समाचार

देउवाले टुक्राए ओलीको अफर, मिल्लान् प्रचण्ड–ओली ? जुधेका ओली गठबन्धनको शरणमा (भिडियोसहित)


काठमाडौँ — राष्ट्रियसभा सदस्य निर्वाचन आफ्ना लागि नौलो अवसर बन्ने आशामा रहेको नेकपा एमाले युद्धस्तरमा जुटिरहेको छ ।आफ्नो फाइदाका लागि सत्ता गठबन्धनले नै केही अंश दिने बताएपछि हौसिएको एमालेले कम्तीमा अविश्वास सिर्जना गर्ने रणनीतिलाईफुटतर्फ अघि बढाउने सपना देखेको छ । त्यसका लागि कांग्रेसलाई अफर गरेको उसले माओवादीले कांग्रेसलाई साइजमा ल्याउन आफूलाई प्रयोग गर्न खोजेको विश्वास दिलाउनसक्ला त ?

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका साना दलमात्रै तान्न पाए गठबन्धनमा अविश्वासको बिउ रोप्न सकिने आशमा रहेको एमाले अहिले हौसिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै एमालेले पनि सिट बाँडफाँटमा चासो राखेको विषय कांग्रेसलाई बताएपछि एमालेले नयाँ सपना बुन्न थालेको हो । जसलाई एकातर्फ कांग्रेसविरुद्ध नयाँ कार्डको संज्ञा दिनेएमालेले भित्रभित्रै भने कांग्रेसलाई अफर नै गरिसकेको छ । एमालेले राष्ट्रियसभामा पहिलो दल नेपाली कांग्रेससँगै साझेदारी चाहेको छ । स्रोतका अनुसारउसले एक मनोनीतसहितका २० मध्ये सात सिटमा एमालेको उम्मेदवारी रहने गरी प्रस्ताव पठाएको छ । तर, सो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत देखिएका छैनन् । फलत ः अहिले सत्ता गठबन्धनको भागवण्डा कुरिरहेको एमाले गठबन्धनको पनि भोट तान्न सक्ने उम्मेदवारको खोजीमा देखिन्छ । कतिपयले यसलाई सबै रणनीतिमा फेल भएको एमाले आफैँले भाग खोजेर गठबन्धनमा पस्न खोजेका रुपमासमेत बुझेका छन् । माओवादी र कांग्रेससंग छुटाछुट्टै वार्ता गर्नु त्यसैको उपज भएको उनीहरुको दाबी छ । त्यस्तै कांग्रेस भित्र द्वन्द्व ल्याउन नखोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइलाई पनि सांकेतिक रुपमा कांग्रेसकै सहानुभूति तान्ने अस्त्र भएको उनीहरु बताउँछन् । यता माओवादी पनि शान्ति प्रक्रियाको बाँकी कामसहित अहिले व्यवस्थामाथि प्रश्न उठिरहेको अवस्थामा सबैलाई समेटेर जानुपर्ने भन्दै एमाले भित्र्याउने खेलमा छ । उता कांग्रेस यसैपनि अफर गरेको एमाले आए राष्ट्रिय सहमतिकै अवस्था देखिने नत्र पालो मिच्न खोजे प्रचण्डलाई तह लगाउन पाइने आशामा छ । फलत ः केही एमाले नेताहरुले माओवादीबाट ‘प्ले’ गराइएको (कु) सूचनाको अरु कुनै प्रयोजन नभएको पनि दाबी गर्दा ओली निकट नेताहरुले भाग दिए एमालेलाई लिन कुनै समस्या नरहेको कुटनीतिक जवाफ दिएका छन् ।

हुन त राष्ट्रिय सभा दलीय सिण्डिकेटको ठाँउ बन्न लागेको भन्दै चिन्ता जनाँउदै आएका छन् । व्यवस्थाको हिमायती ठान्ने नै सरकारमा रहेका बेला यसलाई कसरी व्यवस्थापन गर्छन् भनेर प्रचण्डलाई उचाल्नेहरुसमेत छन् ।तरसरकार निर्माण नहुने तथा प्रतिपक्षी आवाज खरो नचाहिने राष्ट्रिय सभा दलीय प्रतिनिधित्वको थलो नबनेपछि केही फरक नपर्ने तर्क गर्नेहरु पनि छन् । जहाँ माओवादीले चाहेको राष्ट्रिय सभाको अध्यक्ष र कांग्रेसले चाहेको ठूलो भागलाई सम्भव तुल्याउन कांग्रेस माओवादी एक अर्कालाई दवावमा राख्नै पर्ने मनस्थितिमा छन् । यता एमाले भने कम्तिमा सत्ता गठबन्धनले दान गर्न खोजेको सिट पाइहाल्ने अवस्था रहँदात्यही दानलाई उनीहरुविरुद्ध नै प्रयोग गर्ने बाटोमा देखिन्छ । त्यो सफल नभए कांग्रेसभित्रबाट बागी उम्मेद्वारको पहलसम्म हुन सक्ने एमाले कोशी विद्रोह झै देउवा यसलाई पनि पचाउन बाध्य हुनुपर्ने बुझाइमा छन् । अर्कातर्फ यो शेखर र एमालेको सम्भावित सहकार्यलाई देखाएर गठबन्धनमा भएको पूर्वसहमतिविपरीत देउवालाई प्रधानमन्त्री बनाउन गरिएको खेल त हैन भन्ने आशंका गर्ने ठाँउसमेत छ ।

हुन त देउवाको मौनता नै गठबन्धनको प्राण हो । प्रचण्डसँग सिघौरी नै खेल्न सक्ने सिङ एमालेसँग छैन । फलत एमाले ः प्रचण्ड–देउवाले एक अर्कालाई दवाव बनाउन, आफूलाई खेलाउन लागेको बुझाइका साथ झिनो आशामा छ । तर अन्तिममा कोशीकोझै आफैँ विजेता हुने खेलमा देउवा प्रचण्ड लागे एमालेको हैसियत राष्ट्रिय सभामा माओवादीको भन्दा तल हुनेछ । यही कारण धेरै जोखिम मोली हाल्न सक्ने अवस्थामा एमाले छैन ।