन् । सरकारले चाहे गिरिबन्धुमा जाकिन सक्ने अवस्था रहदा राष्ट्रिय सभामै डामिएको नैतिकताले सरकारविरुद्ध भिडिहाल्न सक्ने अवस्थमा एमाले छैन । त्यस्तै देउवा धम्काउन तथा माधवकुमार नेपाल फकाउन माधवलाई प्रधानमन्त्री बनाउन सक्ने चर्चा चलाएका प्रचण्डले त्यहाँबाट समेत एमालेको विचार नापेका छन् । जसको प्रतिक्रियामा माधवलाई प्रधानमन्त्री बनाउन भन्दा एमालेले बाहिर बाट सहयोग गर्ने तपाई आफै सरकार चलाउनुस भन्ने बचन प्रचण्डले पाएको खवर वाहिरिएका छन् । केहि संकट कोशीमा सरकार विस्तारले नेकपा एकीकृत समाजवादी भड्किएर उत्पन्न भएको छ । जहाँ राष्ट्रियसभाको अध्यक्ष बाँडवाँड सकसपूर्ण हुने विश्लेषण हँुदै आएको छ ।

तर माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा स्वयमले अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने प्रष्टाईसकेका छन् । यता नेकपाका सम्मानित नेता झलनाथ खनालले भने यो सरकार मौसमी उपजको संज्ञा दिदा मौसम परिवर्तन भए ढल्न सक्नेसम्म बताएकै हुन् । त्यस्तै कांग्रेसको डा.शेखर कोईराला गुट पहिल्यैबाट विरुद्धमा रहँदाँ यी असन्तुष्टहरु गठबन्धन नै फुटाउने हैसियतमा छैनन् । यद्यपि चर्को सुनिएका खनालले प्रचण्डलाई जुन जोगी आएपनि कानै चिरेको उखान प्रहार गरिसकेका छन् ।

यता ओली नै यो गठबन्धन देखिएको भन्दै धेरै बलियो भएकोमा पक्का छन् । यहि कारण शेखर उचाल्ने भन्दा माथिको काम उनले नगर्दा राजावादीले गर्न लागेको आन्दोलन प्रचण्डको टाउको दुखाई हुनसक्छ । त्यसमाथि कांग्रेसभित्र बढेको धर्मनिरपेक्षता,समानुपातिक निर्वाचन प्रणाली हटाउने वहसले उनलाई चस्का लाग्दा नजिकिएको कांग्रेसको महासमितिले उनको ढुकढुकि बढाएको छ । त्यसमा पनि भारतकै दवावमा कांग्रेस यो बाटोमा हिड्न लागेको चर्चाकाविच आफ्नो गेरुबश्त्रले यो खतरा नढाक्ला भन्ने डर प्रचण्डमा हुनसक्छ । यता राजनीतिक विश्लेषकहरुको शंका पनि यहि छ । समस्या भए के हो नागरिकलाई प्रष्ट पारेर जनमुखि काम गर्ने विकल्प हुदा उनको रुवाईको तुक नरहेको उनीहरु बताउँछन । यसको अर्थ यो समस्या देखाएर त्यसैमा खेल्ने प्रचण्डको पुरानै शैलीको निरन्तरता भएको उनीहरुको तर्क छ ।

हुन त राजावादीको विषय हुन या धर्मनिरपेक्षतामा के गर्ने भन्ने अस्पष्टता त्यो सबै राजनीतिक फाईदाका लागि दलहरुले नै गराएको आरोप लाग्दै आएको छ । नत्र कानुन बनाएर संघियता बलियो बनाउने बाटो सरकारलाई छ । त्यस्तै निर्वाचन प्रणाली होस या संविधानमा उठेका प्रश्न त्यो समेत संसोधन गर्न कुनै समस्या छैन । जुन बाटो प्रयोग नगरेर रोईलो गर्नुमै प्रश्न देखिदाँ अस्थिर अंकगणितको संसदमा सरकार र समिकरण फेरवदलको डर त सधै हुन्छ । जसलाई कसैले भजाउनै पदैन ।