Breaking

देशमा भ्रष्टाचार, विदेशी बैंकमा पैसा व्यवस्थापन, नेपाल अपराधको अखडा बन्दै

नेपाली नेताको पैसा बाड्ने थलो सिंगापुर


काठमाडौँ – देश नै विदेशी शक्तिले चलाइरहेको आरोपकाबीच देशमा भएका काण्डका योजना बनाउनसमेत विदेशी भूमि प्रयोग भइरहेको तथ्यहरुले पुष्टि हुन थालेको छ । सुन काण्ड, एनसेल काण्ड जस्ता देश नै डुबाउन सक्ने अनियमितता, तस्करी र भ्रष्टाचार काण्डको सेटिङसमेत विदेशमै भएको घटनाक्रम यसको पछिल्लो उदाहरण हो । जसले अपराध कर्मकोसमेत नेपाल प्रयोगशाला हुँदै आएको विश्लेषणलाई बल पुर्याएको छ ।

मिति २०८० साल साउन २ गते । विमानस्थलको सुरक्षा घेरा कटिसकेपछि सिनामंगल छेउबाटै स्कुटरको ब्रेक सुमा तस्करी गरिएको ६० किलो बढी सुन बरामद भयो । देश नै तातिएको यो काण्डले नेपालमा सुन तस्करीको परिमाणको झल्को बाहिर ल्याईदियो ।

कुख्यात अपराधी चाल्र्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती नै छिराईदिन्छु भनेर अभिव्यक्ति दिएको प्रसंगसँग जोडिएको यो तस्करीले देशको सुरक्षाको हालतसमेत उदाङ्गो बनाइदियो । घटनासँगै भकाभक यो काण्डमा नेपालका उच्च तहकै नेता र उनीहरुको आफन्तको नाम जोडियो । सुन गाल्ने मेसिन, कारखाना पक्राउ परे पत्ता लागे भने एक जना चिनियाँ नागरिकले कसरी नेपालका उच्च पदस्थलाई हातमा लियो भन्ने प्रष्ट भयो ।

हङकङबाट ल्याउने, लगानी विदेशीले गर्ने र भारतमा पुर्याउने यो रुटमा नेपाल ओसारप्रसारको स्थलमात्रै थियो भने माओवादीका नेता र उनीहरुका आफन्त त्यसको मतियार । जुन तस्करीमा चिनियाँ गिरोह संलग्न भएको बताइएको छ भने उनीहरु यसभन्दा अघि पनि पटक–पटक पक्राउ परेका व्यक्तिहरुसमेत थिए । यो त नेपाल जोडिएको तस्करीको काण्ड भयो ।

नेपाल नै जोडिएको एनसेल काण्डले अहिले देश तताउदाँ यो कर्तुतको योजना समेत विदेशमै बनेको खवरहरु वाहिरिन थालेका छन । तस्करी जस्तो नभए पनि नेपाललाई तिर्नुपर्ने करमा चलखेलको ईतिहास बोकेको एनसेलको माउ कम्पनीले अहिलेको काण्ड घटाउन नेताहरुको उपचार देखि वैवाहिक वर्षगाठ र विदेश शयरमा समेत लगानी गरेको आरोप छ । उतै भेला हुने र उतैबाट योजना बनाउने अनि दुई कौडिमा नेता र नेतृत्व किनेर बाटोमा एनसेल बढेको आरोपका विच नेपाल लगानीका लागि उपयुक्त देश नै नभएकोसम्म आक्षेप लगाउन भ्याएको छ । अर्थात विदेशीमै योजना बन्ने विदेशी नै संलग्न हुने तर धेरथोर लोभले नेपाली नेता हिस्सेदार बन्दा यस्ता काण्डले देशलाई घाटा त पुर्याएको छ नै विश्वमान चित्रमा समेत देशको ईज्जत धुमिल बनेको छ ।

नक्कली भारुदेखि लागुऔषध तथा सुपारीदेखि मरिचसम्मको तस्करीको भूमि नेपाल बनेको छ । तेश्रो मुलुकबाट आउने यस्ता बस्तु नेपालको रुट हुदै अन्य देश पुग्दा त्यसको मतियार भने नेता र नेतृत्वमै बस्नेहरु हुने गरेको प्रष्ट छ । अर्थात कमजोर कानुनको कारण होस् या अपराधी कै संरक्षणमा सरकार लाग्ने स्थितीले होस नेपाल उनीहरुका लागि स्वर्णभूमि बनिरहेको छ । जसलाई व्यङ्ग गर्नेहरुले यहाँको व्यवस्था र राजनीतिक परिर्वतन नै विदेशको आगनमा तय भएको सन्दर्भमा तस्करी र भ्रष्टाचारको घटनामा समेत त्यहि प्रवृत्ती दोहोरिएको रुपमै हेर्छन । एनसेलकै उदाहरणमा समेत उसैले घाटा गएको तथा लगानीको वातावरण नभएको भन्दै गर्दा त्यसको विपरीत ६ बर्षमै सवै फाइदा उठाउने सतिशलाल आचार्यको आत्मविश्वास के हो भन्ने उनीहरुको प्रश्न छ ।

शुक्रबार नै विमानस्थलबाटै पक्राउ परेको १४ केजी सुन पक्राउ परेको दृश्यले समेत अपराधीको मनोबलको उदाहरण दिने केहिको तर्कका बीच पूर्व प्रहरी अधिकारीहरुसमेत यसलाई राजनीतिक संरक्षणकै उपज मान्छन् । यसले नेपाललाई अपराधको ट्रान्जिट र बच्न सक्ने दुवै देश भएको बताउने पूर्वडिआईजी केशव अधिकारी अन्तरदेशीय स्तरमा अनुसन्धान गर्न नसकिने संयन्त्र र संरचनाले समेत योजना निर्माणको ठाँउ भने विदेश हुने गरेको बताउँछन् ।

हुन त उपचारका नाममा नेताहरु विदेश जाँदासमेत के गठबड गरेर आउलान भन्ने डराउनु अवस्थामा नागरिक छन । जुन अवस्था उनीहरुका यस्तै कदमले उत्पन्न हुदाँ सुध्रिने भन्दा नेपालमा काण्ड गर्ने विदेशमै सेटलमेन्ट गर्ने प्रवृत्ती अझ बढ्दै गएको छ । जसले काण्डबारे थाहा नै लागेपनि प्रमाण खोज्ने र लहरो पहिल्याउने झन्झटको फाईदा उनीहरुको उठाईरहेका हुन । जुन कहिलेसम्म कायम रहन्छ यसै भन्न सकिने अवस्था समेत छैन ।