Breaking

प्रचण्डका मन्त्रीले खोल्न थाले पोल, नौटंकीले जनता हैरान, प्रचण्डले बनाए फेर्नेको लिष्ट


काठमाडौँ — सुशासनको विगुल फुकेर परिवर्नतको आस जगाएको प्रचण्ड सरकार अहिले आर्दशको कमिज फाटेपछि बेचैन छ । सरकारमा भएका आफ्ना मन्त्री पनि सबै लोससंगका अध्यक्ष परेपछि प्रचण्डको एक्लो धपेडी फिक्का हुँदैछ । जनताको समस्या भन्दा विदेशी मोहमा परेका प्रचण्डका मन्त्रीहरु आज भोलि को कहाँछन् ? तेस्रो कार्यकालका लागि सत्ता सम्हाल्दै गर्दा ठूलै उथल–पुथल गर्ने झै गरि गर्जिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वर्ष दिन पुग्न महिना दिन पनि बाँकी छैन ।

नेपाली कांग्रेसबाहेकका उनीसँगै मन्त्री मण्डलमा सामेल अधिकांश मन्त्रीहरूले १० महिना आफूसँग सम्बन्धित मन्त्रालयको कुर्सी सम्हालिसकेका छन् । सुरुमा सुशासनको मुद्धा उठाउँदै भ्रष्टाचारीलाई जेल हालेर केही आश देखाएको प्रचण्ड सरकारले बिस्तारै त्यो आशालाई निराशामा बदलेको छ । जनताले मात्रै होइन प्रचण्ड आफैले पनि आफ्ना मन्त्रीहरुबाट आश मारिसकेका छन् । फलतः मन्त्रीहरूको कार्यसम्पादन ठीक नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड मन्त्री फेरबदलको पक्षमा देखिन्छन् ।

अर्थमन्त्री डा.प्रकाशशरण महतसँग प्रचण्डको सम्बन्ध चिसिदा मन्त्रालयमा हस्तक्षेप गर्दै अर्थतन्त्र सुधारका लागि समिति गठन गर्नुप¥यो । देशको हालत देखेर सरकारमा भएका मन्त्रीहरूलेनै असन्तुष्टीको स्वर वाहीर निकालन थालेकाछन् । सताको सुखसयलमा बसेर राजकागज गरीरहेका उपप्रधान तथा रक्षामन्त्री स्वमयलेनै देशमा विचौलियाहरू हावी भएको भन्दै आफ्नो लाचारिपना दर्शाइरहेका छन् ।

गठबन्धनमा मन्त्री फेर्ने कि समीकरण नै बदल्ने बहस चलिरहँदा सरकारमा नै भएका मन्त्रीहरूबीच पनि समन्वयकारी भूमिका देखिँदैन । एक त प्रचण्ड सरकारको मन्त्रीहरू गुमनाम हुँदा खोज्नु पर्ने अवस्था छ भने, भएकै मन्त्रीहरूको काम पनि प्रभावकारी हुन नसक्दा नामको अगाडि मन्त्री झुण्ड्याउने भन्दा अन्य कुनै उपलब्धि देखिदैन । अर्थतन्त्रको संकट छताछुल्लै भईरहँदा पनि अर्थमन्त्रालयसँग अन्यमन्त्रालयले हात फिजाउनु पर्ने अवस्था छ । भौतिक पूर्वाधारमन्त्रालयसँग बजेट नहुँदा निर्माण व्यवसायीहरूलाई बक्यौता रकमसमेत दिन सकेको छैन ।

कोही आफ्नै अभिव्यक्तिले पटक पटक विवादमा तानिन्छन्, कोही मन्त्रीहरू काम गर्न नसकेर आलोचनाको पात्र बन्छन्, कोही विदेश भ्रमण गर्नकै लागि मात्र मन्त्री पद ओगटेर बसेको जस्तो देखिन्छ । अहिले प्रचण्ड नेतृत्वको सरकार विदेश सयरमा छ । अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवैमा छन् ।कानुनमन्त्री धनराज गुरुङ ब्राजिलमा छन् । वनमन्त्री वीरेन्द्रप्रसाद महतो दुवैमै छन् । उर्जामन्त्री शक्ति बस्नेत रस्वास्थ्यमन्त्री मोहन बस्नेतशुक्रबारमात्रै दुवै उडेका छन् ।

शहरी विकास मन्त्री सिता गुरुङ कतार, परराष्ट्रमन्त्री एनपी साउद कतार र श्रममन्त्री शरतसिंह भण्डारी साउदी उड्ने तयारीमा छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार क्याबिनेटका एकतिहाई मन्त्री देशको हाल विर्सिएर विदेश सयरमा मस्त छन् । यीनिहरुलाई देशको चिन्ताले भन्दा विदेशी पाहुनाको खातिर दारीले यताको भन्दा उतैको माया झांगिने बनाएको छ । जाजरकोटमा भुकम्पपछिको चिसोले जनता कठ्याङग्रिएर प्राण त्याग्न बाध्य हुँदा, देशका नालायक मन्त्रीहरु विदेशमा वियरले मुख कुला गर्दैछ । त्यही भएर पनि दुर्गा प्रसाईँ जस्ता विवादित पात्रले पनि व्यवस्थामाथि प्रहार गर्ने मौका पाएकाछन् ।

यीनिहरुले राज्यको ढुकुटी ब्रम्हलुट मोजमस्तीमा उडाएको रकम मात्रै हिसाव गर्ने हो भने पीडितको घाउमा मलम लगाउन पुग्छ । यीनिहरुको दोहोन विदेश उडेर उडाएकोमा मात्रै सिमित छैन । सत्तामा भएकै बेला संगठनलाई बलियो बनाउँन बिस्तारको नाममा राज्यको ढुकुटी र समय दुवै खर्चेर प्रधानमन्त्री आफै पनि पार्टीको झण्डा बोक्दै कुद्छन् ।

अझ एमालेलाई छोडेर कम्युनष्टिहरू एक हुने बाहनामा समाजवादी मोर्चाको हवाला दिँदै लाखौं जनता सडकमा उतार्ने विवादित प्रतिक्रिया प्रधानमन्त्रीको आउँछ । दिनको सुरुवात बिहानीले गर्छ भने झै प्रचण्डको झण्डै वर्ष दिनको कार्यकालले आगामी दिनको संकेत दिईसकेको छ । मन्त्री मण्डवलमा सामेल मन्त्रीकै लाचारिपन र मन्त्रालयबीचको समन्वयकारी भूमिकाको अभावले प्रचण्डका मन्त्रीको हालत अस्तव्यस्त बनेको छ ।