Breaking

एमालेलाई सत्ता गठबन्धनको धोका ! प्रचण्डले किन जिस्काए ओलीलाई ?

किन फेल भयो एमालेको रणनिति ?


काठमाडौँ – अन्तत राष्ट्रिय सभा निर्वाचन केन्द्रीत महागठबन्धनको प्रयास फेल भएको छ ।

महानता देखाएको भन्दै एमालेलेलाई समेत भाग दिने प्रधानमन्त्री प्रचण्डको तयारीका विच देउवा समेत तयार भएका थिए । त्यसलाई संसद सन्चालन र केहि विधेयकसंग साट्न खोजिएको प्रचण्डको तर्क थियो । तर माधव नेपाल त्यसको विपक्षमा रहँदा प्रतिपक्षी विहिन अभ्यासमा दलहरु लागेको आरोप सत्ताघटक दलका नेताहरुमाथि थियो ।

सबै सिट जित्ने भन्दै गठबन्धन गरेकैहरु जित निश्चित भएको निर्वाचनमा एमालेलाई भागबन्डा गर्न तम्सिएपछि केहि दिन नेपाली राजनीतिमा उदेक र अचम्म एकैचोटी भयो । त्यसका लागि ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति दिइसकेको पुष्पकमल दाहाल प्रचण्डको दाबी थियो ।

एमालेले शून्यमा नझार्दिनुस भनेर बिन्ति गरेपछि मन पग्लिए झै प्रस्तुत भएका प्रचण्ड महागठबन्धन आवश्यक रहेकोमै प्रष्ट थिए । संसद सञ्चालन गर्न, संक्रमणकालीन न्याय टुंग्याउन र लोकतन्त्रको रक्षा गर्न पनि एमालेसँग मिल्नुको विकल्प नरहेको उनको तर्क थियो ।

संसयपूर्ण उनको महानताले सत्तागठन्धनभित्र खटपट सुरु भईसक्दा यसअघि प्रतिपक्षी दललाई लेखा समितिको सभापतिमात्र दिने परम्परा रहे पनि एमालेलाई तीन समितिको सभापति दिएको उदाहरण प्रस्तुत गरिहेका थिए । यो संसद चलाउन र विधेयकलाई अघि बढाउन सजिलो पार्ने रणनीति रहेको उनको तर्कका बिच प्रचण्डले चुनावअघि र चुनावपछिको परिस्थितिको मूल्यांकन गर्न पनि गठबन्धनलाई सुझाए । तर राष्ट्रिय शक्ति निर्माणको प्रचण्ड मन्त्र गठबन्धन परिवर्तनको आधार बन्दै आएका विगतका उदाहरणबाट कांग्रेसभित्रै आशंका देखिँदा माधव नेपाल मात्रै यो प्रयासको विपक्षमा उभिदै आए ।

एमालेलाई समेट्न नहुने उनकै अडानकै कारण यस सम्बन्धमा छलफल गर्ने ध्येयले बसेका गठबन्धनका बैठकहरू बिना निष्कर्षपूर्ण बने । तर त्यसलाई जसैगरि अघि बढाउने सत्ता गठबन्धन केहि नेताहरको प्रयासकाविच ठुलो कुरा गरेको भन्दै एमालेलाई भाग नदिने निर्णयमा सत्ता गठबन्धन पुगेको छ ।

मागेको भाग पाउने विषयमा केहिदिनसम्म एमाले अध्यक्ष केपी शर्मा ओली नै कन्भिस थिए । यहि कारण आफै बैठकमा सहभागी भएका उनी त्यति नभए गठबन्धनमा अविश्वास उत्पन्न गर्नसम्मको रणनितिमा देखिन्थे । तर आफूले सोच जसरी परिस्थिती अघि नबढेपछि एमाले खाली हुन लागेको १९ ओटै स्थानमा उम्मेद्वारी दिने ठाँउमा पुगेको हो ।

यो अवस्थामा आउनुमा कम्युनिष्ट एक हुने वातावरण बन्न लागेको कांग्रेसको बुझाईलाई समेत एक कारण मानिएको छ । जहाँ भारतीय विदेशमन्त्रीको भ्रमणका वेला सम्झौता आलोचनाको शिकार भए । त्यस वारे आफूसंग छलफल नभएको भन्दै एमाले रुष्ट सुनिदा एक त दान लिए जस्तो हुने,अर्कातर्फ विधेयकहरु भागवण्डामा मिलेको सन्देश जाने डरमा एमाले थियो । त्यस्तै ४ ओटाभन्दा माथि दिनसक्ने अवस्थामा सत्ता गठबन्धन नरहँदा मत जोगाउन भएपनि सवैपदमा उम्मेद्वारी दिनुपर्ने एमालेभित्रै पनि माग वलियो थियो । हुन पनि सातै प्रदेशको अंकगणित अनुसार सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएमा कांग्रेसले १९ मा १७ सिटमा जित हासिल गर्ने देखिन्छ ।

बाँकी दुई सिटमा एमाले निर्वाचित हुने अवस्था छ । यहि कारण उसले देखाएको चासो समेत जानकारी लिन र त्यसैमा खेल्न सकिने भन्दा माथि नभएको दावी गर्नेहरु समेत छन् । नत्र कांग्रेसलाई नै अफर गर्ने बाटोमा ओली किन अघि बढे भन्ने प्रश्न उब्जिदा एमाले देखिदाँ भने एमाले एक चोटि प्रयोगको अश्त्र भएको छ ।

हुन त एमालेले अघि नै उम्मेद्वारी घोषणा गर्नुलाई सत्ता गठबन्धनले कारण बनाएको छ । एमालेले भने गठबन्धनले निर्वाचनमा सहकार्यका नाममा एमालेलाई अलमल्याउन खोजेको र मिडिया ट्रायल गरी बदनाम गर्न खोजेको निचोड निकालेको छ । तर किन एमालेलाई जिस्काउने मात्रै काम गठबन्धनले गर्यो ? प्रश्न यहि छ ।

केहि विश्लेषकहरुले भने आफूले चाहेको फुटको संकेत नदेखेपछि एमाले आफै पछि हटेको रुपमा यसलाई हेरेका छन् । तर मुख्यकुरा त टिआरसी देखाएर गत भदौमा तीन ओटा संसदीय समितिको सभापति हत्याएको एमालेमाथि सत्ता गठबन्धनको आशंका थियो । त्यहि कारण संसदको कानुन समितिमा यसलाई अघि बढाँउने भन्दै समिति वैठक समेत आह्वान गरिएको थियो । तर ओली त्यसका लागि तयार भएनन् भने सहमती त्यहिबाट भाडिएको निष्कर्षमा गठबन्धका दलहरु पुगेका थिए । जसलाइ एकल उम्मेद्वारी घोषणा गरेको एमालेले अनुमोदन गर्यो भने सत्ता गठबन्धन पनि आफ्नै बाटो हिडेको हो