Breaking

प्रचण्ड–देउवा र ओली : कुरा मिल्दा चाटाचाट, बाहिर हुदा काटाकाट (भिडियोसहित)

नेता सादगी भए भ्रष्टचारी को ?


काठमाडौँ – सुन प्रकरण केहि सेलाएर सरकार र नेता राजावादी आन्दोलमाथि गालीमा खनिदै गर्दा अहिले एनसेल र पुन सुन काण्ड चर्चामा छ ।

एकातर्फ आमनागरिकमा बढ्दो निराशा अर्को तर्फ यस्ता काण्डको पुनारावृत्तीले समेत अर्को वहस सिर्जना गर्दा यस्तै काण्डले आफ्नो शाख गिर्न थालेकोमा दलहरु प्रष्ट छन । अझ देशको वागडोरमा रहेकैहरुको संरक्षण विना यस्ता काम हुन नसक्ने निष्कर्षमा अधिंकाश नेता नै पुग्दा आखिर यसको मतियार को हो त भन्ने प्रश्न पेचिलो बनेको छ ।

एनसेल काण्डले देश तताउदा स्वतन्त्र सांसद डा।अमरेश कुमार सिंहले कसले कति पैसा बुझे भनेर सार्वजनिक अभिव्यक्ति नै दिए । विगतमा कांग्रेस पृष्ठभूमिका उनले एक पछि अर्को आरोप लगाँउदा स्वयम सरकारमा रहेकै दलहरु समेत एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको बताईरहेका छन । यसअघिको सुन तस्करी प्रकरणमा आक्षेप खेपेका माओवादी नेता वर्षमान पुनले सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेको हुँदा सबै विषय अहिले बाहिर ल्याउन नमिल्ने बताएका छन । तर सरकार सुसाशनको बाटोमा रहेको बताउने उनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरूद्धको अभियान त्यसको ज्वलन्त उदाहरण भएको दावी गरेका छन ।


एनसेल प्रकरणमा पनि सरकारले दृढतापूर्वक काम गरी दोषीलाई कारबाही गर्ने बताएका पुनले अरु फायल समेत खोलिने धम्की दिएका छन । यता सत्तारुढ दल कांग्रेसका नेता डा।शेखर कोईराला त झन आगो ओकलिरहेका छन । एनसेल प्रकरणमा राजनीतिज्ञहरुको संलग्नता रहेको आरोप लगाएका उनले राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरु नमिली यस्तो भ्रष्टाचार हुनै नसक्ने जिकिर गरेका छन ।

यसको अर्थ सत्तारुढ दल भित्रनै अनियमिता र ठुला काण्ड राज्यकै संरक्षणमा हुने गरेको स्वीकार्दा किन अरुललाई नै दोष लगाएर मजा लिईरहेका छन । यतिवेला मध्यपहाडि लोकमार्ग केन्द्रीत अभियानमा रहेको नेकपा एमालेले प्रत्येक काण्डमा सरकार संलग्न भएको आरोप लगाँउदै आएको छ । प्रत्येक दिनका कार्यक्रममा प्रतिपक्षीको धर्म निभाउन भएपनि आलोचनामा उत्रने एमालेका नेताहरुले यसअघिको सुन प्रकरणमा समेत माओवादीलाई मुछेका थिए । त्यहि कारण छानविन समिति नबनाएको भन्दै संसद नै अवरुद्ध गरेको उसले अहिलेको एनसेल काण्डमा भने खासै मुख खोलेको छैन । यद्यपी यसअघिका ललिता निवास,नक्कली भुटानी शरणार्थी जस्ता काण्डहरुमा सरकारलाई मुछ्दै आएको उसले शक्ती भए एमालेका नेतालाई जेल हाल्न धम्की नै दिएको थियो । तर हिजो आफू सत्तामा रहदाँ एमालेले के गर्यो भन्ने प्रश्नको चौघेरामा रहेका उनीहरु यस्ता काण्डलाई राजनीतिक रुप लिने रणनिति मै भएको प्रष्ट छ ।

जसलाई सुन तस्करी प्रकरणमा उसैले माग गरेको समिति गठन पछिको अवस्थाले वल पुर्याउदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लाचारीपन प्रस्तुत गरिहेका छन । भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रहरूलाई प्रचलित कानूनबमोजिम परिचालन गरिरहेका बताउने उनी पनि सुसानको हलो कहाँ गएर अडकियो भन्ने प्रश्नको जवाफ दिनसक्ने अवस्थामा छैनन् ।

हुन त वाहिर धारे हात लगाएर सतोसराप गर्ने उनीहरु वार्गेनिङमा कसरी मिल्छन रु भन्ने विषय जलहारी देखि एनसेल काण्डले नै प्रष्ट पारिसकेको छ । यस्ता विषयमा एक ठाँउमा उभिने भन्दा विषयान्तर गरेर दुनो सोझाउने गरेका नेताहरु कालेकाले मिलेर खाँउ भालेकै अवस्थामा छन । फलत : समस्या कहाँ छ रु किन छ र कसका कारण छ भन्नेमा पण्डित पल्टिनेहरुले नै किन निराकरण गर्न सकेका छैनन भन्ने प्रश्न उठेको हो । आखिर किन यस्तो भईरहेको छ त ?

देशमा वहुदल आएबाटै सत्तामा कांग्रेस एमाले र माओवादी नै ढलिमलि गरहेका छन । प्रत्येक काण्डमा उनीहरुकै नेताहरु जोडिदाँ देशको नेतृत्व समेत देउवा प्रचण्ड र ओली नै आलोपालो गरिहेका छन । फलत ः यो अवस्था र नेता र राज्य संयन्त्रकै मिलेमतोमा तस्करी र भ्रष्ट्रचार हुने गरेको उनीहरुको यो दावीलाई जोडेर हेदाँ को कति दोषी छुट्याउन कुनै समस्या छैन । तर कार्यकर्ताका रुपमा विभक्त भएका नागरिक र त्यसैमा खेल्न माहिर भएकै कारण नेताहरु यसै काण्डमा समेत राजनीतिक फाईदा लुटिरहेका छन ।