काठमाडौं — बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।
बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।
बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया