Breaking

बिरामीको गाँसदेखि युवाको श्वास खोस्दै प्रचण्ड सरकार, सत्ता जोगाउन निरीहताको हद, चौतर्फि प्रश्नै प्रश्न

श्री ६ बन्दै प्रचण्ड !


काठमाडौँ – आफ्नो एक वर्षे कार्यकाल पुगेको दिनमा नै अब ठूलो धक्का दिएर अघि बढ्ने बताएका प्रधानमन्त्री प्रचण्ड सरकारको गतिविधिले हर कोहीलाई निराश बनाएको छ ।

विरोधीलाई ठेगान लगाउन फाइल खोल्ने र सत्ता जोगाउन फाईल बन्द गर्ने परिपार्टीले प्रचण्ड सरकारको नालायकीपनले हद पार गरेको छ ।

सर्वहारा वर्गको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड नै सरकारको नेतृत्वमा छन् । तर, जनताले भने सरकार आफ्नो अभिभावक भएको अनुभव नै गर्न सकेका छैनन् ।

प्रचण्ड र उनको मन्त्रीमण्डलमा बसेका मन्त्रीहरू यतिसम्म निकम्मा भएका छन् कि नागरिकको घाउमा मलम लगाउनु त परको कुरा उल्टो हुँदै नभएको शरिरमा चोट दिएर, कोतरी कोतरी घाउँ बनाई नुन चुक दलिरहेकाछन् ।

सरकारले आफ्ना नागरिकलाई गर्ने व्यवहार बैरीमाथि गर्ने ज्यादती भन्दा पनि निर्मम छ । नातावाद, कृपावाद र भ्रष्टाचारको आहालमा डुबेर जनतालाई देशमा टिकीखान नदिएका शासकहरुले अहिले दिनदाहाडै सडकमा गोली ठोकेर जनतालाई शोलीमा चढाउन थालेकाछन् । यो क्रुरताको पराकाष्ठ हो ।

बाध्यताले भोको पेटका लागि विदेशीको गुलाम बन्न जान्छु भन्दा जनताका छोराछोरीले तातो गोली खानु पर्ने अवस्था आउनु दुर्भाग्य हो । इजरालमा गए हमासले, रसिया गए युक्रेनले, युक्रेन गए रसियाले, खाडी गए श्रम शोषणले र देशमै बसे सरकारकै तातो गालीबाट नेपाली जनता मर्न बाध्य छन् । परिवरको जिम्मेवारी र ठूलो सपना बोकेर घरबाट हिडेका सुजन राउत र विरेन्द्र शाहले संसार छोड्नु परेको घटना पछिल्लो एक उदाहरणमात्रै हो ।

श्रम गर्नकै लागि विदेश जान पाउँ भन्ने युवालाई दिन दाहाडै गोली हानी बीच सडकमा ढाल्न पनि सरकार हिच्किचाउदैन । तर, उही सर्वहारा वर्गको भोट पाएर परिवारका लागि मात्रै प्रधानमन्त्री बनेको जस्तो देखिएका प्रचण्ड लाजै पचाएर आफू नेतृत्वको सरकार सबैभन्दा बढी श्रमिकमैत्री भएको भ्रम छरिरहेकाछन् ।

राणा शासनलाई अहिले पनि हामी क्रूर र तानाशाहको उदाहरणको रुपमा चित्रित गर्छौ । तर यो सरकारको नेतृत्व गर्ने प्रचण्ड र उनको मन्त्रीमण्डलले राणा शासनलाई पनि माथ खुवाउने घट्नाहरु घटाईरहेकाछन् ।
गरीब मजदूर र जनवर्गीय जनताको भोट लिदै सत्ताको रसपान गरिरहेको अहिलेको प्रचण्ड सरकार युवालाई मात्रै होइन, असक्त गरिबको पेटमा पनि लात हान्न उद्दत छ ।

आम जनताले अपनत्व गरेको देशकै पहिलो अस्पताललाई पनि स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्नो मान्छेको भर्ती केन्द्रमा परिणत गरिरहेका छन् । वीर अस्पतालको स्थापनादेखि नै बिरामीलाई उपलब्ध गराउँदै आएको खाजामा समेत यो सरकारको कूदृष्टि पर्दा गरिबको गाँस खोसिने स्थितिमा पुगेको छ ।

सरकारको कामप्रति आम नागकिरले मात्रै असन्तुष्टि जनाईरहेका छैनन् । सत्ता पक्षकै नेतासमेत प्रचण्ड नेतृत्वको कार्यशैलीप्रति क्रूद्ध बन्दा बालुवाटारबाट खुमलटार पुग्ने दिन नजीएको टिप्पणी हुन थालेको छ ।

आफ्नै नागरिकलाई पनि शरणार्थी बनाउने मुख्य गिरोहहरूलाई राजनीतिक संरक्षण दिने र ललिता निवास सुन काण्डमा पनि सत्ताको दुरुपयोग गर्दै सरुवा गर्ने रवाफले गृह मन्त्रालयको नियत स्प्रष्ट भईसकेको छ । एनसेल शेयर खरिद बिक्री प्रकरणमा छोरी गंगा दाहालको हस्तक्षेप सतहमा नै आउँदा पनि प्रचण्डको पुत्री मोह छताछुल्ल भएको छ ।

नक्कली भुटानी शरणार्थी काण्डमा देउवालाई पत्नी मोहले लपेट्दा स्वार्थ सिद्धमा बनेको सरकारको उद्देश्य पनि छर्लङ्ग बनेको छ । आफ्नो विरोधीलाई ठेगान लगाउन फाइल खोल्ने र आफ्नो सत्ता जोगाउन फाइल बन्द गर्ने पारिपार्टीले दण्डहीनता र बेथिती उदाङ्गिएको छ ।

अहिले १९ वर्षे वयस्क गणतन्त्रको निर्वस्त्र नाच हेरिरहेको निर्लज्ज वर्तमानमा सानालाई ऐन ठूलालाई चैन भएको छ ।

विदेशी संरचना र दलालहरुलाई विश्वास गर्दा राज्यले आफ्नै नागरिकहरू प्रति काम गर्ने त परै जाओस् समवेदना समेत प्रकट गर्न छाडेको छ ।

अराजक मौलाएको भन्दै टिकटकमा प्रतिबन्ध गरेको नालायक सरकार युवाको ज्यानको किमत १० लाख निर्धारण गरेर परिवारको खुशी किन्न खोज्दै छ । मन्त्री ज्यू सबै नेपाली तपाईंहरू जस्ता भाग्यमानी पनि हुँदैनन् । कि सिटामोल खानकै लागि पनि राज्यको ढुकुटीमा ब्रह्मलुट गरि सिङ्गापुर र स्विट्जल्याण्डमा पुग्न सकुन् ।

उनीहरूको नसीबमा यहीं तपाईंहरू र सिस्टमले खोक्रो बनाएको अस्पतालमा स्वास्थ्योपचार लिने बाहेक अन्य विकल्प छैन । जनताको रगत पसिनाको करबाट जम्मा भएको राज्यकोष रित्याएर विदेश सयर र सम्धि भेटमा जाँदा हेलिकप्टरको राजकीय ठाटमा हिड्ने नेता मन्त्री ज्यु शताब्दी औं देखि दीन दुखीलाई दिँदै आएको अन्न खोस्ने र अराजकताको नाममा युवा मार्ने जस्ता क्रियाकलापले एक दिन पक्कै पनि तपाईंहरूलाई सराप्ने छ ।