Breaking

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु हुँदै


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) को महाधिवेशन प्रक्रिया आजदेखि सुरु भएको छ ।

सात प्रदेशका सात वडाबाट आज अधिवेशन सुरु गरिँदैछ। सात ठाउँका वडा अधिवेशन सुरु गर्न केन्द्रीय नेता खटाइएको रास्वपाले जनाएको छ ।

कैलालीको टीकापुर नगरपालिका . १ मा सहमन्त्री विपिनकुमार आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका ६ मा संगठन विभाग सचिव शंकर श्रेष्ठ, बुटवल उपमहानगरपालिका १३ मा कोषाध्यक्ष लिमा अधिकारी खटिएका छन् ।

यस्तै, पोखरा महानगरपालिका(१० मा प्रमुख सचेतक सन्तोष परियार, भरतपुर महानगरपालिका(११ मा महामन्त्री मुकुल ढकाल, बारा जीतपुर सिमरा उपमहानगरपालिका(२ मा सहमहामन्त्री सुमना श्रेष्ठ र इटहरी उपमहानगरपालिका(२० मा केन्द्रीय सदस्य विजय जैरु खटिएको रास्वपाले जानकारी दिएको छ ।