Breaking

चोभारको सुख्खा बन्दरगाह बन्दै कवाडखाना, राज्यको करोडौँ स्वाहाः, किन हुन सकेन उपयोग ?


काठमाडौँ – काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाह अब पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । सोमबार चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा।लि।बीच सम्झौता भएपछि अब पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।

निर्माण भएको तीन वर्षपछि २०७८ साल चैत २३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर सञ्चालनमा आएको काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाह अब पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । सोमबार चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रा।लि।बीच सम्झौता भएपछि अब पूर्णरुपमा सञ्चालनमा आउने भएको हो । समिति र प्रा।लि।बीच पाँच वर्षका लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको छ ।

करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । वीरगन्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाबाट नेपाल प्रवेश गर्ने मालवस्तुको जाँचपास चोभारमा गरिँदै आइएको छ । सो बन्दरगाहा खारेजी सम्मको आवाज उठिरहेको बेलामा चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी नहुने भएको छ । संस्थाले न्युनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोड भन्दा बढी आम्दानी गरिरहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । सञ्चालनमा आएको करिब २० महिनाको अवधिमा व्यापारीक प्रयोगमा वृद्धि भइरहेको निर्देशक गजुरेलको भनाइ छ ।

समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो । प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको उनले बताए । उनले आफूहरुले दिने सेवा स्तरीय बनाउने तर्फ प्रयास रहनेमा जोड दिएका छन् ।

चोभारस्थित नेपालकै पहिलो सुख्खा बन्दरगाह निमार्णमा नेपाल र विश्व बैंकबीच २०७० जेठमा वित्तीय सम्झौता भएको थियो । त्यसको करिब पाँच वर्षपछि २०७५ साउनमा नेपाल इन्टरमोडल यातायात विकास समिति र ठेकेदार कम्पनी सांसी–आशिष जेभीबीच १८ महिनाभित्र काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने सम्झौता भएपछि यस बन्दरगाहको २०७५ माघ ३ मा शिलान्यास भएको हो । पटकपटक गरी तेस्रोपटकको म्याद थपपछि निर्माण सम्पन्न भएको करिब नौ महिनापछि सो बन्दरगाहा सञ्चालनमा आएको हो । बन्दरगाहको कुल लागत एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । करिब दुई सय ६० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा भन्सार, क्वारेन्टिन, बैंकलगायत निकायको उपस्थिति रहेको छ ।