Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

पाँच महिनापछि नेप्सेले पार गर्‍यो २१ सयको विन्दु, कारोबार रकम ६ अर्ब नजिक


काठमाडौँ — पाँच महिनापछि आज नेप्से परिसूचक २१ सय विन्दु पार गरेको छ। यसअघि गत साउन १५ गते २१०६.१८ बिन्दु पुगेको थियो। त्यसयता नेप्से पहिलोपटक २१ सय विन्दुमाथि उक्लिएको हो।

यसदिन नेप्से ४५ ९८ अंकले बढेर २१०६.४८ विन्दुमा बन्द भएको छ। मंगलबारको बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको तुलनामा आज कारोबार रकममा ८८ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१३ वटा धितोपत्रको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५३ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।यसदिन १० कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।

यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको इकाइ मूल्य सर्वाधिक ७।२६ प्रतिशतले घटेको छ । उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ३० पैसामा सीमित भएको छ।

यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ४.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३३० रूपैयाँ कायम भएको छ । मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५९४ रूपैयाँमा ३७ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५१५ रूपैयाँमा २८ करोड ७३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशतले बढेको छ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ प्रतिशतले बढेको छ।