Breaking

झनझन आक्रोशित युवा, सिंहदरबारमै खोले कपडा, उछालियो बालकुमारी घटना, मन्त्री ज्वाला र श्रेष्ठलाई होला छानबिन ?


काठमाडौँ – प्रहरीले बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको बालकुमारी घटना झनझन पेचिलो बन्दै गएको छ । अहिले नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् भने छानबिनले सुईको दिशासमेत परिवर्तन हुनसक्ने अवस्था छ ।

संसदीय समितिले आईजीपीदेखि मन्त्रीसम्मलाई प्रश्नको घेरामा ल्याउँदा नागरिकस्तरमा यसैपनि चर्को आक्रोश छ । आखिर किन समाधान खोजिनेभन्दा उचालिँदै छ यो विषय ?

तीन जना युवाले युवा मार्न पाइँदैन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि नै नाराबाजी गरे । सोमबार अपराह्नप्रवेश पास लिएरसिंहदरबार छिरेकानेकपा माओवादी क्रान्तिकारी निकट दिपेन्द्र ऐरी, पदम हमाल र आकाश कार्कीले अर्धनङ्ग नै भएर प्रदर्शन गरे ।

यो त बालकुमारी घटना सेलाउने भन्दा अझ तातिँदै गएको प्रतिनिधि घटना मात्रै भयो । उक्त घटनाका नयाँ दृश्यहरुको पटाक्षेप हुँदाछानविन समितिले मत्थर पार्ने सरकारको आशा विपरीतको दृश्य सिर्जना भइरहेको छ ।

सरकारलेघटनामा संलग्न भएको भन्दै केहीलाई निलम्बन र केहिलाई कारबाहीदेखि छानविन समिति र त्यो भन्दामाथि उच्चस्तरीय न्यायिक छानविन समिति बन्न पुगेको छ ।

यताप्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आईजीपीदेखि गृहमन्त्रीसम्मलाई प्रश्नको घेरामा ल्याएको छ ।

त्यस्तै सत्ता र गठबन्धन नै गएपछि पछाडि नहट्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अघि बढेको खबरहरु समेत बाहिरिएका छन् । तर विषय भने समाधानभन्दा अझ उचालिनतर्फ अघि बढेको छ । त्यसको मुख्य कारण त गाडी जलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बोली र कार्यमा देखिएको भिन्नता बनेको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले मन्त्री ज्वाला त्यहाँ नगएको भए यो घटना नै नहुने बताएपछि सरोकार नै नभएको भन्दै तर्किन खोजेको मन्त्री प्रश्नमा तानिएका छन् ।

जसले मन्त्री ज्वाला परिस्थितिको आकलन नै नगरी पार्टी कार्यालय गएको पुष्टि हुदाँ उनले फेरेको बोली नै रहस्यमय बनेको छ । यता संसदीय समितिले पनि उक्त घटनामाश्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने निर्णय नै गरेको छ ।
पीएसओले नजाँऔँ भन्दाभन्दैमन्त्रीले आन्दोलन भएको ठाँउमा गएको कांग्रेस महामन्त्री गगन थापाको आरोपले यो विषय अझ सनसनीउन्मुख छ । त्यस्तै तीन मन्त्रीमाथि छानविन हुनुपर्ने उनको भनाईका बिच अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि यस्तै प्रश्न उठाएका छन् ।

सत्तारुढ दलकै नेताको यो भनाईले माहोल बिथोलिने खतरा बढ्दा कांग्रेस यो घटनालाई सरकार गलाउने अस्त्रका रुपमा प्रयोग गर्न अग्रसर रहेको प्रष्ट छ । त्यस्तै मन्त्री पनि फेर्न नदिने र घटनामा संलग्नलाई निलम्बन गर्दासमेत प्रश्न उठाउने सभापति शेरबहादुर देउवाको कदमले आफू चाहिँ केही नगर्ने तर प्रचण्डलाई तह लगाउने रणनीति त हैन भन्ने प्रश्नसमेत उठेको छ । त्यस्तै एजेण्डाविहिन प्रतिपक्षीलाई यसले एजेण्डा मिल्दा अराजकता मच्चाउन पाए व्यवस्थामाथिको प्रश्न अझ बलियो हुने आशामा केही देखिन्छन् ।

सही किसिमले व्यवस्थापन र सत्यत्थ्य छानविन गर्ने भन्दा राजनीतिक रंग मिसाउने र विषयान्तर गरेर फाइदा उठाउन यस्ता शक्तिहरु लागि पर्दा नयाँ भनिएका दलहरुसमेत यसलाई सहानुभूतिको अस्त्र बनाइरहेका छन् । फलत : यो घटना निराकरणभन्दा अझ उचालिँदा पीडित परिवार नै प्रयोगको अस्त्र मात्रै बन्ने खतरा बढेको छ ।

हुन त दुई युवाले अनाहकमा ज्यान गुमाएको विषय गम्भीर नै हो । यस घटनामा उठेका आवाजसही छानविनका लागि पवित्र नियतले उठेका पनि छन् । जसले सरकारलाई सत्यतथ्य छानविनका लागि बाध्य बनाउने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने अवस्थामा सिर्जना गर्नसमेत सहयोग पुग्ने छ । तर घटनाक्रम झनझन गिजोलिनुले धमिलो पानीमा माछा मार्ने प्रयास त भइरहेको छैन भन्ने आशंका जन्माउँदा त्यसको उचित विश्वासिलो जवाफ दिने काम पनि सरकार कै हो ।