Breaking

बल्खुमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार,प्रदर्शनकारी भागभाग


काठमाडौं । बल्खुमा बाक्लो सुरक्षा घेराबिच पनि दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहारपछि भागभाग भएका थियो । प्रदर्शनकारीहरू तितरबितर भएर अहिले बल्खुचोक नै खाली भएको छ । त्यहा प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि पानीको फोहरा समेत प्रहार गरिएको छ । काठमाडौंका बिभिन्न कुनाबाट राष्ट्रिय भण्डासहित दुगाृ प्रसाईंका प्रर्दशनकारीहरु बल्खु पुगेका थिए । युवा संघ सँगको झडपसँग्र तनावग्रस्त बनेको बल्खु जामरको नियन्त्रणले समेत शान्त बन्न सकेन ।

प्रहरीमाथी नै आन्दोलनकारी जाईलाग्न थालेपछि प््हरीले अश्र’याँस समेत प्रयोग गरेको हो । बल्खु चोकमा लाठीचार्ज भईरहदा आन्दोलनकारीले पानीको फोहरा हान्दापनि तितरवितर भएका छैनन् । भीड नियन्त्रण गर्न प्रहरीले प्रयास गरिरहेको छ ।

यसअघि सोही स्थानमानै प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले बल्खुमा प्रदर्शन गरेको बेलामा युवासंघका कार्यकर्तासँग जम्काभेट हुँदा दुई पक्षीय झडपको अवस्था निम्तिएको छ । सो क्रममा ढुंगा हानाहानको अवस्था निम्तिएको हो ।