Breaking

प्रचण्ड सरकार ढाल्न ओली सडकमा आउने, सत्ता ढले ओली प्रधानमन्त्री(भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय सभामा सत्ता गठबनधनले भाग नदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको अर्कमण्यताविरुद्ध जुनसुकै बेला पनि आन्दोलनमा जान सकिने अभिव्यक्ति दिए । एकातिर मन्त्रीहरुले नै काम गर्न नसकेको स्वीकार गरिरहेका छन् । यति ठूलो मुद्दा पाउँदासमेत जतिसुकै आन्दोलन घोषणा गरे पनि व्यवहारमा एमालेले आफ्नो धर्म निभाउन सकेको छैन । एमाले आखिर के चाहन्छ ? जसका लागि अहिले फेरि उसलाई आन्दोलनको आवश्यकता प¥यो ?
राष्ट्रिय सभामा सत्ता गठबन्धनले भाग नदिएपछि १२ दिन गुपचुप बसेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार एक्कासी आक्रोशित मुद्रामा देखिए ।

गठबन्धन फुटाउन गरेका सबै प्रयास फेल भएपछि राष्ट्रिय सभा निर्वाचनलाई हतियार बनाएर बिग्रह ल्याउने मिसनले पनि सफलता पाएन । १२ दिनपछि बल्ल सार्वजनिक मञ्चमा देखिएका ओलीले गठबन्धनको गोत्र निकम्मा, जात देशद्रोही नामाकरण गरिदिए ।

सामान्य आँखाले हेर्दा ओलीका यी अभिव्यक्ति जति सामान्य लाग्छन् त्यसको अन्तर्य त्यति नै गहिरो छ । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा एमालेले देशमा मध्यावधिकै औचित्य पुष्टि गर्न खोजेको थियो । बिहीबारको अभिव्यक्ति पनि त्यसैको निरन्तरता हो । अहिलेको सरकारलाई निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षकको संज्ञा दिएका उनको देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बोलीमा दम छ ।

किनभने १२ दिन चुपचाप बसेका ओलीको अभिव्यक्ति यस्तो अवस्थामा आएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा व्यस्त छन् । ओलीको रणनीतिलाई सुुक्ष्म विश्लेषण गर्दा यही अवधिमा आन्दोलनको घोषणा गर्नसक्ने बुझ्न सकिन्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ कुरेर नबस्ने र तीन चार दिनकै सूचनाका आधारमा आन्दोलनमा जानुपर्ने भन्दै तयार रहन पार्टी पंक्तिलाई उनले निर्देशन दिए ।

सरकार सुस्ताउँदा जुरुक्क उठ्नु पर्ने प्रमुख प्रतिपक्षी एमालेले नै सरकारका पछिल्ला विवादास्पद क्रियाकलापमा मौन सर्मथन जनाएको सन्देश दियो । विरोध गर्नुको साटो बरु राष्ट्रिय सभा चुनावमा सिट मोलमोलाइकै तहसम्म अग्रसर भएको थियो । यसरी आफ्नो राजनीतिक भूमिकामै प्रश्न उठ्न थालेपछि ओली र्जुमुराएको हुनसक्छ । गठबन्धनसँग भाग खोजेपछिको १२ दिनको अवधिमा आँधीअघिको शान्त समुद्रझै आफू चुपचाप बस्दा गतिविधिविहीन फिक्का राजनीतिलाई एमालेले नजिकबाट नियालिरहेको थियो । यसक्रममा उसले प्रतिपक्षी मौन बस्दा राजनीतिमा कुनै चहलपहल नहुने बुझ्यो । जसले उसलाई यो सरकारविरुद्ध धावा बोल्दै फेरि सरकारमा पुग्नका लागि यो सही समय हो भन्ने निश्कर्षमा पु¥याएको छ । फलतः एमाले अध्यक्ष ओलीले यसको संकेत गरिसकेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले सरकारको विरोध गर्नु स्वभाविक भएपनि सत्ता पक्षमै आफूले गरेका कामको सन्तुष्टि छैन । उपप्रधानमन्त्री नै सरकारका कामकारवाहीमा सन्तुष्ट छैनन् । अहिलेसम्म सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका उनले अब पनि सरकारलाई बर्बराएर बस्ने छुट नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ ।

अहिलेको परिस्थितिमा निष्पक्ष आँखाले हेर्दा सत्ता र प्रतिपक्ष कसैले पनि आफ्नो जिम्मेवारी पूरा गरेका छैनन् । प्रधानमन्त्रीको अघि पर्दा सबै ठिक देख्ने र जनता देख्दा चाहेजति गर्न नसकेको स्वीकार गर्ने मन्त्रीहरुको चरित्र र कोठे बैठकमा भाग खोजेर महत्वपूर्ण मुद्दामा शशक्त प्रतिवाद गर्न नसक्ने प्रतिपक्षको दोधारे चरित्र यी दुवै देश र जनताका लागि घातक छन् । मन्त्रीहरुको आत्मरतीका बिच ओलीको अभिव्यक्ति सेलाएको राजनीतिलाई गर्माउने र पार्टीका कार्यकर्तामा प्राण भर्न खोजेर प्रतिपक्षमा बस्दाको छटपटी भन्दा फरक अर्थमा बुझ्नु देश सिंगापुर बन्नु जस्तै हो ।