Breaking

देउवा–शेखर लाग्दा पनि छुटेका बालकृष्ण कसरी थुनिए, अदालतको त्यो खुशीयाली, भाग्य लेख्ने नयाँ न्यायाधीश को ?


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रवार उच्च अदालत पाटनको आदेशपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री एवंम कांग्रेस नेता बालकृष्ण खाँणवारे उच्च अदालतका न्यायधिशबीच नै राय बाझिँदा खाँण्डको भाग्य तेस्रो न्यायाधीशको पोल्टामा पुगेको छ । उच्च अदालतका न्यायधिशहरुको राय किन बाझियो ? खाँण्डवारे अदालतको अब के आदेश गर्ला थप चासो बढेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये शुक्रवार उच्च अदालत पाटनले ९ जनालाई थुनामा राख्ने , ७ जनालाई धरौटीमा छाड्ने र ३ जनालाई साधारण तारेखमा छाड्ने आदेश जारी ग¥यो । नेपालीलाई अनागरिक बनाएर अमेरिका पठाउने धन्धामा राजनीतिक उच्च ओहोदाका हाईप्रोफाइल टोपबहादुर रायमाझी, इन्द्रजित राई,निलम्वित सचिव टेकनारायण पाण्डे सहितका अन्य मतियार र योजनाकारका लागि जेलको ढोका खुलेन ।

तर यही भित्रका अर्का शक्तिशाली पात्र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको हकमा भने जेलको ढोका खुलेर पनि केहिछिनमै फेरि बन्द भयो । अर्थात संयुक्त इजलासका दुई न्यायधीस मध्ये एकले ३० लाख धरौटीमा छोड्न आदेश गर्दा अर्काले जिल्लाकै आदेशलाई सदर गरे अर्थात छोड्न नसक्ने राय दिए । फलतः जेलबाट छुटेर बाहीरी संसरामा आउनै लागेका बालकृष्णको पाईला ढोका बाटै पछि हट्यो ।

नीतिगत निर्णय प्रक्रियमा संलग्न रहेका पूर्व गृहमन्त्री खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनेरै कारवाहि अगाडि बढाउने भन्ने सन्दर्भमा दुई न्यायाधीशबीच राय बाझिएपछि अब यसको झिनोफानो तेस्रो न्यायधीस मार्फत हुने भएको छ ।खाँणको भाग्यको चिट्ठा तेस्रो न्यायधिसको कोटमा पुग्ने छ । तेस्रो न्यायधीस गोलाप्रथाबाट छानिने उच्च अदालतले जनाएको छ । तर शुक्रबार उच्च अदालतमा दुई न्यायधीसको राय बाझिएको आदेश दुर्लभ हो ।

अक्सर यस्ता निर्णय विरलै आउने गरेका छन् । जानकारहरु संयुक्त इजलासबाट राय बाझिएर आएको शुक्रबारको फैशला पहिलो भएको दाबी गर्छन् । तर यसरी उच्च अदालतमा न्यायधिशहरुबीच राय बाझिनु आफैमा अस्वभाविक भएको कतिपयको विश्लेषण छ । खाँणको सन्दर्भमा न्यायधीशद्धयको राय बाझिनुलाई शंकाको दृष्टिले हेर्न थालिएको छ।

न्यायलयमा बढ्दो राजनीतिक हस्तक्षेप , राजनीतिक पहुँच र आस्थाका आधारमा न्यायधिशहरुको नियुक्तीले न्यायलय मात्र होइन न्यायिक निर्णयमा समेत त्यसको प्रभाव पर्ने गरेको नजिर नयाँ होइन । एउटै कसुरमा पूर्वमन्त्री टोप बहादुर रायमाझीलाई थुनामा राख्ने तर खाणका सन्दर्भमा बाझिएको रायमाथी अनेक शंका सुरु भएको छ । सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता रहेको र सभापति शेरबहादुर देउवाको राजनीतिक शक्तिसँग समेत जोडिएको कारण खाँणको मुद्धावारे थप चासो बढेको छ । कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापन इतरको बढ्दो टकरावले थप शंकाको सुविधा दिएको छ ।

खाँडको थुना वा रिहाइले सत्ता राजनीति र कांग्रेसभित्रको शक्तिसन्तुलनमा समेत असर पार्न सक्ने विश्लेषण सुरु भएको छ । उच्च अदालतको फैसला अन्तिम फैसला नभएझंै सोच्नु गलत भएको कतिपयको तर्क छ । अधिकतम सजाय हुन सक्ने मुद्धा भएकाले सर्वोच्चसम्म पनि पुग्न सक्ने भएकाले तत्काल थुनामा रहेर वा बाहिरा रहेर मुद्धा लड्ने भन्ने विषय मात्र भएको उनीहरुको भनाई छ ।

न्यायलयको नियुक्ती प्रक्रिया होस् या निर्णयमा संधै राजनीतिक हस्तक्षेपको शिकार भएको न्यायलयका लागि यो मुद्धा आफैमा चुनौति हो । खाणका सन्दर्भमा न्यायधिशको राय बाझिएपछि थप शंका उब्जाएको छ । दुई न्यायधीस छोड्ने रायमा सहमत हुन नसक्दा तेस्रोमा पुगेको बालकृष्णको भाग्यको फैशला के आउँछ भन्ने सर्वत्र चासो छ । तथापी अहिलेका माहोल र एक न्यायधीसको छोड्ने आदेशलाई आधार मान्दा खाँण छुट्ने सम्भावना बलियो छ ।