Breaking

प्रचण्ड–देउवा–ओलीको छैन विकल्प, दोस्रो पुस्ता दास बन्नमै मख्ख, कार्यकर्ता नै वाक्क, छैन आश


काठमाडौँ – देशमा जे जति पनि भ्रष्टाचारका काण्डहरू भएका छन्, ती सबैमा कही न कही शीर्ष नेतृत्व वा उनीहरू निकटस्थहरूको संलग्नता पाइन्छ । शीर्ष नेताहरूमाथि बाहिर कटुसम्बन्ध भएको व्यवहार देखाउने तर, भित्र–भित्रै भने फाइल मिलाउन खोज्ने आरोप लागी नै रहन्छ । त्यही भ्रष्टाचारको फाइललाई सौदाबाजीको ‘ब्रह्मास्त्र’को रुपमा प्रयोग गरिरहेका शीर्ष नेताहरू कै कारण देश बन्धक बनेको छ ।

देशमा यति धेरै बग्रेल्ती काण्डहरू छन् कि त्यसलाई उल्लेख गर्दै जाने हो भने एउटा ठूलै महाकाव्य बत्र सक्छ । मानव तस्करीको नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन, एनसेल, टेरामक्स, गिरी बन्धु टी स्टेट लगायत राजदरबारको जग्गासँगै राज्यकै जमिनमा पनि ब्रह्म लुट मच्चाएका अनेकन् प्रकरण देशमा विद्यमान छन् । दुर्भाग्य नै मान्नु पर्छ जे जति पनि राष्ट्रघाती काण्डहरू छन् ती सबैमा ठूला दलका शीर्ष नेतृत्व वा तिनैका आफन्त वा वरवरका व्यक्तिहरू मुछिने गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालकै इसारामा देशको राजनीतिले गति तय गरिरहँदा यिनै शीर्षस्थ दलका तीन–चार जना नेताले नै देशलाई बन्धक बनाएको नागरिकदेखि राजनीतिक विश्लेषक र पार्टीकै नेताहरू पनि स्वीकार्छन् ।
एउटा काण्ड उठ्यो वा निस्कियो भने त्यो सँगसँगै कयौं भ्रष्टाचारका काण्डहरू पनि बागमतीको भेलले बगाएर ल्याए जस्तै एकपछि अर्काे गरेर आउने गर्छ । लगत्तै शीर्ष तीन नेताहरू छलफलमा बस्छन् । त्यसपछि एक्कासी तातेको राष्ट्रघाती काण्डहरु बिस्तारै सेलाउने गर्छ । एउटाको फाइल अर्कालाई देखाउँदै सौदाबाजी गर्ने यिनै शीर्ष नेताहरू छानविन समितिको नाममा काण्डको ‘सेफ ल्याण्डिङ’ तथा ‘फेस सेभिङ’मा पनि लाग्ने गछनर्् ।
देश र पार्टीको अवस्था देखेर आम नागरिक र कार्यकता त रुष्ट छदैँछन्, पार्टीकै नेताहरू पनि आफ्नो नेतृत्वबाट सन्तुष्ट छैनन् । सत्ता र प्रतिपक्षमा रहेका प्रमुख दलमा सीमित नेता सर्वेसर्वा हुन्छन् । तीन पुस्ताले काम गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसमा देउवाकै मात्र हैकम चल्छ । कांग्रेस पार्टीभित्रै नेतृत्वलाई फेर्नु प¥यो भत्रे आवाज जबरजस्त रुपमा त उठ्छ, तर देउवाका अघि सबै निरीह जस्तै छन् ।

कांग्रेसकमा मात्रै होइन ठूला भनिएका अन्य पार्टीको हालत पनि उस्तै छ । कम्तिमा कांग्रेसमा त स्वतन्त्र ढंगले आवाज उठाउने नेता छन् । एमाले र माओवादीमा भने नेतृत्व नै एक्ला बृहस्पति भएर बसेका छन् । एमालेमा दुई कार्यकालदेखि पार्टी सम्हाल्दै आएका ओलीको दबदबाका कारण कोही बोल्न सक्ने अवस्थामा छैनन् । माओवादीमा त एक्ला प्रचण्ड नै सुप्रिमो छन् । तीन दशकभन्दा बढी समयदेखि निरन्तर माओवादीको नेतृत्व सम्हाल्दै आएका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउने गरेका छन् ।

शक्तिकै लागि राजनीति गर्ने हुँदा जति नै उमेर ढल्किदै गए पनि शक्ति हस्तान्तरण गर्ने परिपाटी नेपाली राजनीतिक दलहरूमा दुर्लभ बन्दै गएको छ । न त शक्ति हस्तान्तरणको माग राख्न सक्ने हैसियतमा ती दलका अन्य कोही नेताहरू छन् । नेतृत्वसँग असन्तुष्टि बढ्दो भएपनि त्यसलाई विस्थापित गर्न अहिलेका दोस्रो पुस्ताले कुनै ल्याकत नै राख्न सकेको देखिँदैन । पार्टी नेतृत्वलाई विस्थापित गर्ने शक्ति नभएकाहरूसँग ओली, देउवा र प्रचण्डको दास भएर बस्ने अलावा अन्य विकल्प नै नभएको विश्लेषकको टिप्पणी छ ।

लोकतान्त्रिक अभ्यासमा पार्टीका नेतृत्व फाल्न महाधिवेशन नै कुर्नुपर्ने हुन्छ । तर, आफ्नै मात्र वर्चस्व कायम गरेका शीर्ष नेताहरूलाई दलका नेताहरूले अधिवेशनबाट पनि फाल्न सक्दैनन् । र फेरि अर्को कार्यकालका लागि त्यही नेतृत्वलाई दोहो¥याइन्छ । भाषणबाजीमा नयाँ पुस्ता पनि चाहिन्छ भन्दै उमेर हदको कुरा उठाउँने नेताहरू नै पछि दोस्रो पुस्तालाई पन्छाउन लागी पर्ने गरेका छन् । युवालाई प्रोत्साहन गर्दै उनीहरूको सहभागितामा जोड दिन नसक्दा वृद्ध अवस्थामा पुगेका यिनै ज्येष्ठ शीर्ष नेतृत्वको मिलिभगतमा बाहिर आएका सबै भ्रष्टाचार काण्डको संरक्षण भइरहेको स्पष्ट छ । जबसम्म शीर्ष नेतृत्वबाटै भ्रष्टाचारीलाई संरक्षण गर्ने काम हुन्छ तबसम्म यस्ता काण्ड आउने र जाने भइरहने जानकारहरु बताउँछन् ।