Breaking

युद्धको वर्ष बन्यो २०२३, विश्वयुद्धको झल्को, गरिबी र महँगी आकासियो, नयाँ वर्ष कस्तो ?

द्वन्द्वमै बित्यो २०२३


काठमाडौँ – सन् २०२३ विश्वभर नै द्धन्द्ध र आक्रमणका घटनाले अछुतो रहन सकेन । यो वर्ष प्राकृतिक विपद् र मानव सिर्जित विनाशका कारण त्रास देखियो ।

अमेरिकामा गोली कान्डका अनेकौँ घटना पनि भए । समग्रमा सन् २०२३ मा विश्वभर केकस्ता घटना घटे त?

सन् २०२३ विश्वभर नै द्धन्द्ध र आक्रमणका घटनाले आक्रान्त बन्न पुग्यो । शक्तिराष्ट्रहरुको टकराब र सित युद्धले थप उचाई लियो । फलतःविश्वमा घटेका बिभिन्न घटनालाई आम नागरीकले झन्डै–झन्डै विश्व युद्धको रुपमा समेत विश्लेषण गरे । रूस–युक्रेन युद्ध र इजरायल–हमास युद्धका कारण सन् २०२३ मा विश्वमा भूराजनीतिक त्रासदी बढ्यो । यसले तेस्रो विश्वयुद्धको खतरा समेत निम्त्याउन सक्ने कोणबाट टिकाटिप्पणी भयो । यो वर्ष प्राकृतिक विपद् र मानव सिर्जित विनाशका कारण संसारभरनै तवाई मच्चियो ।

रूस–युक्रेन युद्ध र इजरायल–हमास युद्धका कारण यो बर्ष शक्ति राष्ट्रहरुले अतुलनिय क्षति व्यहोरे । ठूलो धन जनको क्षति हुदा प्रतक्ष्य–रुपमा त्यसको प्रभाव नेपाल सम्म पर्‍यो । इजरायल हमास युद्धमा १० नेपालीले ज्यान गुमाउँदा, रुस युक्रेन युद्धमा पनि नेपाली मारिने क्रम अझै रोकिएको छैन । यसले युद्धरत देशमात्रै नभएर प्रतक्ष्य–अप्रतक्ष्य रुपमा विश्वकाअन्यदेश पनि द्धन्द्धबाट अछुतो रहन नसकेको देखाएको छ ।

सन् २०२३ मा के–के भयो ?

– अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि जारी आक्रमण गाजामा ठुलो जनधनको क्षति भया,े सो युद्धले विश्वजगतनै प्रभाबित हुन पुग्यो । युद्धमा झन्डै २० हजार प्यालेस्टिनीको मृत्यु भइसकेको छ । भने दशौँ हजार घाइते भएका छन् । २३ लाख बासिन्दामध्ये ९० प्रतिशत विस्थापित भइसकेका छन् । जारी युद्धमा घाइतेको संख्या हजारौँ पुगेको छ भने २४० जनालाई हमासले बन्धक नै बनायो । सो युद्धमा १० नेपाली युवाले ज्यान गुमाए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझैअज्ञात छ ।

–रूसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि गरेको आक्रमण अझै जारी छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्धलाई जारी राख्न विश्वभरबाट आर्थिक सहायता लिईरहेकाछन् ।युक्रेनी युद्धमा भएको जनधन क्षतिबारे ठोस तथ्याङ्क आएको छैन । तर संयुक्त राष्ट्र संघका अनुसार युद्धमा १० हजारभन्दा धेरै युक्रेनी नागरिकको मृत्यु भएको छ । युद्धमा अहिलेसम्म ४ लाख युक्रेनी र रुसी सेनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय समाचार संस्थाले उललेख गरेका छन् ।

– फेब्रुअरी ६ मा टर्की र छिमेकी देश सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएको परकम्पमाले धेरुे मानविय क्षति हुन पुग्यो । भुकम्पमा परेर ६७ हजारभन्दा धेरै मानिसको मृत्यु, हजारौँ घरमा क्षति पुग्यो । त्यहाँ ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसलगत्तै गएको ७.७ रेक्टर स्केलको परकम्पका कारण भएको थियो । यो सन् १९३९ यता टर्कीमा आएको सबैभन्दा ठूलो भूकम्प थियो ।

– अमेरिकामा पछिल्लो समय गोली काण्डले सन्त्रास फैलाएको छ । जनवरीमा क्यालिफोर्निया मोन्टेरे पार्कमा ७२ वर्षका बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भयो भने अन्य ९ जना घाइते भए । त्यस्तै, सन् २०२३ को मार्चमा नाशभिलमा एउटा प्राथमिक विद्यालयमा सामूहिक गोलीकाण्ड भयो । एक पूर्व विद्यार्थीले गोली चलाउँदा ९ वर्षको तीन बालबालिकासमेत ६ जनाको मृत्यु भयो । गोली चलाउने व्यक्तिलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारेको थियो ।

–क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडोले यही वर्ष क्यानडामा खलिस्तानी पृथकतावादी नेता हरदीप सिंह निज्जारको हत्या मामिलामा भारत सरकारको संलग्नताको दाबी गरेपछि दुई देशको कूटनीतिक सम्बन्धमा दरार आयो ।

दुई देशको टसलले आफ्ना कुटनितीक तथा अन्य महत्वपूर्ण सम्बन्ध समेत टुट्न पुग्यो । दुई देशबिचको सम्बन्धमा तिक्तता बढ्दै गएपछि भारतले केही क्यानडेली कुटनीतिज्ञहरुलाई देश निकाला ग¥यो भने क्यानडामा भिसा सेवा नै रोकिदियो । जुनमा गुरुद्वाराबाहिर दुई अपरिचित व्यक्तिले निज्जारको गोली हानेर हत्या गरेका थिए । ट्रुडोको आरोपपछि भारतले यसको खण्डन गरेको थियो ।

– २०२२ र २०२३ पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका लागि अप्रिय घटना घट्न पुग्यो । बारम्बार उनि बिभिन्न बिबादमा तानिए । अप्रिलमा अविश्वासको प्रस्ताव पारित भएपछि उनी प्रधानमन्त्रीको कुर्सीबाट हट्नु प¥यो । उनी तोशाखाना मामिलामा पक्राउ परेर जेल चलान भए । प्रधानमन्त्रीको कुर्सीमा रहँदा उनले पाएको महँगो उपहार बेचेर खल्तीमा दाम हालेको आरोप थियो ।