Breaking

प्रचण्डकी छोरी जोगिए माओवादी सकिने, भित्रभित्रै विद्रोहको खतरा (भिडियोसहित)

हरिबोल–विप्लव भड्किए, अरूले साथ छोड्दै


काठमाडौँ – राजनीतिक लचकताका कारण कहिले अस्थिर त कहिले डायनामिक छवि बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नैका कारण सकसमा छन् ।

आफ्ना च्याप्ने उनको बानीले गणतन्त्रको सपना धरापमा परेको चर्चाकाबीच नयाँ राजतन्त्र चलाएकोसम्म आरोप प्रचण्डलाई छ । जुन आरोपलाई आफ्नालाई पदमा तान्ने र काण्डहरुमा उनीहरु नै संलग्न देखिएको अवस्थाले बल पुर्‍याउँदा प्रचण्डमाथि देखिएको सकस के हो त ?

सरकारको नेतृत्व गर्ने पार्टी र नेताहरूमाथि बिचौलिया र परिवारवादको घेरामा परेको आरोप लाग्ने गर्छ। जसमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवैभन्दा अघि देखिँदा उनको परिवार प्रेम बढो गज्जबको छ । पार्टिभित्रै पनि आफ्नो गोजीको पद बाढ्ने उनीहरू राज्यसंयन्त्रमासमेत त्यहि अवस्था सिर्जना गरिरहेका छन् । कोशी प्रदेशमा ज्वाई जीवन आचार्यलाई मन्त्री बनाउन उनले देखाएको आशक्ती होस् कि भरतपुर महागनरमा छोरीलाई मेयर बनाउन खेलेको भूमिका । सधैँ विवादमा पर्दै आएका छन् । त्यस्तै सम्बन्धले छोरी र माओवादीको केन्द्रीय सदस्य हुनुबाहेकेको हैसियत नभएकी गंगा दाहालको रजगज अझ विवादको विषय बन्दा उनी के हैसियतमा प्रधानमन्त्रीसंगै विदेश भ्रमणमा जान्छिन्भन्ने प्रश्न पेचिलो बनेको छ । त्यस्तै उनलाई दिईने सलामीदेखि उनका हरेक कदम प्रश्नको घेरामा पर्ने गरेका छन् ।

यसले उनलाई नव राजकुमारीका रुपमा देखाएको स्वयम माओवादी नेताहरुले नै बताउँदै आएका छन् । अहिले एनसेल प्रकरणमा उनको नाम जोडिएपछि त झन उनीहरुको पारिवारिक प्रश्नको बोझ पार्टिले किन बोक्नुपर्ने भन्ने प्रश्नसमेत उठेको छ । त्यस्तै मन्त्री सरहको सुविधा दिएर आसेपासेलाई सल्लाहकार बनाएको विषयलेसमेतप्रचण्डको आलोचना हुदाँ उनलाई प्रधानमन्त्री बनाँउनै कै लागि माओवादीले सवै पद गुमाएको यर्थाथता पनि पुरानो भएको छैन । फलत : प्रचण्डमाथि उठेका प्रश्नहरुको प्रतिरक्षा गर्नेहरुसमेतघट्दै गएको चर्चा सुरु भएको छ । यता नेता रामनारायण विडारी भने प्रधानमन्त्रीले धेरै काम गरे पनि प्रचार गर्न नसकिएको तर्क गर्छन् । यसो हुनुमा सही मान्छे सही ठाँउमा नहुदाँको परिणाम भएको विडारी दाबी गर्छन् ।

हुन त माओवादी यति खराब हालतमा पुगिसकेको छ कि यसलाई कसैको टेको नभई उभिनै गाह्रो हुने आरोप लाग्न थालिसकेको छ । त्यस्तै पार्टिको रिव्रान्डिङदेखि चुनाव चिन्ह फेर्न समेत भएको प्रयासले नै यो दोकानले नागरिक झुक्याउन नसक्ने बुझाईमा प्रचण्ड पुगेको अर्थ लगाउनेहरु पनि छन् । त्यसमाथि सरकारको नेतृत्व गरेर पनि स्वयम् आफ्नै र पार्टिको हैसियत सुधार्ने काम गर्न नसकेको अर्को आक्षेप थपिदाँ नेत्रविक्रम चन्द विप्लवलाई समाजवादी केन्द्रमार्फत फकाउने आशासमेत प्रक्राउ पूर्जीले ध्वस्त पारेको छ । काउसो बनेका बाबुराम भट्टराई आउन तयार रहेपनि माओवादी केन्द्रले अझैसम्म एकता समिति गठन गर्न नसकेको अवस्था छ ।

त्यस्तै कुरा नमिलेकाले राजिनामा दिएका प्रमुख राजनीतिक सल्लाहकार हरिवोल गजुरेलको अवस्थाले समेत प्रचण्डले हिँडेको बाटोबाट उनकै नेता खुसि नभएको प्रष्ट छ । द्धन्द्धकालिन मुद्धालाई टुङ्गोमा पुर्याउन भईरहेको ढिलाई, फाइल खोलिएका काण्डहरुमा पनि आफ्नै नेता समातिने अवस्था,ठुलो भाग कांग्रेसको तर अपजस आफूले मात्र भोग्नुपर्ने अवस्थाले समेत सरकारमा आफ्नो उपस्थिती प्रचण्डलाई प्रधानमन्त्री बनाउनै मात्र हो त भन्ने प्रश्न नेताहरुले गर्न थालेका छन् ।

तर राजनीतिक विश्लेषक देवेश झा भने भ्रष्टचारका निउमा सरकारमाथि प्रहार गर्नेहरु भारतको एसडी मुनीसंग जोडिएकाहरु रहेको बताउँछन् । उनीहरुले उठाएका विषयलाई अन्यथा मान्न नमिले पनि उनीहरुका कदम वाह्र बँुदे संसोधन हुन नदिनेतर्फ केन्द्रीत भएको झाको तर्क छ । जसबाट उत्पन्न परिस्थिती प्रचण्डका लागि सकसपूर्ण भईरहेको उनी बताउँछन ।

अहिले जनताको अपेक्षाअनुसारको विकास निर्माण र चाहना पूरा गर्न सिंगो मन्त्रिपरिषद् परिचालन हुन नसकेको दावी प्रचण्डका आर्शिवाद पाउने माओवादी नेताहरुले गर्दै आएका छन । त्यस्तै कर्मचारीले त झनै सरकारलाई सहयोग नगरेको र त्यसैले सरकारलाई काम गर्न समस्या परिरहेको उनीहरुका दावीका विच काण्डरुमा परिवार नै तानिने विषयलाई समेत उनीहरुले अस्वीकार गरेका छैनन् । तर प्रचण्ड शैली र प्रवृत्तीले माओवादी के बाट के भयो? किन सहयोद्धाहरु छिन्न भिन्न भए? किन पूर्व लडाकू नै प्रश्न गर्ने ठाँउमा पुगे ? भन्ने प्रश्नहरुको सहि जवाफ उनीहरुसंग पनि छैन । त्यसमा पनि नातिनी र छोरी नै विवादमा तानिने र अरुले वचाउ गर्दिनुपर्ने बाध्यताले पनि उनीहरुको मुख अलि टालिएको छ । फलत यहि अवस्था कायम रहे माओवादी मै विद्रोह हुने र प्रचण्ड झन सकसमा पर्ने अवस्था आए त्यसलाई अनपेक्षित भन्न सकिँदैन ।