Breaking

एक्लै फोहोर पन्छाउने बालेको अठोट, ३ वर्षमा खाँदा माला लगाउने योजना, के छ तयारी (भिडियोसहित)

फोहोरलाई मोहोर बनाएको खै ?


काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर बिर्सजन हुँदै आएको नुवाकोट र धादिङ सिमाना क्षेत्रका स्थानीयले स्वास्थ्यमा गम्भीर लापरबाही भएको भन्दै पटकपटक गुनासो गर्दै आइरहेका छन् । आफूहरू दिनहुँ फोहोरको डंगुर र दुर्गन्धले घेरिएर बस्न बाध्य भएको भन्दै उनिहरु सडक संर्घषमा पनि उत्रिने गरेका छन् । सरकारले पटक पटक स्थानियसगँ बिभिन्न आश्वासन बाड्दै सहमति गर्दे आएको छ । तर कार्यन्ययनमा भने चुकेको पाईन्छ ।

उपत्यकाको फोहोर व्यबस्थापन नभएसम्म फुलमाला नलगाउने उद्घोष गरेर चर्चामा आएका काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र साहले, अहिले बाँचा विर्सिदै गएकाछन् । उपत्यकाको फोहोर व्यवस्थापन छिट्टै हुन्छ भन्ने स्थानियलाई आश्वासन बाडेका साह बाचामा विमुख हुँदा, उनि प्रति स्थानीयको आक्रोश बढ्दो छ ।

लामो समयदेखि उपत्यकाको फोहोर बिर्सजन हुँदै आएको नुवाकोट र धादिङ सिमाना क्षेत्रका स्थानीयले स्वास्थ्यमा गम्भीर लापरबाही भएको भन्दै पटक–पटक गुनासो गर्दै आइरहेका छन् । आफूहरु दिनहुँ फोहोरको डंगुर र दुर्गन्धले घेरिएर बस्न बाध्य भएको भन्दै अब वारपार हुने गरी सडक संघर्षमा जाने स्थानीयको तयारी छ । यद्यपी स्थानीयले आन्दोलन छेड्ने तयारी गर्दै गर्दा महानगले भने फोहोर व्यवस्थापनमा आफुहरु सक्षम रहेको दाबी गरेको छ ।

२०६२ सालमा बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा काठमाडौंको फोहोर विसर्जन गर्न सहमति जनाएका स्थानीय विगतमा गरिएको तीनै सहमति कार्यान्वयन नहुँदा पीडित बनेका छन् । आफूहरु फोहोरको डंगुर र दुर्गन्धको पीडा भोग्न बाध्य भएको उनीहरुको गुनासो छ । १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमतिमा पुगेका स्थानीय सहमति कार्यान्वयन नभएपछि आक्रोशित भएका हुन् । फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा नं ३ चाउथे क्षेत्रका बासिन्दाहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ ।

यता काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका छन् । काठमाडौं महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उनको भनाइ छ ।

१८ बर्ष अघिदेखि उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा जथाभावी फालिदै आएको छ । यसकाकारण ल्याण्डफिल साइट नजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा न. १, २, ३ र धुनीबेंसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् । यो क्षेत्रका मानिसहरु बाह्रैमास रुघाखोकी, झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार भईरहेकाछन् । उनीहरुले भोग्नु परिरहेको पीडादायी अवस्थालाई राज्यले बेवास्ता गरिरहेको उनीहरुको आरोप छ । स्थानियलाई पटक–पटक आश्वासन बाड्न अघि सरेको महानगरले समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न तदारूकता देखाउन जरूरी छ ।