Breaking

प्रसाईंलाई तह लगाउन प्रचण्ड निर्मम, ओलीसँग वार्ता,पोल खुल्नुअघि नै प्रसाईंलाई थुन्न प्रहरी पछिपछि !


काठमाडौँ — दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले मंसिर ७ यता निरन्तर काठमाडौंमा आन्दोलन गरिरहेको छ । तर सरकारले विरोधलाई मथ्थर पार्नविकल्प खोज्नुको सट्टा निर्मम तरिकाले दमन गरिरहेको छ । के प्रसाईंमाथि सरकारको दमन जायज छ ? दुर्गा प्रसाईंमाथिको प्रहरी दमन कति जायज ? अहिले आम तहमा एकखाले प्रश्न उब्जिएको छ । किनकि प्रसाईं समर्थकलाई कार्यक्रमस्थलबाटै सरकारले धमाधम पक्राउ गरेको छ । सोमबार गौशालाबाट पक्राउ पर्न प्रसाईं धन्न जोगिए । उनलाई खोज्दै प्रहरी केएमसी अस्पताल पुगेपछि प्रसाईं भागेर ठिमीस्थित आफ्नो घर पुगे ।

तर उनका स्वकिय सचिवलाई केएमसीबाटै प्रहरीले उठायो । अहिले पनि प्रसाईं समर्थक सयौं जना पक्राउ परेको रेकर्ड प्रहरीसँग छ । कतिपय साधुसन्त र धर्मगुरुसमेत हिरासतमा कोचिएका छन् । त्यसमध्ये सोमबार अराजक अभिव्यक्ति दिएर गौशालाबाटै पक्राउ परेका धर्मगुरु श्रीनिवासाचार्य हिरासतभित्रै अनशन बसेका छन् ।मंगलबार पनि प्रसाईं कार्यक्रमस्थल जानबाट रोकिए । घरबाट निस्किएका प्रसाईंलाई प्रहरीले बीच बाटोबाटै फर्काईदियो । त्यसैले अब प्रश्न उठ्छ, के प्रसाईं समर्थकमाथि सरकार यति निर्मम हुन आवश्यक छ ?

जबकि प्रसाईंलाई आन्दोलन गर्नदिनुभन्दा बढी घातक उनलाई रोक्नुमा छ ।भोलि प्रसाईं समर्थकसमेत हातहतियार लिएर निस्किए भने शान्तिपूर्ण भनिएको आन्दोलन हिंसा बन्न सक्छ । तर मंसिर ७ मा ‘ओपन च्यालेन्ज’ दिएका एमाले अध्यक्ष ओली र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डका लागि प्रसाईं डर बनेका छन् ।किनकि त्यसको पनि कारण छ । मंगलबार पनि प्रसाईं कार्यक्रमस्थल जानैबाटनिषेध गरिए ।

जतिबेला ओली–प्रचण्ड सिंहदरबारमा मिटिङ बसिरहेका थिए । ओली निस्किनु र प्रसाईंमाथि रोक लगाउनु संयोगमात्रै नहुनसक्छ ।तर एउटा आन्दोलन रोक्नका लागि सरकारले गरेको निर्मम प्रयास आफैंमा प्रश्नको कठघरामा छ । किनकि प्रसाईंले प्रतिपक्षी दलका प्रमुख नेता र प्रधानमन्त्रीलाई नजिकबाट चिनेका छन् । उनीहरुको शक्तिको स्रोत के हो ? त्यो स्वदेशी हो कि विदेशी हो ? उनीहरुले को सँग कसरी सेटिङ मिलाउँछन् ? यो विषयमा प्रसाईं जानकार छन् ।

अदृश्य रुपमा कहाँबाट पैसा आउँछ ?उनीहरुले कहाँ कहाँ लगानी गरेका छन् ?विदेशका बैंकमा कति पैसा जम्मा गरेका छन् ? कोसँग कसरी मुख जुँधाएर जुठो खान्छन् ? मासी चामलको भात खुवाएर नजिक बनाएका प्रसाईंलाई यसको सामान्यभन्दा बढीजानकारी छ । फलतः प्रसाईं एक आन्दोलनकारी मात्रै नभएर सत्ता र प्रतिपक्षका लागि डर बनेका छन् ।

कमसेकम सरकारले प्रसाईंले उठाएका मुद्दालाई पनि महत्व दिनुपथ्र्याे । अहिलेसम्म कति बैंकबाट कति नागरिक पीडित बने । लघुवित्त र सहकारीबाट कति र कसरी पीडित बने ? के साँच्चिकै प्रसाईंले भनेजस्तो बैंक, वित्तिय संस्थाले लुट नै मच्चाएका छन् त ? यसको छानबिन गर्न सरकार तयार हुनुपथ्र्याे । के बैंक वित्तिय संस्थाकै नागरिक झुण्डिएर मर्नु पर्ने अवस्था आएको हो ?यी सबैकुराको छानबिन गर्नुको सट्टा सरकार आन्दोलनलाई दबाउनतिर केन्द्रीत बनेको छ ।

जबकि लोकतन्त्रको सुन्दर पक्ष भनेकै विरोध गर्नु पाउनु हो । तर एउटा विद्रोह दबाउनका लागि पहिलो दिन नै सरकार पूर्ण रुपमा खनियो । सरकारले बल्खुमा काँडेतार लगायो । जबकि त्यो ठाउँ उनकै प्रदर्शनका लागि सरकारले तोकिदिएको स्थान थियो । त्यही सीसीटिभी जडान गरियो । टेलिफोन र नेट अवरुद्ध पार्न जमार प्रयोग गरियो । जसले सरकारमाथि नै ठूलो प्रश्न उठायो, के एउटा नागरिक भेलाबाट सरकारलाई यो विधि तर्सिन आवश्यक थियो ?सम्भवतः पहिलोपटक हुनुपर्छ, आवश्यक परे नेपाली सेनालाई तत्काल परिचालन गर्न तयारी गरियो । त्यसयता तीनकुनेमा बन्देज लगाईयो ।

प्रदर्शनकारीको नाम दिएर बाटो हिड्ने सर्वसाधारणमाथि समेत केरकार र धरपकड गरियो । निरंकुश शासनको धंगधंगी देखाएको सरकारले अहिले प्रसाईंलाई निवास र गौशालामा नियन्त्रित गरिरहेको छ । किनकि उनले व्यवस्थामाथि प्रश्न उठाए । प्रसाईंले व्यवस्था पल्टाउँछु भनेकै भरमा सरकार आत्तिएको छ ।

विदेशी शक्तिको निर्णायक हितलाई आधार बनाएर लादिएको गणतन्त्र र संघीयतामाथिअहिले त्यतिकै प्रश्न उठेको होइन । अहिले पनि कति नेपाली राजनीतिक दललाई गणतन्त्र र संघीयताको मर्म नै थाहा छैन । नत्र लोकतान्त्रिक गणतन्त्रमा यो खाले दृश्य देख्नुपर्ने अवस्था नै आउने थिएन । त्यसैले व्यवस्था स्वीकारेका दल पनि संघीयता स्वीकार्न तयार छैनन् । फलतः गणतन्त्र, लोकतन्त्र, संघीयता र धर्म निरपेक्षता लगायतका विषयहरु स्वार्थको हतियार मात्रै बनेका छन् । के यी उपलब्धी विदेशीले बुझाएको उपहार मात्रै हुन् ? नत्र यसको सफल कार्यान्वयनमा दलहरु पटकपटक किन चुकिरहेका छन् र अहिले यीनै उपलब्धीमाथि किन प्रश्न उठीरहेको छ ? विस्तारै जनताले बुझ्न थालेपछि अहिले आक्रोश सडकमा पोखिन थालेको छ ।

याद रहोस्, हिजो सडकमा पोखिएको आक्रोशकै कारण राजतन्त्र ढल्यो, राणाकाल ढल्यो, पञ्चायत ढल्यो । भोलि नेतृत्वको कमजोरीकै कारण जनताका लागि ल्याएको गणतन्त्र ढल्ने दिन नआओस् । किनकि जनताबाट आउने परिवर्तन कुनै विदेशी शक्तिले दिएको उपहार भन्दा बलियो हुन्छ ।तर विदेशीकै स्वार्थमा राजनीतिक दल र नेतृत्व चल्दा जनताको स्वार्थ सधैं ओझेलमा पर्ने गरेको छ ।फलतः परिचालित नेताहरुका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाली स्वाभिमानमा गिरावट आएको छ । विदेशीले अहिले पत्याउनै छोडेका छन् ।

जुनयुद्ध पछि माओवादी नै जनताको आशा बनेको थियो । अहिले त्यही शक्ति जनताका नजरमा भ्रष्ट बनेको छ । चाहे त्यो नेपाली काँग्रेस वा एमाले, पहिले आशा बनेर पछि भ्रष्ट बनेको इतिहास छ । अहिले पनि यी दलहरु भ्रष्टाचारको बाउ बनेका छन् । र बाउले सधैं छोराछोरीको संरक्षण गर्छ भन्ने मान्यता देखाएर यीनीहरुले भ्रष्टहरुकै संरक्षण गरिरहेका छन् । फलतः एउटा मामुली पात्र सडकमा आउँदा पनि उसको मुख थुन्न राज्य शक्तिको प्रयोग भइरहेको छ ।